काठमाडौँ । गण्डकी प्रदेशका नवनियुक्त मन्त्री फणीन्द्र देवकोटाले पद तथा गोपनीयताको शपथ लिएका छन् ।
बुधबार नेपाल समाजवादी पार्टी (नेसपा) का फणीन्द्र देवकोटाले ऊर्जा मन्त्रीको रुपमा प्रदेश प्रमुख डिल्लीराज भट्टसमक्ष शपथ लिएका हुन् ।
यसअघि देवकोटाले छोडेपछि कांग्रेसका नन्दप्रसाद न्यौपाने यो मन्त्रालयको जिम्मेवारीमा थिए । न्यौपानेको जिम्मेवारी हेरफेर गरिएको छ । न्यौपानेलाई भौतिक मन्त्रालयको जिम्मेवारी दिइएको छ ।


