• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • स्वास्थ्य
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • भिडियो
  • साहित्य
  • Unicode
  • ePaper
×
सोमबार, जेठ २५, २०८३
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • स्वास्थ्य
    • प्रदेश
      • कोशी
      • मधेश
      • वाग्मती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • भिडियो
    • साहित्य
    • Unicode
    • ePaper

भर्खरै

मधेशका जिल्लाहरूमा रास्वपाले छान्न सकेन नयाँ नेतृत्व, कतै कुटाकुट त कतै तालाबन्दी

भारत जाने टिकट देखाएका व्यक्ति दुबई उडेपछि….

युद्धविरामको दुई महिनापछि फेरि सुरु भयो इरान–इजरायल युद्ध

सुदूरपश्चिममा सबै मन्त्री फेर्दै कांग्रेस

वीरगञ्जका मेयरसहित ७ जनाविरुद्ध मुद्दा दायर, अर्कैकी छोरीको बाबु बनेर नागरिकता दिलाएको आरोप

स्वदेशी उद्योगलाई संरक्षण गर्न गाली खान तयार भएर पनि कर पुनर्संरचना गरिएको छ– अर्थमन्त्री

अवारोध खुलाउँ तत्परता नदेखाउनु संसदप्रति अनादर हो : अर्जुननरसिंह केसी

महेन्द्र राजमार्गको अतिक्रमित जमिन खाली गर्न आग्रह

प्रधानमन्त्रीले आफ्नो अभिव्यक्तिबारे प्रष्टीकरण नदिएसम्म सदन अगाडि बढ्न सक्दैन : कांग्रेस

लोकप्रिय समाचार

  • १. मदिरा–सुर्ती बिक्रीमा राजस्व छल्दै रारा क्षेत्रका व्यापारी, अनुगमनपछि दर्ता गर्न निर्देशन

  • २. राजदरबार हत्याकाण्डको २५ वर्ष : इतिहासकै ‘कालो दिन’ को स्मरण तर जीवित छन् प्रश्नहरु

  • ३. कुशल भुर्तेल द्वारा टि–२० आईमा लागातार दोस्रो शतक

  • ४. दिल्लीमा रवि लामिछानेको दौडधुप

  • ५. स्वदेशी उद्योगलाई संरक्षण गर्न गाली खान तयार भएर पनि कर पुनर्संरचना गरिएको छ– अर्थमन्त्री

  • ६. प्रधानमन्त्री मोदीलाई नेपाल भ्रमणको निम्तो

  • ७. टिकटकर तुल्सा अधिकारी पुर्पक्षका लागि थुनामा

  • ८. ‘राजासहितको प्रजातन्त्र’को नारासहित नयाँ पार्टी खोल्ने धवलशमशेरको घोषणा

  • ९. आजका लागि विदेशी मुद्राको विनिमय दर कति ?

  • १०. अमेरिकी डलरसहित चितवनका एक चिकित्सक पक्राउ

युद्धविरामको दुई महिनापछि फेरि सुरु भयो इरान–इजरायल युद्ध


  •   सोमबार, जेठ २५, २०८३ मा प्रकाशित
  • काठमाण्डौ। युद्धविरामको ठीक २ महिनापछि इरान र इजरायलबीच फेरि युद्ध सुरु भएको छ । इरान समर्थित हिज्बुल्लाहलक्षित गरी इजरायलले लेबनानको राजधानी बेरुतमा हमला गरेपछि इरानले इजरायलको तेल अभिभमाथि ब्यालिस्टिक मिसाइल प्रहार गरेको हो । इरानको इस्लामिक रिभोल्युसनरी गार्ड कर्प्स (आईआरजीसी) को एयरोस्पेस फोर्सले ‘अपरेशन नसर’ सुरु गर्दै इजरायलका दुई प्रमुख रणनीतिक सैन्य अखडाहरू नेभाटिम र तेल नोफलाई निशाना बनाएसँगै इरान–इजरायल युद्ध चर्किने संकेत देखिएको हो ।

