काठमाडौँ । चीन सरकारका तर्फबाट प्रदान गरिएको चौथो ब्याचको आपत्कालीन राहत सामग्री काठमाडौँ आइपुगेको छ।
राहत सामग्री बोकेको चिनियाँ जनमुक्ति सेनाको वायुसेवाको वाई–२० ए विमान मंगलबार दिउँसो त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको थियो।
विमानस्थलमा आयोजित हस्तान्तरण समारोहमा नेपालका लागि चिनियाँ राजदूत झाङ माओमिङ र विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्री माननीय महावीर पुन सहभागी थिए।
नयाँ किस्ताअन्तर्गत प्राप्त राहत सामग्रीहरूमा मुख्य रूपमा उद्धार कार्यमा प्रयोग हुने होभरक्राफ्ट, स्टेनलेस स्टिल पर्मानेन्ट म्याग्नेट फ्लड पम्प, थप ब्याट्री, मर्चरी फ्रिजर र सौर्य ऊर्जाबाट चल्ने बत्तीहरू रहेका छन्।


