• समाचार
  • राजनीति
  • स्थानिय सरकार
  • मनोरञ्जन
  • स्वास्थ्य
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • खेलकुद
  • अन्तर्वार्ता
  • भिडियो
  • Unicode
  • थप
    • युवा उद्दमि
    • समाज
    • साहित्य
    • फिचर
    • अन्तराष्ट्रिय
    • प्रविधि
    • ePaper
×
सोमबार, भदौ ०१, २०८३
    • समाचार
    • राजनीति
    • स्थानिय सरकार
    • मनोरञ्जन
    • स्वास्थ्य
    • प्रदेश
      • कोशी
      • मधेश
      • वाग्मती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • खेलकुद
    • अन्तर्वार्ता
    • भिडियो
    • Unicode
    • थप
      • युवा उद्दमि
      • समाज
      • साहित्य
      • फिचर
      • अन्तराष्ट्रिय
      • प्रविधि
      • ePaper

भर्खरै

आजदेखि श्रमिक उडान ठप्प

खपत ४६ हजार तर ५५ हजार मेट्रिक टन ग्यास आउँदा पनि किन अभाव ?

कांग्रेस इतर समूहको भेलामा धर्मको विषयलाई लिएर शीर्ष नेताबीच भनाभन

हाजिरी गरेर ‘टाप’ कस्ने सांसदको खोजीमा रास्वपा, ७ दिनभित्र प्रतिवेदन माग

नेपालमा ढुक्कले लगानी गर्न एनआरएनएलाई अर्थमन्त्रीको आग्रह 

रवि लामिछानेको चीन भ्रमणको मिति सर्‍यो, मानसरोवर जाने कार्यक्रम पनि तय

इन्डोनेसियामा भूकम्पबाट भएको जनधनको क्षतिप्रति नेपालद्वारा दुःख

सुनको मूल्य तोलामा ३६ सयले बढ्यो

पत्रकार किशोर श्रेष्ठ महाराजगञ्ज प्रहरी वृत्तको हिरासतमा, सोमबार सर्वोच्चमा उपस्थित गराइने

लोकप्रिय समाचार

  • १. सम्पत्ति शुद्धीकरण मुद्दामा शेखर गोल्छा सँग एक करोड धरौटी माग

  • २. पोखरा विमानस्थल कर छुट प्रकरण : पूर्वमन्त्री कार्की १५ लाख धरौटीमा रिहा

  • ३. नापजाँच भएको चार वर्षपछि भक्तपुरका ४२१ परिवारको हातमा लालपुर्जा

  • ४. देउवा स्वदेश फर्किंदै, इतर समूहको शक्ति प्रदर्शनसहित भव्य स्वागतको तयारी

  • ५. कोलम्बियामा ७.४ म्याग्निच्युडको शक्तिशाली भूकम्प, १३२ जनाको मृत्यु

  • ६. रौतहटमा नदीमा नुहाउन गएका तीन बालबालिका बेपत्ता

  • ७. रोल्पामा मध्यरातको पहिरोले मच्चायो वितण्डा : ३ जनाको मृत्यु, ९ बेपत्ता

  • ८. ऊर्जामन्त्री विराजभक्त श्रेष्ठले बनाए ‘विज्ञ टिम’, चार सल्लाहकारलाई जिम्मेवारी

  • ९. रवि लामिछानेको चीन भ्रमणको मिति सर्‍यो, मानसरोवर जाने कार्यक्रम पनि तय

  • १०. पत्रकार किशोर श्रेष्ठ महाराजगञ्ज प्रहरी वृत्तको हिरासतमा, सोमबार सर्वोच्चमा उपस्थित गराइने

हाजिरी गरेर ‘टाप’ कस्ने सांसदको खोजीमा रास्वपा, ७ दिनभित्र प्रतिवेदन माग


  •   आइतबार, साउन ३१, २०८३ मा प्रकाशित
  • काठमाडौं । संसद्मा हाजिरी जनाएर बैठकबाट बाहिरिने सांसदको संख्या बढ्न थालेपछि सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्नै सांसदको उपस्थिति निगरानी गर्न थालेको छ । संसद्मा प्रभावकारी उपस्थिति देखाउन नसकेको भन्दै मुख्य सचेतक कवीन्द्र बुर्लाकोटीले सचेतकहरूलाई ७ दिनभित्र प्रतिवेदन बुझाउन निर्देशन दिएका छन् ।