    Advertisement

    पछिल्ला केही सातादेखि अमेरिका र इरानबीच सम्झौताको कोसिस भइरहँदा इजरायलले युद्धविरामका बाबजुद लेबनानमाथि लगातार हमला गरिरहेको थियो । इरानको इस्लामिक सेना आईआरजीसीले लेबनानमाथिको हमलाको जवाफमा इजरायलमाथि हमला गरेसँगै इजरायलमा साइरन बज्न सुरु भएको थियो । इरानी हमलाको डरका कारण इजरायली नागरिकहरू तत्कालै बंकरमा लुक्न बाध्य भएका थिए । इजरायली डिफेन्स फोर्स आईडीएफले कुनै अलर्ट प्राप्त हुनासाथ तत्काल सुरक्षित स्थानमा जान आम मानिसलाई आग्रह गरेको छ । इजरायलले टेलिग्राममा इरानले इजरायलको पश्चिमी र मध्य क्षेत्रमा हमला गरेको उल्लेख गरेको थियो ।

    तर त्यसको केही समयमै इरानले निशाना बनाएका क्षेत्रबारे इरानी सञ्चारमाध्यम प्रेस टीभीले भिडियो जारी गरेको छ । इरानले निशाना बनाएको नेभाटिम एयरबेस इजरायलको दक्षिणी क्षेत्र नेगेभ मरुभूमिका रहेको छ । जहाँ इजरायली पायु सेनाको अत्याधुनिक एफ–३५ लडाकु विमान तैनाथ गरिएका छन् । यसअघि अक्टोबर २०२४ को अपरेशन ट्रु प्रोमिसमा पनि इरानले यो एयरबेसलाई मुख्य निशाना बनाएको थियो । यस्तै तेल नोफ इजरायलको मध्य क्षेत्र रेहोभोट नजिक रहेको सबैभन्दा पुरानो र प्रमुख हवाई अखडामध्ये एक हो । यो बेसमा स्ट्राइक फाइटर, ट्रान्सपोर्ट हेलिकोप्टर र मुख्य रूपमा मावनरहित हवाई स्क्वाड्रनहरू राखिएका छन् ।

    यो घटनालगत्तै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुलाई जवाफी हमला नगर्न आग्रह गर्दै सम्झौताको चरणमा रहेकाले संयमता अपनाउन भनेका थिए । तर ट्रम्पको आग्रहलाई बेवास्ता गर्दै इजरायलले केही घन्टाभित्रै इरानको राजधानी तेहरान, तबरिज र इस्फहानलाई निशाना बनाएर जवाफी हमला गरेको छ । आईआरजीसीका अनुसार इजरायलले इरानमाथिको हमलामा एयर लञ्च ब्यालिस्टिक मिसाइल प्रयोग गरेको थियो । इजरायलले इरानको यो हमलालाई आफ्नो सैन्य पूर्वाधारमाथि भएको हमला भन्दै रक्षात्मक र प्रतिशोधात्मक जवाफ भएको भएको दाबी गरेको छ । इजरायली हमलासँगै इरानले राजधानी तेहरानस्थित इमाम खोमेनी अन्तर्राष्ट्रिय विमानस्थलसहित देशको हवाई क्षेत्र बन्द गरेको छ । युद्ध चर्किने संकेतपछि इराकले ७२ घन्टा र सिरियाले १२ घन्टाका लागि आफ्नो हवाई क्षेत्र बन्द गर्ने निर्णय गरेका छन् ।

    इजरायलले बेरुतमाथि हमला गरेसँगै सुरु भएको पछिल्लो हमलाको शृङ्खलामा दुवै देशका मुख्य सैन्य तथा ऊर्जा क्षेत्र निशानामा परेका छन् । इरानले इजरायली सैन्य अड्डालाई निशाना बनाएसँगै इजरायलले पनि इरानको खुजेस्तान प्रान्तको मासशहरमा रहेको कारुन पेट्रोकेमिकल कम्पनीमा हमला गरेको छ । केही तस्वीरमा प्लान्ट परिसरमा धुँवा उठेको देखिएको छ । इजरायली सेनाले पनि यो हमलाको पुष्टि गरेको छ । इजरायली सेना प्रमुख मेजर जनरल एयाल जमिरले आफूले सैन्य अभियानको निगरानी गरिरहेको बताएका छन् । साथै उनले लगातार अवस्थाको समीक्षा गरिरहेको समेत उल्लेख गरेका छन् । इजरायली डिफेन्स फोर्स (आईडीएफ) का अनुसार एयाल जमिर र अन्य शीर्ष सैन्य अधिकारीहरूले पछिल्ला केही घन्टादेखि सुरक्षा अवस्थाको आकलन गरिरहेको र इरानमा चलिरहेको अपरेशनको कमाण्ड सम्हालिरहेको जनाएको छ ।

