• समाचार
  • राजनीति
  • स्थानिय सरकार
  • मनोरञ्जन
  • स्वास्थ्य
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • खेलकुद
  • अन्तर्वार्ता
  • भिडियो
  • Unicode
  • थप
    • युवा उद्दमि
    • समाज
    • साहित्य
    • फिचर
    • अन्तराष्ट्रिय
    • प्रविधि
    • ePaper
×
बुधबार, साउन ०६, २०८३
    • समाचार
    • राजनीति
    • स्थानिय सरकार
    • मनोरञ्जन
    • स्वास्थ्य
    • प्रदेश
      • कोशी
      • मधेश
      • वाग्मती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • खेलकुद
    • अन्तर्वार्ता
    • भिडियो
    • Unicode
    • थप
      • युवा उद्दमि
      • समाज
      • साहित्य
      • फिचर
      • अन्तराष्ट्रिय
      • प्रविधि
      • ePaper

भर्खरै

भोजाड सडक अन्धकारमा: सडकबत्ती नहुँदा नागरिक जोखिममा, सामाजिक सञ्जालमा अभियान सुरु

मन्त्रिपरिषद् बैठकका ६ निर्णय सार्वजनिक

मधेशबाट दाइजो प्रथा अन्त्यको राष्ट्रिय अभियान सुरु हुँदै, मन्त्री सीता बादी र उपसभामुखको घोषणा

यहाँ उपस्थितहरू दास र लास होइनन् भन्दै गगन थापालाई एनपी साउदको जवाफ

पटनामा विद्यार्थीको विरोध प्रदर्शन: प्रहरीद्वारा पानीको फोहरा र अश्रुग्यासको प्रयोग

लगातार ६ कारोबार दिन बढेको सेयर बजारमा बुधबार १३.९५ अंकको गिरावट

काठमाडौंबाट हटाइएका सुकुमबासी गृहजिल्ला पठाइँदै, स्थानीय तहसँग सम्पर्क गर्न आग्रह

बालेन सरकारको नीतिमाथि बढ्दै चुनौती

बीपीको आर्थिक दृष्टिकोण संरक्षण र राष्ट्रियकरणमा आधारित : गगन थापा

लोकप्रिय समाचार

  • १. राष्ट्रिय परिचयपत्र नभए अब देखि पुराना बैंक खाता नचल्ने, असोजभित्र अनलाइन अपडेट गर्नु पर्ने

  • २. निर्दोष ठहरिएका डा. जितेन्द्र परियारलाई फेरि विवादमा तान्ने प्रयास? सिभिल अस्पतालको नियुक्ति रोक्ने प्रयास

  • ३. अध्यक्ष जयकुमार यादवको शिक्षा क्रान्ति, मुखियापट्टी मुसहरनिया अब उच्च शिक्षाको केन्द्र

  • ४. चितवनमा शिक्षामन्त्री सस्मित पोखरेललाई कालोझण्डा, कर फिर्ता गर्न माग गर्दै विद्यार्थीको प्रदर्शन

  • ५. शैक्षिक परामर्श नियमावलीमा सरकारलाई रास्वपाकै केन्द्रीय सदस्यको सुझाव, सभापतिसँग भट्टको गम्भीर छलफल

  • ६. सत्ताका लागि अब सिद्धान्तमा सम्झौता गर्दैनाैँ : गगन थापा

  • ७. जलन उपचार सेवामा सुधारको पहल, स्वास्थ्य मन्त्रालयले बनाउँदै नयाँ मापदण्ड

  • ८. भूमिहीनलाई जग्गा दिने प्रक्रिया अघि बढ्यो, सरकारले जारी गर्‍यो ३५ दिने सूचना

  • ९. सरकारविरुद्ध शैक्षिक परामर्श व्यवसायीको आन्दोलन, नियमावली खारेज गर्न माग

  • १०. सरकारविरुद्ध सडक र संसद् दुवैबाट उत्रिने ओलीको घोषणा !

