• समाचार
  • राजनीति
  • स्थानिय सरकार
  • मनोरञ्जन
  • स्वास्थ्य
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • खेलकुद
  • अन्तर्वार्ता
  • भिडियो
  • Unicode
  • थप
    • युवा उद्दमि
    • समाज
    • साहित्य
    • फिचर
    • अन्तराष्ट्रिय
    • प्रविधि
    • ePaper
×
आइतबार, भदौ २१, २०८३
    • समाचार
    • राजनीति
    • स्थानिय सरकार
    • मनोरञ्जन
    • स्वास्थ्य
    • प्रदेश
      • कोशी
      • मधेश
      • वाग्मती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • खेलकुद
    • अन्तर्वार्ता
    • भिडियो
    • Unicode
    • थप
      • युवा उद्दमि
      • समाज
      • साहित्य
      • फिचर
      • अन्तराष्ट्रिय
      • प्रविधि
      • ePaper

भर्खरै

बेपत्ता व्यक्तिलाई १२ वर्षसम्म मृत मान्न नसक्ने कानुन गर्नुपर्ने देखियो: सभापति थापा

यसरी भइरहेको छ पाँचवटा टनेलमा खोज तथा उद्धार

तत्काल मनास्लु र लार्केपास यात्रा नगर्न प्रशासनको आग्रह

३ दिनमा काठमाडौँ भित्रियो ८८ हजार ग्यास सिलिन्डर

साउदीलाई हराउँदै नेपाल एसीसी प्रिमियर कपको सेमिफाइनलमा

गृहमन्त्रीले गरे जेनजी पार्क शिलान्यास

जोहेइरी मोला बनिन् ‘मिस वर्ल्ड २०२६’

रसुवामा हैजाविरुद्ध २१ हजार डोज खोप पठाइयो

भोटेकोशी बाढीमा अझै चार हजार ४४ जना अझै बेपत्ता

लोकप्रिय समाचार

  • १. रसुवा बाढीपीडितको साथमा फिटवेल : मनोज भारतीले गरे लाखौँको कपडा–जुत्ता सहयोग

  • २. मुख्य प्रभावितक्षेत्र टिमुरेमा ६० शव फेला

  • ३. प्राधिकरणले भन्यो: रसुवा बाढीका बेपत्ताहरूको संख्या यकिन गर्न मुस्किल छ

  • ४. बाढी प्रभावित क्षेत्रमा १२ ड्रोन र पाँच तालिम प्राप्त कुकुर प्रयोग

  • ५. करदाता प्रोत्साहन उपहार कार्यक्रम तत्काललाई स्थगित

  • ६. भोटेकोशी बाढी: मृत्यु हुनेको संख्या ९८७ पुग्यो, ३९ सय १६ जना सम्पर्कविहीन

  • ७. एसीसी प्रिमियर कपमा नेपालको लगातार दोस्रो जित

  • ८. एसीसी प्रियमियर कपमा नेपालको विजयी सुरुआत

  • ९. सांसद भरत खड्का संसद् बैठकमै ढले

  • १०. बाढी प्रभावित क्षेत्रका विद्यालय अनिश्चितकालीन बन्द

भूमिमन्त्री प्रतिभा रावलको पहलमा ५८ वर्षदेखिको समस्या समाधान, रुपन्देहीका २७१ परिवारले पाए लालपुर्जा


  •   शुक्रबार, साउन २२, २०८३ मा प्रकाशित
  • रुपन्देही । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री प्रतिभा रावलको सक्रिय पहलमा रुपन्देहीको रोहिणी गाउँपालिकाका स्थानीयले ५८ वर्षदेखि समाधान हुन नसकेको जग्गा स्वामित्वको समस्याबाट मुक्ति पाएका छन्। साविक बोधवार र पर्सा गाउँ विकास समिति क्षेत्रमा वर्षौँदेखि रोकिएको लालपुर्जा वितरण प्रक्रिया अघि बढाउँदै सरकारले २७१ परिवारलाई जग्गाधनी दर्ता प्रमाणपुर्जा (लालपुर्जा) वितरण गरेको हो।

    Advertisement

    २०२५ सालमा गाउँब्लकका रूपमा एकसरो नापी सम्पन्न भए पनि विभिन्न प्रशासनिक र कानुनी जटिलताका कारण स्थानीयले करिब पाँच दशकभन्दा बढी समयसम्म आफ्नै जग्गाको कानुनी स्वामित्वको प्रमाण पाउन सकेका थिए। अहिले मन्त्री रावलले मन्त्रालय सम्हालेपछि रोकिएका यस्ता फाइललाई प्राथमिकतामा राख्दै प्रक्रिया अघि बढाएकी छन्।

    भूमि व्यवस्थापन तथा अभिलेख विभागका अनुसार उक्त क्षेत्रमा कुल ३२४ वटा दर्ता कायम भएकोमा पहिलो चरणमा २७१ वटा लालपुर्जा सम्बन्धित जग्गाधनीलाई हस्तान्तरण गरिएको छ। बाँकी दर्ताको काम पनि आवश्यक प्रक्रिया पूरा गरी छिट्टै सम्पन्न गरिने मन्त्रालयले जनाएको छ।

    लालपुर्जा प्राप्त भएसँगै स्थानीयले अब आफ्नो जग्गाको कानुनी स्वामित्व सुनिश्चित गरेका छन्। यसले जग्गा किनबेच, बैंकबाट ऋण लिन, धितो राख्न, उत्तराधिकार कायम गर्न, घर निर्माण अनुमति लिन तथा अन्य सरकारी सेवा प्राप्त गर्न सहज हुने विश्वास गरिएको छ।