    Advertisement

    रास्वपाका मुख्य सचेतक बुर्लाकोटीले संसदीय दलका सचेतक प्रकाशचन्द्र परियार र क्रान्तिशिखा धिताललाई संसद् सचिवालयबाट सांसदहरूको हाजिरी विवरण झिकाएर विस्तृत विश्लेषण गर्न जिम्मेवारी दिएका हुन् ।

    पछिल्लो समय सांसदहरू बैठक सुरु हुँदा हाजिरी जनाउने तर केही समयमै संसद् छाडेर जाने क्रम बढेको भन्दै रास्वपाभित्रै असन्तुष्टि देखिएको छ । यसले संसद्को गरिमा र प्रभावकारितामाथि प्रश्न उठ्न थालेपछि हाजिरी विवरण नै विश्लेषण गरेर जिम्मेवार सांसद पहिचान गर्न खोजिएको हो ।

    निर्देशनमा असार ३० र ३१ तथा साउन १४, १८ र २२ गतेका बैठकको हाजिरी विशेष रूपमा अध्ययन गर्न भनिएको छ । बैठकमा सांसदहरूको वास्तविक उपस्थिति, बीचमै बाहिरिने अवस्था तथा लगातार अनुपस्थित हुने सांसदको विवरणसमेत प्रतिवेदनमा समेट्न भनिएको छ ।

    रास्वपाको प्रतिनिधिसभामा सभामुखबाहेक १८१ सांसद छन् । सरकारसँग संसद्मा बलियो संख्यात्मक उपस्थिति हुँदाहुँदै पनि गणपूरक संख्या नपुगेर महत्वपूर्ण विषयसमेत निर्णयार्थ प्रस्तुत हुन नसक्ने अवस्था आएपछि पार्टी नेतृत्वमाथि पनि प्रश्न उठेको छ ।

    यसको पछिल्लो उदाहरण साउन २६ गतेको प्रतिनिधिसभा बैठक बन्यो । उक्त बैठकमा खानी तथा खनिज पदार्थ विधेयक, २०८३ माथि विचार गरियोस् भन्ने प्रस्ताव निर्णयार्थ पेस गर्ने तयारी भए पनि गणपूरक संख्या नपुगेपछि रोकियो ।

    संविधानअनुसार कुनै प्रश्न वा प्रस्ताव निर्णयका लागि प्रस्तुत गर्न प्रतिनिधिसभाको कुल सदस्य संख्याको कम्तीमा एकचौथाइ अर्थात् २५ प्रतिशत सांसद उपस्थित हुनुपर्छ । सो बैठकमा कम्तीमा ६९ सांसद आवश्यक पर्नेमा ६१ जना मात्रै उपस्थित भएपछि सभामुख डोलप्रसाद अर्यालले प्रस्ताव अर्को बैठकमा पेस गरिने जानकारी दिए ।

    सरकारलाई संसद्मा कुनै पनि विधेयक पारित गर्न संख्यात्मक कठिनाइ नरहेको अवस्थामा समेत आफ्नै सांसदको न्यून उपस्थितिका कारण बैठक प्रभावित भएपछि रास्वपाभित्रै आत्मसमीक्षाको अवस्था आएको हो ।

    मुख्य सचेतक बुर्लाकोटीले सांसदको उपस्थिति सुधार्न निर्देशन दिए पनि त्यसपछि समेत गणपूरक संख्या नपुगेपछि पार्टी नेतृत्वको निर्देशन र सांसदहरूको जिम्मेवारीबोधमाथि प्रश्न उठेको छ ।

    नेपालको संविधानको धारा ९४ ले संसद्को गणपूरकसम्बन्धी व्यवस्था गरेको छ । जसअनुसार संसद्मा कुनै प्रश्न वा प्रस्ताव निर्णयका लागि प्रस्तुत गर्दा कम्तीमा एकचौथाइ सदस्यको उपस्थिति अनिवार्य हुन्छ ।

