काठमाडौं । अमेरिका र इरानबीच जारी युद्ध अन्त्य गर्ने प्रारम्भिक सहमति भएको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सामाजिक सञ्जालमार्फत सहमतिबारे जानकारी दिएका छन् भने इरानले पनि त्यसको पुष्टि गरेको छ।
दुवै पक्षबीच भएको समझदारीपत्रमा आगामी शुक्रबार स्विट्जरल्यान्डमा हस्ताक्षर हुने अपेक्षा गरिएको छ। त्यसअघि कतारको दोहामा आवश्यक तयारी बैठकहरू हुने बताइएको छ।
सम्झौताअनुसार स्ट्रेट अफ हर्मुज पुनः सञ्चालनमा आउने र इरानलाई तेल निर्यातमा सहजता प्रदान गरिने जनाइएको छ। साथै आगामी ६० दिनभित्र इरानको आणविक कार्यक्रमलगायत विषयमा थप वार्ता गरी अन्तिम सम्झौता गर्ने तयारी छ।
युद्धका क्रममा अमेरिका र इजरायलले इरानका सैन्य संरचनामा ठूलो क्षति पुर्याएका थिए भने इरानले पनि क्षेत्रीय सुरक्षा र ऊर्जा आपूर्तिमा प्रभाव पार्दै दबाब सिर्जना गरेको थियो।
युद्धविरामसँगै मध्यपूर्वमा तनाव केही मत्थर हुने अपेक्षा गरिएको छ। यद्यपि अन्तिम सम्झौताको स्वरूप र त्यसको कार्यान्वयनले नै दीर्घकालीन शान्तिको दिशा तय गर्ने विश्लेषकहरूको भनाइ छ।
युद्ध रोकिएपछि हिसाबकिताब: अमेरिका र इरानमध्ये कसले पायो फाइदा?
युद्ध रोकिएपछि हिसाबकिताब: अमेरिका र इरानमध्ये कसले पायो फाइदा?
तपाईको प्रतिक्रिया

