• समाचार
  • राजनीति
  • स्थानिय सरकार
  • मनोरञ्जन
  • स्वास्थ्य
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • खेलकुद
  • अन्तर्वार्ता
  • भिडियो
  • Unicode
  • थप
    • युवा उद्दमि
    • समाज
    • साहित्य
    • फिचर
    • अन्तराष्ट्रिय
    • प्रविधि
    • ePaper
×
सोमबार, भदौ २२, २०८३
    • समाचार
    • राजनीति
    • स्थानिय सरकार
    • मनोरञ्जन
    • स्वास्थ्य
    • प्रदेश
      • कोशी
      • मधेश
      • वाग्मती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • खेलकुद
    • अन्तर्वार्ता
    • भिडियो
    • Unicode
    • थप
      • युवा उद्दमि
      • समाज
      • साहित्य
      • फिचर
      • अन्तराष्ट्रिय
      • प्रविधि
      • ePaper

भर्खरै

जलविद्युत आयोजनाको सुरुङमा १२१ जना मात्रै फसेको सेनाको दाबी

‘पार्वती’ को कमाइ डेढ करोडभन्दा बढी

सेनाले भन्यो: सुरुङ पुरै ‘ब्रेक थ्रु’ नभएसम्म खोजी गर्छौं

बिच भलिबलमा रजत जितेको टोली स्वदेश फर्कियो

कृष्णभीर पहिरोको प्रभाव: चुलिँदै ग्यास अभाव

भोटेकोसी बाढीमा मृत्यु हुनेको संख्या १३ सय ५५ पुग्यो

राष्ट्रपति पौडेल पुगे भोटेकोशी बाढी प्रभावित क्षेत्र अवलोकन गर्न

रविलाई के भने अमेरिकी विदेशमन्त्रीले ?

काठमाडौँमा १६१ शव आउँदा २३ मात्र पहिचान

लोकप्रिय समाचार

  • १. करदाता प्रोत्साहन उपहार कार्यक्रम तत्काललाई स्थगित

  • २. मुख्य प्रभावितक्षेत्र टिमुरेमा ६० शव फेला

  • ३. बाढी प्रभावित क्षेत्रमा १२ ड्रोन र पाँच तालिम प्राप्त कुकुर प्रयोग

  • ४. भोटेकोशी बाढी: मृत्यु हुनेको संख्या ९८७ पुग्यो, ३९ सय १६ जना सम्पर्कविहीन

  • ५. एसीसी प्रिमियर कपमा नेपालको लगातार दोस्रो जित

  • ६. सांसद भरत खड्का संसद् बैठकमै ढले

  • ७. बाढी प्रभावितका लागि सरकारले १ अर्ब रूपैयाँ राहत दिने

  • ८. चीनले नेपाललाई हिमतालको जोखिमसँगै मौसमसम्बन्धी सूचना दिने

  • ९. मन भक्कानिँदा पनि विलौना गर्ने समय छैन: प्रधानमन्त्री

  • १०. रसुवा बाढीमा पर्यटन क्षेत्रमा मात्रै ५० अर्ब बढीको क्षति

महिना दिनसम्म पनि श्रीकृष्ण विकले पाएनन् न्याय, आमा विन्दमया माइतीघर धर्नामा


  •   मङ्गलबार, जेठ १२, २०८३ मा प्रकाशित
  • काठमाडौं । श्रीकृष्ण विश्वकर्माकी आमा विन्दमया विश्वकर्माले आफ्नो छोराको हत्यालाई आत्महत्या प्रमाणित गर्न खोज्नुले राज्यको बदनियत भएको आरोप लगाएकी छन् । मंगलबार काठमाडौंमा जेनजी युनाइटेडले आयोजना गरेको कार्यक्रममा विश्वकर्माले प्रहरीको हिरासतमा हत्या गरिएको दबी गर्दै दोषि बचाउने षड्यन्त्र भएको जिकिरसमेत गरेकी छन् । सिन्धुलीको खुर्कोटस्थित इलाका प्रहरी कार्यालयको हिरासतमा ७ वैशाखमा ज्यान गुमाएका श्रीकृष्ण विश्वकर्माकी आमा विन्दमायाले एक महिना वितिसक्दा पनि आफूले न्याय नपाएको भन्दै राज्यको नियतमाथि प्रश्न गरेकी छन् ।

