काठमाडौँ । हुम्लाको ताँजाकोट गाउँपालिकाको कार्यालय आगलागी भएको छ।
राति १ बजेको समयमा ताजाँकोट गाउँपालिका कार्यालय आगलागी भएको जिल्ला प्रहरी कार्यालय हुम्लाले जनाएको छ।
गाउँपालिकाको भवनको लेखा शाखाको स्टोरमा बिजुलीको तार सर्ट भई आगलागी भएको हुन सक्ने प्रहरीले जनाएको छ।
स्थानीय र प्रहरीको सहयोगमा ३ बजे ४५ मिनेटमा आगो पूर्ण नियन्त्रणमा आएको थियो। आगलागीबाट ४ थान काठको र्याक, १ थान सुत्ने खाट, १ थान टेबल, १ थान सोलार ब्याट्री जलेर नष्ट भएको छ ।


