काठमाडौँ । सुनसरी र सिरहामा भएका घटनाबारे छानबिन गर्न बनेको समितिले प्रतिवेदन बुझाएको छ । छानबिन समितिले मंगलबार गृहमन्त्री सुधन गुरुङलाई प्रतिवेदन बुझाएको हो ।
मन्त्रालयका सहप्रवक्ता रमा आचार्यका अनुसार दुवै समितिले मंगलबार गृहमन्त्री सुधन गुरुङलाई प्रतिवेदन बुझाएको हो । त्यसमा भएको निष्कर्ष र सिफारिस अध्ययनको क्रममा रहेको उनको भनाइ छ।
देवानगञ्ज गाउँपालिका–३ स्थित कप्तानगञ्जमा हिन्दु र मुस्लिम समुदायको बिचमा साउन १० मा भएको झडपको असर मधेस प्रदेशमा पनि फैलिएको थियो ।
कप्तानगञ्जमा भएको झडपमा ३ जनाको मृत्यु भएको थियो । सुनसरीमा गोली लागेर कप्तानगञ्जका ३० वर्षीय ओमप्रकाश मेहता, २० वर्षीय जयप्रकाश मेहता र २२ वर्षीय रवीन्द्र मेहताले ज्यान गुमाएका थिए ।
सिरहाको गोलबजारमा साउन १४ मा भएको प्रदर्शनमा प्रहरीसँग झडप हुँदा १८ वर्षीय गणेश यादवको मृत्यु भएको थियो । सरकारले छुट्टाछुट्टै समिति गठन गरेर घटनाबारे स्थलगत अध्ययन र छानबिन गरेको थियो ।


