काठमाडौँ । आयुर्वेद चिकित्सा परिषद् नेपालले दर्ता नभएका औषधिको बिक्री–वितरण तथा विभिन्न रोग निको पार्ने भन्दै गरिने भ्रामक विज्ञापन र प्रचारप्रसार रोक्न आग्रह गरेको छ ।
परिषद्ले सार्वजनिक गरेको सूचनामा क्यान्सर, पाइल्सलगायत विभिन्न रोग निको पार्ने दाबी गर्दै औषधिको प्रचार गर्ने तथा जटिल रोगमा शतप्रतिशत उपचार हुने वा उपचार नभए पैसा फिर्ता हुनेजस्ता दाबी गर्ने कार्यप्रति ध्यानाकर्षण गराएको हो ।
यस्ता गतिविधिले सर्वसाधारणलाई भ्रमित पार्नुका साथै स्वास्थ्यमा समेत जोखिम निम्त्याउन सक्ने भन्दै परिषद्ले त्यस्ता विज्ञापन तथा प्रचारप्रसार नगर्न सम्बन्धित पक्षलाई अनुरोध गरेको छ ।
परिषद्का अनुसार कानुनविपरीत यस्ता गतिविधि सञ्चालन वा गराइएको भए सूचना जारी भएको मितिले १५ दिनभित्र त्यस्ता गतिविधि बन्द गर्न÷गराउनुपर्नेछ ।
परिषद्ले सूचनाको अवज्ञा गरी अवाञ्छनीय गतिविधि सञ्चालन गरेको पाइएमा प्रचलित कानुनबमोजिम कारबाही गरिने चेतावनीसमेत दिएको छ ।
दर्ता नभएका औषधि बिक्री रोक्न आयुर्वेद परिषद्को आग्रह
दर्ता नभएका औषधि बिक्री रोक्न आयुर्वेद परिषद्को आग्रह
तपाईको प्रतिक्रिया