    Advertisement

    एकमहिनादेखि माइतिघर माण्डलामा धर्ना बस्दैगर्दा आत्महत्या भएको पोष्टमार्टम रिपोर्ट भन्ने हल्लाले झनै पीडा भएको विन्दमायाले बताईन् । ‘छोराको न्यायको लागि झरीमा भिज्दै गुहार माग्दै गर्दा, अब त न्याय ‘आकाशको फल आँखा तरी मर’ जस्तैः पो भयो, अब म कहाँ जाउँ ।’ ‘ड्युटीमा खटिएका प्रहरीलाई निलम्बन गरियो भन्ने सुनिन्छ, मेरो छोराको हत्या गरे, के उनिहरुलाई निलम्बन गरेर मात्रै पुग्छ,’ विन्दमायाले प्रश्न गरिन् ।

    जेनजी यूनाइटेडका संयोजक जनक परियारले घटना भएको एक महिना वितिसक्दा पनि पीडितले न्याय नपाउनु दुःखत विषय भएको बताए । ‘एकातिर हत्यालाई आत्महत्यामा प्रमाणित गर्ने कोशिष हुँदैछ, अर्कातिर घटना प्रतिवेदन सार्वजनिक गर्न ढिलाईले निकै आशंका पैदा भएको छ’, परियारले भने । श्रीकृष्ण विक जस्तै हजारौं युवाहरु कथित जात व्यवस्थाको जाँतोमा पिसियर मर्नुपर्ने अवस्था रहेको बताउँदै परियारले प्रश्न गरे, ‘के दलितहरुको ज्यान सस्तो छ, के राज्यको ऐन–कानुन ठूलाको संरक्षणका लागि मात्रै हो ?’

    वर्तमान सरकारले ऐन–कानुनलाई लत्याउँदै अघि बढेर जनविरोधी कार्य गर्न उद्दत रहेकोप्रति परियारले आक्रोश व्यक्त गरे । ‘संसद छलेर अध्यादेश ल्याउने, सांसदहरुको प्रश्नहरुको जवाफबाट प्रधानमन्त्री भागेर हिंड्ने, सर्बोच्चको आदेशलाई लत्याएर सुकुम्बासी बस्तीमा डोजर चलाउने आखिर यो सरकार कता जाँदैछ,’ परियारले प्रश्न गरे । श्रम–संस्कृति पार्टीका युवा नेता निर्मल परियारले श्रीकृष्ण विकको हत्या, चितवनका सुजन विककी श्रीमतिको अस्पतलमा डाक्टरको लापरबाहीले गर्दा मृत्यु जस्ता प्रकरणमाथि राज्य मौन रहेको भन्दै आक्रोश व्यक्त गरे । सरकारले गैरन्यायीक तबरबाट सुकुम्बासी बस्ती हटाएको भन्दै सरकारविरुद्ध संघर्ष गर्नुपर्नेमा परियारको जोड छ । परियारले देशका पुराना सबै दलहरु असफल भइसकेकाले आफ्नो पार्टी र अध्यक्ष हर्क साम्पाङ राईको विकल्प नरहेको जिकिरसमेत गरे ।

    रामराज्य परिषद्का अध्यक्ष जगत बहादुर थापाले देशमा आजको समयमा पनि जातिय विभेदका कारण श्रीकृष्ण विक जस्तै युवाहरुले अकालमा ज्यान गुमाउनु परेको बताए । थापाले घटनाको निष्पक्ष छानविन गरेर दोषिलाई तत्काल कारबाही तथा पीडितलाई न्याय दिनुपर्ने माग गरे । सामाजिक अभियान्ता उमेश रम्तेलले महिना दिनसम्म पनि मृतकको परिवारले लास नबुझेको अवस्थामा राज्यले वास्तविकता लुकाएको आरोप लगाए । ‘आत्महत्या गरेको भनेर ‘पोस्टमार्टम’ रिपोर्ट आएको छ, रास्वपा सांसद खगेन्द्र सुनार न्याय दिन्छु भनेर परिवारलाई झुटो अस्वासन बाँढेका छन्, अव कसरी न्याय हुन्छ,’रम्तेलले प्रश्न गरे । ‘यस्तो अवस्थामा अब हामीले रास्वपा पार्टी कार्यालय कि बालुवाटारमा धर्ना दिने, अब पनि राज्यले सुनेन भने भोलिदेखि सिंहदरबारमा जेनजी युनाइटेडको नेतृत्वमा धर्ना दिननपरोस,’ रम्तेलले आक्रोश व्यक्त गरे ।

