५ असोज, काठमाडौँ । उत्तरी सिरियाको अलेप्पो प्रान्तस्थित अल–ऐस शहरमा सोमबार बिहान सिरियाली रक्षा मन्त्रालयको हतियार डिपोमा विस्फोट भएको छ।
सिरियाली सरकारी टेलिभिजन अल–इखबारियासहितका सञ्चारमाध्यमले अल–ऐस क्षेत्रमा बिहानै पटक–पटक विस्फोट भएको जनाएका छन्। बीबीसीले स्थानीय स्रोतलाई उद्धृत गर्दै रक्षा मन्त्रालयको हतियार डिपोमा विस्फोट भएको जनाएको छ।
विस्फोटपछि घटनास्थलको अवस्था र क्षतिको विवरण संकलन भइरहेको छ। हालसम्म घटनामा मानवीय क्षति वा घाइते भएको आधिकारिक पुष्टि भएको छैन।
केही स्थानीय स्रोत तथा सञ्चारमाध्यमले विस्फोटमा इजरायली हवाई आक्रमणको आशंका गरेका छन्। यद्यपि, यसको स्वतन्त्र पुष्टि हुन सकेको छैन। रिपोर्टअनुसार उक्त डिपो टर्की–समर्थित समूहका हतियार भण्डारण गर्न प्रयोग हुँदै आएको थियो।
सिरियाली रक्षा मन्त्रालयको हतियार भण्डारमा विस्फोट
सिरियाली रक्षा मन्त्रालयको हतियार भण्डारमा विस्फोट
तपाईको प्रतिक्रिया