    इजरायली सेनाले एयर डिफेन्स सिस्टमले खतरालाई रोक्ने काम गरिरहेको जनाएको छ । ‘द टाइम्स अफ इजरायल’ को रिपोर्टअनुसार जेरुसेलम, तेल अभिभ र मध्य इजरायल आसपासका क्षेत्रमा चेतावनीका साइरन बजेका थिए । यसअघि आईआरजीसीले भने पुरै एक साताका लागि आक्रमणको सुरुवात भइरहेको बताएको थियो । इरानले इजरायलले आक्रामक कारबाही दोहोर्‍याएमा ठूलो मात्रामा हमला हुने इजरायलसँगै खाडी क्षेत्रमा रहेका अमेरिकी सैन्य अड्डा समेत निशानामा पर्नसक्ने जनाएको छ । इरानले अमेरिका र इजरायलमाथि युद्धविराममा उल्लेखित र आफैँले हस्ताक्षर गरेर लागू गरेका वाचा पूरा नगरेको आरोप लगाएको छ ।

    इरानले इजरायलमाथि हमला गरिरहेका बेला साउदी अरबको अल–खर्ज एयरबेसमा समेत हमला भएको छ । तर इरानले यो क्षेत्रमा सैन्य कारबाही गरेको समाचारको खण्डन गरेको छ । इरानी समाचार प्रसारक आईआरआईबीका अनुसार एक सैन्य अधिकारीले इरानले अल–खर्ज एयरबेसमा कुनै गोली वा मिसाइल प्रहार नभएको जनाएका छन् । योसँगै साउदी अरबको राजधानी रियादस्थित सुल्तान एयरबेसमा पनि शक्तिशाली हमलाको आवाज सुनिएको थियो । इरान र इजरायलबीच ताजा भिडन्त यस्तो समयमा भएको छ, जतिबेला अमेरिका र इजरायलबीच नै युद्धविरामलाई लिएर तनाव बढेको छ । सैन्य तनाब र आक्रमणका शृङ्खलाहरूले समग्र क्षेत्रको अवस्थालाई थप जटिल र संवेदनशील बनाएको छ ।

    अमेरिकी सिनेटर क्रिस मर्फीले इरानसँगको यो सैन्य टकराबलाई राष्ट्रपति ट्रम्प र अमेरिकी शक्तिका लागि अपमानजनक भएको टिप्पणी गरेका छन् । उनले इरानमाथिको हमलासँगै उत्पन्न अवस्थाले ट्रम्पको विदेश नीतिको असफलता, शक्तिको ह्रास, रणनीतिक विफलता, आर्थिक प्रभावसँगै रुसलाई फाइदा हुने टिप्पणीसमेत गरेका छन् । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भने इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुसँग अमेरिका र इरानबीच हुने कुनै सम्झौतालाई स्वीकार्नुको विकल्प नभएको दाबी गरिरहेका छन् । उनले इरान र इजरायलबीच पछिल्ला दिनमा जारी तनावले अमेरिकासँगको वार्ता प्रक्रिया अवरुद्ध नहुने टिप्पणीसमेत गरका छन् । उनले युद्धबारे नेतान्याहुले नभई आफैँले सबै निर्णय गर्ने बताएका छन् ।

    इरान र इजरायलबीच सुरु भएको पछिल्लो युद्धसँगै सोमबार एसियाली बजारमा तेलको मूल्यमा वृद्धि भएको छ । ग्लोबल बेन्चमार्क ब्रेन्टको मूल्य २.६ प्रतिशतले बढेर ९५.५० डलर प्रतिब्यारेल भएको छ भने अमेरिकामा कारोबार हुने कच्चा तेलको मूल्य २.५ प्रतिशतले बढेर ९२.७५ डलर प्रतिब्यारेल भएको छ । २८ फेब्रुअरीमा अमेरिका र इजरायलले हमला गरी इरानका सर्वोच्च नेता, रक्षामन्त्री र सेनाप्रमुखसहित दर्जनाको हत्या गरेको थियो । यसको केही दिनपछि नै हिज्बुल्लाहले खामेनेईको हत्याको बदला लिने भन्दै इजरायलमाथि हमला सुरु गरेको थियो ।