    गणपूरक संख्या नपुगेपछि सभामुख अर्यालले बैठक भदौ १ गतेसम्मका लागि स्थगित गरेका छन् । अब रास्वपाले मागेको हाजिरी विश्लेषण प्रतिवेदनले संसद्मा हाजिरी जनाएर ‘टाप कस्ने’ सांसद को–को हुन् भन्ने मात्रै देखाउनेछैन, पार्टीभित्र सांसदको अनुशासन र जिम्मेवारी कसरी कायम गरिन्छ भन्ने विषयमा पनि संकेत दिनेछ।

    • कवीन्द्र बुर्लाकोटी
    • रास्वपा
    आइतबार, साउन ३१, २०८३ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    खपत ४६ हजार तर ५५ हजार मेट्रिक टन ग्यास आउँदा पनि किन अभाव ?
    कांग्रेस इतर समूहको भेलामा धर्मको विषयलाई लिएर शीर्ष नेताबीच भनाभन
    नेपालमा ढुक्कले लगानी गर्न एनआरएनएलाई अर्थमन्त्रीको आग्रह 
    रवि लामिछानेको चीन भ्रमणको मिति सर्‍यो, मानसरोवर जाने कार्यक्रम पनि तय
    इन्डोनेसियामा भूकम्पबाट भएको जनधनको क्षतिप्रति नेपालद्वारा दुःख
    पत्रकार किशोर श्रेष्ठ महाराजगञ्ज प्रहरी वृत्तको हिरासतमा, सोमबार सर्वोच्चमा उपस्थित गराइने

    Facebook Page

    लोकप्रिय

    • १.
      सम्पत्ति शुद्धीकरण मुद्दामा शेखर गोल्छा सँग एक करोड धरौटी माग

    • २.
      पोखरा विमानस्थल कर छुट प्रकरण : पूर्वमन्त्री कार्की १५ लाख धरौटीमा रिहा

    • ३.
      नापजाँच भएको चार वर्षपछि भक्तपुरका ४२१ परिवारको हातमा लालपुर्जा

    • ४.
      देउवा स्वदेश फर्किंदै, इतर समूहको शक्ति प्रदर्शनसहित भव्य स्वागतको तयारी

    • ५.
      कोलम्बियामा ७.४ म्याग्निच्युडको शक्तिशाली भूकम्प, १३२ जनाको मृत्यु

    • ६.
      रौतहटमा नदीमा नुहाउन गएका तीन बालबालिका बेपत्ता

    भर्खरै

    • १.
      आजदेखि श्रमिक उडान ठप्प

    • २.
      खपत ४६ हजार तर ५५ हजार मेट्रिक टन ग्यास आउँदा पनि किन अभाव ?

    • ३.
      कांग्रेस इतर समूहको भेलामा धर्मको विषयलाई लिएर शीर्ष नेताबीच भनाभन

    • ४.
      हाजिरी गरेर ‘टाप’ कस्ने सांसदको खोजीमा रास्वपा, ७ दिनभित्र प्रतिवेदन माग

    • ५.
      नेपालमा ढुक्कले लगानी गर्न एनआरएनएलाई अर्थमन्त्रीको आग्रह 

    • ६.
      रवि लामिछानेको चीन भ्रमणको मिति सर्‍यो, मानसरोवर जाने कार्यक्रम पनि तय

    • ७.
      इन्डोनेसियामा भूकम्पबाट भएको जनधनको क्षतिप्रति नेपालद्वारा दुःख

    • ८.
      सुनको मूल्य तोलामा ३६ सयले बढ्यो

    हाम्रो बारेमा

    www.newsexpressnepal.com

    सूचना विभाग दर्ता नं.
    ३७७२-२०७९/८०

    • X

    हाम्रो टीम

    अध्यक्ष
    मिलन सिंह

    ब्यबस्थापक

    साजन बि. क

    सम्पादक
    सुजन पाख्रिन
    संवाददाता    
    पिंकला कार्की

    संवाददाता 

    दिया कार्की

    Team Details

    सम्पर्क

    सम्पर्क
    ९८६९६८९६९१ /९८२१२५१६०२
    ठेगाना
    कोटेश्वर ३२
    ईमेल
    newsexpresstv078@gmail.com

    info.newsexpress09@gmail.com

    Marketing

    marketingnewsexpress@gmail.com

    Copyright ©2026 News Express Nepal | All rights Reserved.
     Website By :  nwTech.