काठमाडौँ । सरकारले सञ्चालन गर्दै आएको ‘करदाता प्रोत्साहन उपहार कार्यक्रम’ तत्काललाई स्थगित गर्ने निर्णय गरेको छ।
आन्तरिक राजस्व विभागले विपद्को वर्तमान अवस्थालाई मध्यनजर गर्दै आज सार्वजनिक गर्ने तय भएको चिठ्ठाको नतिजा स्थगित गरिएको जानकारी दिएको छ।
कार्यक्रमअन्तर्गत यसअघि दुई चरणको चिठ्ठा खोलिसकिएको छ। पछिल्लो चरणका लागि भदौ १५ गतेसम्मका कुपन हिजो ९सोमबार०चिठ्ठामार्फत तानिएको थियो।
आज ९मंगलबार० ती कुपनबाट छनोट भएका विजेताको नाम सार्वजनिक गर्ने कार्यक्रम तय भएको थियो।
तर, विपद्को अवस्थाका कारण आजका लागि तय भएको नतिजा सार्वजनिक गर्ने कार्यक्रम स्थगित गरिएको आन्तरिक राजस्व विभागले जनाएको छ।