    मन्त्री प्रतिभा रावलले लामो समयदेखि अलपत्र परेका भूमि सम्बन्धी समस्या समाधान गर्नु मन्त्रालयको प्राथमिकता रहेको बताउँदै वर्षौँदेखि लालपुर्जा नपाएका नागरिकलाई कानुनी स्वामित्व दिलाउने अभियानलाई देशभर तीव्र बनाइने प्रतिबद्धता जनाएकी छन्। उनका अनुसार नागरिकलाई जग्गाको स्वामित्व सुनिश्चित गराउनु सरकारको जिम्मेवारी भएकाले रोकिएका गाउँब्लक, अव्यवस्थित बसोबासी तथा अन्य भूमि सम्बन्धी समस्या चरणबद्ध रूपमा समाधान गरिनेछ।

    पछिल्ला महिनाहरूमा मन्त्रालयले झापाको अर्जुनधारा नगरपालिकासहित विभिन्न स्थानमा पनि वर्षौँदेखि रोकिएका लालपुर्जा वितरणलाई अघि बढाएको छ। रुपन्देहीमा ५८ वर्षपछि भएको यो वितरणलाई भूमि व्यवस्थापन क्षेत्रमा सरकारको महत्वपूर्ण उपलब्धिका रूपमा हेरिएको छ।

    स्थानीयवासीले पनि दशकौँको प्रतीक्षापछि आफ्नो नाममा लालपुर्जा प्राप्त गर्न पाएकोमा खुसी व्यक्त गर्दै अब आफ्नो सम्पत्तिमाथिको अधिकार कानुनी रूपमा सुरक्षित भएको बताएका छन्।

    • Pratibha rawal
    • जग्गाधनी
    • प्रतिभा रावल
    • लालपुर्जा वितरण
    शुक्रबार, साउन २२, २०८३ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    बेपत्ता व्यक्तिलाई १२ वर्षसम्म मृत मान्न नसक्ने कानुन गर्नुपर्ने देखियो: सभापति थापा
    यसरी भइरहेको छ पाँचवटा टनेलमा खोज तथा उद्धार
    ३ दिनमा काठमाडौँ भित्रियो ८८ हजार ग्यास सिलिन्डर
    साउदीलाई हराउँदै नेपाल एसीसी प्रिमियर कपको सेमिफाइनलमा
    गृहमन्त्रीले गरे जेनजी पार्क शिलान्यास
    रसुवामा हैजाविरुद्ध २१ हजार डोज खोप पठाइयो

    Facebook Page

    लोकप्रिय

    • १.
      रसुवा बाढीपीडितको साथमा फिटवेल : मनोज भारतीले गरे लाखौँको कपडा–जुत्ता सहयोग

    • २.
      मुख्य प्रभावितक्षेत्र टिमुरेमा ६० शव फेला

    • ३.
      प्राधिकरणले भन्यो: रसुवा बाढीका बेपत्ताहरूको संख्या यकिन गर्न मुस्किल छ

    • ४.
      बाढी प्रभावित क्षेत्रमा १२ ड्रोन र पाँच तालिम प्राप्त कुकुर प्रयोग

    • ५.
      करदाता प्रोत्साहन उपहार कार्यक्रम तत्काललाई स्थगित

    • ६.
      भोटेकोशी बाढी: मृत्यु हुनेको संख्या ९८७ पुग्यो, ३९ सय १६ जना सम्पर्कविहीन

    भर्खरै

    • १.
      बेपत्ता व्यक्तिलाई १२ वर्षसम्म मृत मान्न नसक्ने कानुन गर्नुपर्ने देखियो: सभापति थापा

    • २.
      यसरी भइरहेको छ पाँचवटा टनेलमा खोज तथा उद्धार

    • ३.
      तत्काल मनास्लु र लार्केपास यात्रा नगर्न प्रशासनको आग्रह

    • ४.
      ३ दिनमा काठमाडौँ भित्रियो ८८ हजार ग्यास सिलिन्डर

    • ५.
      साउदीलाई हराउँदै नेपाल एसीसी प्रिमियर कपको सेमिफाइनलमा

    • ६.
      गृहमन्त्रीले गरे जेनजी पार्क शिलान्यास

    • ७.
      जोहेइरी मोला बनिन् ‘मिस वर्ल्ड २०२६’

    • ८.
      रसुवामा हैजाविरुद्ध २१ हजार डोज खोप पठाइयो

    हाम्रो बारेमा

    www.newsexpressnepal.com

    सूचना विभाग दर्ता नं.
    ३७७२-२०७९/८०

    • X

    हाम्रो टीम

    अध्यक्ष
    मिलन सिंह

    ब्यबस्थापक

    साजन बि. क

    सम्पादक
    सुजन पाख्रिन
    संवाददाता    
    पिंकला कार्की

    संवाददाता 

    दिया कार्की

    Team Details

    सम्पर्क

    सम्पर्क
    ९८६९६८९६९१ /९८२१२५१६०२
    ठेगाना
    कोटेश्वर ३२
    ईमेल
    newsexpresstv078@gmail.com

    info.newsexpress09@gmail.com

    Marketing

    marketingnewsexpress@gmail.com

    Copyright ©2026 News Express Nepal | All rights Reserved.
     Website By :  nwTech.