    जेनजी स्मृति राईले वर्तमान सरकार संविधान भन्दामाथि जस्तै भएर अगाडि बढेको भन्दै संघर्षलाई जोड दिनुपर्ने बताईन् । वैदिक सनातन स्वतन्त्र साधु भोला अधिकारीले देशमा विदेशी धर्मसंस्कृतिको प्रभावले देश विग्रिदै गएको भन्दै चिन्ता व्यक्त गरे । राष्ट्र राष्ट्रियता स्वतन्त्र बचाउ अभियानका विष्णु सिं डंगोलले पीडितले तत्काल न्याय पाउनुपर्ने धारणा राखे ।

    मङ्गलबार, जेठ १२, २०८३ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    जलविद्युत आयोजनाको सुरुङमा १२१ जना मात्रै फसेको सेनाको दाबी
    सेनाले भन्यो: सुरुङ पुरै ‘ब्रेक थ्रु’ नभएसम्म खोजी गर्छौं
    बिच भलिबलमा रजत जितेको टोली स्वदेश फर्कियो
    कृष्णभीर पहिरोको प्रभाव: चुलिँदै ग्यास अभाव
    भोटेकोसी बाढीमा मृत्यु हुनेको संख्या १३ सय ५५ पुग्यो
    राष्ट्रपति पौडेल पुगे भोटेकोशी बाढी प्रभावित क्षेत्र अवलोकन गर्न

    Facebook Page

    लोकप्रिय

    • १.
      करदाता प्रोत्साहन उपहार कार्यक्रम तत्काललाई स्थगित

    • २.
      मुख्य प्रभावितक्षेत्र टिमुरेमा ६० शव फेला

    • ३.
      बाढी प्रभावित क्षेत्रमा १२ ड्रोन र पाँच तालिम प्राप्त कुकुर प्रयोग

    • ४.
      भोटेकोशी बाढी: मृत्यु हुनेको संख्या ९८७ पुग्यो, ३९ सय १६ जना सम्पर्कविहीन

    • ५.
      एसीसी प्रिमियर कपमा नेपालको लगातार दोस्रो जित

    • ६.
      सांसद भरत खड्का संसद् बैठकमै ढले

    भर्खरै

    • १.
      जलविद्युत आयोजनाको सुरुङमा १२१ जना मात्रै फसेको सेनाको दाबी

    • २.
      ‘पार्वती’ को कमाइ डेढ करोडभन्दा बढी

    • ३.
      सेनाले भन्यो: सुरुङ पुरै ‘ब्रेक थ्रु’ नभएसम्म खोजी गर्छौं

    • ४.
      बिच भलिबलमा रजत जितेको टोली स्वदेश फर्कियो

    • ५.
      कृष्णभीर पहिरोको प्रभाव: चुलिँदै ग्यास अभाव

    • ६.
      भोटेकोसी बाढीमा मृत्यु हुनेको संख्या १३ सय ५५ पुग्यो

    • ७.
      राष्ट्रपति पौडेल पुगे भोटेकोशी बाढी प्रभावित क्षेत्र अवलोकन गर्न

    • ८.
      रविलाई के भने अमेरिकी विदेशमन्त्रीले ?

    हाम्रो बारेमा

    www.newsexpressnepal.com

    सूचना विभाग दर्ता नं.
    ३७७२-२०७९/८०

    • X

    हाम्रो टीम

    अध्यक्ष
    मिलन सिंह

    ब्यबस्थापक

    साजन बि. क

    सम्पादक
    सुजन पाख्रिन
    संवाददाता    
    पिंकला कार्की

    संवाददाता 

    दिया कार्की

    Team Details

    सम्पर्क

    सम्पर्क
    ९८६९६८९६९१ /९८२१२५१६०२
    ठेगाना
    कोटेश्वर ३२
    ईमेल
    newsexpresstv078@gmail.com

    info.newsexpress09@gmail.com

    Marketing

    marketingnewsexpress@gmail.com

    Copyright ©2026 News Express Nepal | All rights Reserved.
     Website By :  nwTech.