काठमाडौँ । नेपाली बजारमा आज पनि सुन-चाँदीको भाउ घटेको छ।
आइतबार प्रतितोला तीन हजार एक सय रूपैयाँ घटेको सुनको भाउ यसदिन तोलामा दुई हजार चार सय रूपैयाँ घटेको हो।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला तीन लाख एक हजार नौ सय रूपैयाँमा किनबेच भइरहेको छ।
यस्तै, सोमबार चाँदीको मूल्य पनि घटेको छ। चाँदी तोलामा चार हजार ६ सय ९० रूपैयाँमा किनबेच भइरहेको छ।


