काठमाडौँ । काठमाडौँस्थित बागमती नदीको गौरीघाट जलमापन केन्द्रमा पानीको सतहले सतर्कता तह पार गरेको छ।
बाढी पूर्वानुमान महाशाखाले मंगलबार दिउँसो ०२:५० बजे गौरीघाट केन्द्रमा जलसतह बढेर सतर्कता विन्दुभन्दा माथि पुगेको जानकारी दिएको हो।
नदी आसपासका बासिन्दालाई पूर्वसावधानी अपनाउन अपिल गरेको छ। महाशाखाले सूचना जारी गर्दै भनेको छ, ‘नदी आसपासका क्षेत्र र डुबान भइरहने ठाउँका बासिन्दा उच्च सतर्क रहनुहोला।’