शैक्षिक परामर्श नियमावलीमा सरकारलाई रास्वपाकै केन्द्रीय सदस्यको सुझाव, सभापतिसँग भट्टको गम्भीर छलफल


  •   आइतबार, साउन ०३, २०८३ मा प्रकाशित
  • काठमाडौं । सरकारले हालै ल्याएको शैक्षिक परामर्श (कन्सल्टेन्सी) सम्बन्धी नियमावलीलाई लिएर देशभर बहस चुलिइरहेका बेला राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का केन्द्रीय सदस्य तथा अनुभवी शैक्षिक परामर्श व्यवसायी हेमराज भट्टले पार्टी सभापतिसमक्ष सरोकारवालाका गुनासा र सुझाव राखेका छन्।

    Advertisement

    पछिल्ला दिनहरूमा सरकारले ल्याएको नियमावलीप्रति शैक्षिक परामर्श व्यवसायीहरूले “नियमनको नाममा नियन्त्रण गर्न खोजिएको” भन्दै विरोध जनाइरहेका छन्। उनीहरूको आरोप छ कि नियमावली तयार पार्दा सरकारबाट सम्बन्धित सरोकारवाला, व्यवसायी, विज्ञ तथा शिक्षा क्षेत्रसँग आबद्ध व्यक्तिहरूसँग पर्याप्त छलफल नै गरिएन।

    यही विषयलाई लिएर भट्टले पार्टी सभापतिसँग भेट गरी शैक्षिक परामर्श नियमावली, समग्र शिक्षा क्षेत्र, देशमा रोजगारी सिर्जना, वैदेशिक रोजगारी तथा अध्ययनका लागि विदेशिएका युवाको भविष्य र सपना, साथै पार्टी संगठन विस्तारलगायतका समसामयिक विषयमा विस्तृत छलफल गरेका हुन्।

    भेटपछि भट्टले सरकारले शिक्षा नीतिसम्बन्धी विषयमा व्यापक संवादको आवश्यकता रहेको बताएका छन्। उनले पछिल्ला दिनमा शैक्षिक व्यवसायी, शैक्षिक परामर्शदाता, शिक्षक, अभिभावक र विद्यार्थीसँग निरन्तर छलफल गरेको उल्लेख गर्दै उनीहरूको साझा चिन्ता सरकारसमक्ष पुर्‍याउने जिम्मेवारी आफूले निर्वाह गरिरहेको बताए।

    उनका अनुसार अभिभावकहरू थप आर्थिक भारका कारण चिन्तित छन् भने युवा पुस्ता नेपालमै केही गर्ने चाहना राख्दाराख्दै पनि नीतिगत अन्योलका कारण लगानीको सुरक्षाप्रति आशंकित बनेका छन्। शैक्षिक परामर्श व्यवसायीहरूले पनि सरकारसँग टकराव नभई संवादमार्फत समाधान खोज्नुपर्ने धारणा राखेको उनले बताए।

    भट्टले आफू रास्वपाको केन्द्रीय सदस्य मात्र नभई शिक्षा क्षेत्रसँग प्रत्यक्ष रूपमा जोडिएको व्यक्ति तथा लामो अनुभव भएको शैक्षिक परामर्श व्यवसायीसमेत भएकाले सबै पक्षका भावना नजिकबाट बुझेको उल्लेख गरेका छन्। उनले सरकार र निजी क्षेत्रबीच उद्देश्यमा होइन, संवादमा समस्या देखिएको भन्दै निरन्तर समन्वय र सहकार्य आवश्यक रहेको धारणा व्यक्त गरे।

    भेटका क्रममा पार्टी सभापतिबाट प्राप्त सकारात्मक प्रतिक्रिया, सुझाव र प्रतिबद्धताले आफू थप उत्साहित भएको भट्टले बताएका छन्। देश, जनता र पार्टीको हितलाई केन्द्रमा राखेर यस्ता रचनात्मक संवादलाई निरन्तरता दिने प्रतिबद्धतासमेत उनले व्यक्त गरेका छन्।

    रास्वपाभित्र पनि शिक्षा र शैक्षिक परामर्श क्षेत्रका जानकारहरूसँग पर्याप्त परामर्श नगरी सरकारले नियमावली ल्याएको विषयमा छलफल हुनुपर्ने आवाज उठिरहेको छ। पार्टीभित्रका नेताहरूले समेत शिक्षा जस्तो संवेदनशील क्षेत्रमा नीति निर्माण गर्दा सम्बन्धित सरोकारवालासँग व्यापक छलफल र सहमतिको प्रक्रियालाई प्राथमिकता दिनुपर्ने धारणा राख्दै आएका छन्।