    ८ मार्चमा उनका छोरा मोजतबा खामनेई नयाँ सर्वोच्च नेता बने । यो युद्धमा इरानले पनि अमेरिकाका केही शक्तिशाली र अत्याधुनिक हतियार खसालिदिएको छ । ७ अप्रिलमा इरान र अमेरिकाबीच युद्धविराम सम्झौता भए पनि पूर्ण रूपमा पालना हुन सकेन । युद्धविरापछि वार्ता र सम्झौताका सर्त, होर्मुजमाथिको नियन्त्रण, इरानको परमाणु कार्यक्रमजस्ता विषयमा सहमति हुन नसकिरहेका बेला फेरि युद्ध सुरु भएको हो ।

    सोमबार, जेठ २५, २०८३ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    मधेशका जिल्लाहरूमा रास्वपाले छान्न सकेन नयाँ नेतृत्व, कतै कुटाकुट त कतै तालाबन्दी
    भारत जाने टिकट देखाएका व्यक्ति दुबई उडेपछि….
    सुदूरपश्चिममा सबै मन्त्री फेर्दै कांग्रेस
    वीरगञ्जका मेयरसहित ७ जनाविरुद्ध मुद्दा दायर, अर्कैकी छोरीको बाबु बनेर नागरिकता दिलाएको आरोप
    स्वदेशी उद्योगलाई संरक्षण गर्न गाली खान तयार भएर पनि कर पुनर्संरचना गरिएको छ– अर्थमन्त्री
    अवारोध खुलाउँ तत्परता नदेखाउनु संसदप्रति अनादर हो : अर्जुननरसिंह केसी

    Facebook Page

    लोकप्रिय

    • १.
      मदिरा–सुर्ती बिक्रीमा राजस्व छल्दै रारा क्षेत्रका व्यापारी, अनुगमनपछि दर्ता गर्न निर्देशन

    • २.
      राजदरबार हत्याकाण्डको २५ वर्ष : इतिहासकै ‘कालो दिन’ को स्मरण तर जीवित छन् प्रश्नहरु

    • ३.
      कुशल भुर्तेल द्वारा टि–२० आईमा लागातार दोस्रो शतक

    • ४.
      दिल्लीमा रवि लामिछानेको दौडधुप

    • ५.
      स्वदेशी उद्योगलाई संरक्षण गर्न गाली खान तयार भएर पनि कर पुनर्संरचना गरिएको छ– अर्थमन्त्री

    • ६.
      प्रधानमन्त्री मोदीलाई नेपाल भ्रमणको निम्तो

    भर्खरै

    • १.
      मधेशका जिल्लाहरूमा रास्वपाले छान्न सकेन नयाँ नेतृत्व, कतै कुटाकुट त कतै तालाबन्दी

    • २.
      भारत जाने टिकट देखाएका व्यक्ति दुबई उडेपछि….

    • ३.
      युद्धविरामको दुई महिनापछि फेरि सुरु भयो इरान–इजरायल युद्ध

    • ४.
      सुदूरपश्चिममा सबै मन्त्री फेर्दै कांग्रेस

    • ५.
      वीरगञ्जका मेयरसहित ७ जनाविरुद्ध मुद्दा दायर, अर्कैकी छोरीको बाबु बनेर नागरिकता दिलाएको आरोप

    • ६.
      स्वदेशी उद्योगलाई संरक्षण गर्न गाली खान तयार भएर पनि कर पुनर्संरचना गरिएको छ– अर्थमन्त्री

    • ७.
      अवारोध खुलाउँ तत्परता नदेखाउनु संसदप्रति अनादर हो : अर्जुननरसिंह केसी

    • ८.
      महेन्द्र राजमार्गको अतिक्रमित जमिन खाली गर्न आग्रह

    हाम्रो बारेमा

    www.newsexpressnepal.com

    सूचना विभाग दर्ता नं.
    ३७७२-२०७९/८०

    • X

    हाम्रो टीम

    अध्यक्ष
    मिलन सिं परियार

    प्रबन्ध निर्देशक
    जिवन कुमार अधिकारी

    ब्यबस्थापक

    साजन बि. क

    सम्पादक
    सुजन पाख्रिन
    संवाददाता    
    पिंकला कार्की

    संवाददाता 

    दिया कार्की

    Team Details

    सम्पर्क

    सम्पर्क
    ९८६९६८९६९१ /९८२१२५१६०२
    ठेगाना
    कोटेश्वर ३२
    ईमेल
    newsexpresstv078@gmail.com

    info.newsexpress09@gmail.com

    Marketing

    marketingnewsexpress@gmail.com

    Copyright ©2026 News Express Nepal | All rights Reserved.
     Website By :  nwTech.