काठमाडौं । निजामती कर्मचारी अस्पतालको कार्यकारी निर्देशकमा प्रा. डा. जितेन्द्र परियार नियुक्त भएका छन्।
भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयअन्तर्गतको सिफारिस समितिको मूल्यांकन र अस्पताल विकास समितिको निर्णयका आधारमा योग्यताक्रमको पहिलो नम्बरमा रहेका परियारलाई कार्यकारी निर्देशक नियुक्त गरिएको मन्त्रालयले जनाएको छ।
यसअघि रिक्त पदका लागि असार ५ गते आवेदन आह्वान गरिएको थियो।


