काठमाडौं । जापानको नागोयामा जारी २०औँ एसियाली खेलकुदमा नेपालले पहिलो पदक जितेको छ।
बुधबार भएको करातेको पुरुष कुमिते ८४ केजीभन्दा माथिको तौल समूहमा नेपाली खेलाडी तेन्जिङ शेर्पाले कांस्य पदक जितेका हुन्।
सेमिफाइनलमा इरानका महमुद नेमातीसँग ५–० ले पराजित भएका तेन्जिङले कांस्य पदकका लागि भएको रेपिचेज खेलमा उत्कृष्ट प्रदर्शन गर्दै लाओसका वात्थाना जायासनलाई ९–१ ले पराजित गरे।
तेन्जिङको कांस्यसँगै नेपालले जारी एसियाली खेलकुदमा पदकको खाता खोलेको हो। यसअघि करातेबाट पदकको अपेक्षा गरिएका नेपाली खेलाडीहरू पदकविहीन भएका थिए।
– नेपालले जित्यो एसियाली खेलकुदको पहिलो पदक
– नेपालले जित्यो एसियाली खेलकुदको पहिलो पदक
तपाईको प्रतिक्रिया



