काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले जेनजी उमेर समूहका सांसदहरूसँग विशेष अन्तरक्रिया सुरु गरेका छन्।
सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा शुक्रबार प्रधानमन्त्री शाहले जेनजी उमेर समूहका सांसदहरूसँग छलफल सुरु गरेका हुन्। अन्तरक्रियामा समसामयिक विषयसँगै युवा पुस्ताका प्राथमिकता र राज्य सञ्चालनका विषयमा छलफल भइरहेको छ।
बैठकमा नवीनतम प्रविधिको प्रयोग तथा डिजिटल सुशासन, युवा स्वरोजगार र स्टार्टअप नीति, प्राविधिक शिक्षा तथा सर्वसुलभ स्वास्थ्य सेवाका विषयलाई प्राथमिकतामा राखिएको छ।
त्यस्तै, वातावरणीय सन्तुलन कायम गर्दै दिगो विकास अघि बढाउने विषयमा समेत सांसदहरूसँग छलफल भइरहेको जनाइएको छ।
युवा पुस्ताको सहभागिता र अपेक्षालाई नीति निर्माण तथा शासन प्रणालीसँग जोड्ने उद्देश्यले अन्तरक्रिया आयोजना गरिएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। छलफलमा सांसदहरूले आफ्ना सुझाव, धारणा तथा युवा पुस्तासँग प्रत्यक्ष सम्बन्धित विषयहरू प्रधानमन्त्रीसमक्ष राख्ने अपेक्षा गरिएको छ।
सरकारले प्रविधिमैत्री शासन, रोजगारी सिर्जना, उद्यमशीलता प्रवर्द्धन तथा शिक्षा र स्वास्थ्य सेवाको पहुँच विस्तारलाई प्राथमिकतामा राख्दै आएको छ। जेनजी उमेर समूहका सांसदहरूसँगको छलफललाई यिनै विषयमा थप सुझाव र सहकार्य जुटाउने प्रयासका रूपमा हेरिएको छ।
जेनजी पुस्ताका सांसदसँग बालेनको अन्तरक्रिया
जेनजी पुस्ताका सांसदसँग बालेनको अन्तरक्रिया
तपाईको प्रतिक्रिया