    आइतबार, साउन ०३, २०८३ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    भोजाड सडक अन्धकारमा: सडकबत्ती नहुँदा नागरिक जोखिममा, सामाजिक सञ्जालमा अभियान सुरु
    मधेशबाट दाइजो प्रथा अन्त्यको राष्ट्रिय अभियान सुरु हुँदै, मन्त्री सीता बादी र उपसभामुखको घोषणा
    काठमाडौंबाट हटाइएका सुकुमबासी गृहजिल्ला पठाइँदै, स्थानीय तहसँग सम्पर्क गर्न आग्रह
    बालेन सरकारको नीतिमाथि बढ्दै चुनौती
    स्वास्थ्य–शिक्षाको ३% समता कर फिर्ता, जनताको विश्वास र अपेक्षाअनुसार सरकार चल्छ: प्रधानमन्त्री
    भूमिहीनलाई जग्गा दिने प्रक्रिया अघि बढ्यो, सरकारले जारी गर्‍यो ३५ दिने सूचना

    Facebook Page

    लोकप्रिय

    • १.
      राष्ट्रिय परिचयपत्र नभए अब देखि पुराना बैंक खाता नचल्ने, असोजभित्र अनलाइन अपडेट गर्नु पर्ने

    • २.
      निर्दोष ठहरिएका डा. जितेन्द्र परियारलाई फेरि विवादमा तान्ने प्रयास? सिभिल अस्पतालको नियुक्ति रोक्ने प्रयास

    • ३.
      अध्यक्ष जयकुमार यादवको शिक्षा क्रान्ति, मुखियापट्टी मुसहरनिया अब उच्च शिक्षाको केन्द्र

    • ४.
      चितवनमा शिक्षामन्त्री सस्मित पोखरेललाई कालोझण्डा, कर फिर्ता गर्न माग गर्दै विद्यार्थीको प्रदर्शन

    • ५.
      शैक्षिक परामर्श नियमावलीमा सरकारलाई रास्वपाकै केन्द्रीय सदस्यको सुझाव, सभापतिसँग भट्टको गम्भीर छलफल

    • ६.
      सत्ताका लागि अब सिद्धान्तमा सम्झौता गर्दैनाैँ : गगन थापा

    भर्खरै

    • १.
      भोजाड सडक अन्धकारमा: सडकबत्ती नहुँदा नागरिक जोखिममा, सामाजिक सञ्जालमा अभियान सुरु

    • २.
      मन्त्रिपरिषद् बैठकका ६ निर्णय सार्वजनिक

    • ३.
      मधेशबाट दाइजो प्रथा अन्त्यको राष्ट्रिय अभियान सुरु हुँदै, मन्त्री सीता बादी र उपसभामुखको घोषणा

    • ४.
      यहाँ उपस्थितहरू दास र लास होइनन् भन्दै गगन थापालाई एनपी साउदको जवाफ

    • ५.
      पटनामा विद्यार्थीको विरोध प्रदर्शन: प्रहरीद्वारा पानीको फोहरा र अश्रुग्यासको प्रयोग

    • ६.
      लगातार ६ कारोबार दिन बढेको सेयर बजारमा बुधबार १३.९५ अंकको गिरावट

    • ७.
      काठमाडौंबाट हटाइएका सुकुमबासी गृहजिल्ला पठाइँदै, स्थानीय तहसँग सम्पर्क गर्न आग्रह

    • ८.
      बालेन सरकारको नीतिमाथि बढ्दै चुनौती

    हाम्रो बारेमा

    www.newsexpressnepal.com

    सूचना विभाग दर्ता नं.
    ३७७२-२०७९/८०

    • X

    हाम्रो टीम

    अध्यक्ष
    मिलन सिंह

    ब्यबस्थापक

    साजन बि. क

    सम्पादक
    सुजन पाख्रिन
    संवाददाता    
    पिंकला कार्की

    संवाददाता 

    दिया कार्की

    Team Details

    सम्पर्क

    सम्पर्क
    ९८६९६८९६९१ /९८२१२५१६०२
    ठेगाना
    कोटेश्वर ३२
    ईमेल
    newsexpresstv078@gmail.com

    info.newsexpress09@gmail.com

    Marketing

    marketingnewsexpress@gmail.com

    Copyright ©2026 News Express Nepal | All rights Reserved.
     Website By :  nwTech.