• समाचार
  • राजनीति
  • स्थानिय सरकार
  • मनोरञ्जन
  • स्वास्थ्य
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • खेलकुद
  • अन्तर्वार्ता
  • भिडियो
  • Unicode
  • थप
    • युवा उद्दमि
    • समाज
    • साहित्य
    • फिचर
    • अन्तराष्ट्रिय
    • प्रविधि
    • ePaper
×
आइतबार, भदौ २१, २०८३
    • समाचार
    • राजनीति
    • स्थानिय सरकार
    • मनोरञ्जन
    • स्वास्थ्य
    • प्रदेश
      • कोशी
      • मधेश
      • वाग्मती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • खेलकुद
    • अन्तर्वार्ता
    • भिडियो
    • Unicode
    • थप
      • युवा उद्दमि
      • समाज
      • साहित्य
      • फिचर
      • अन्तराष्ट्रिय
      • प्रविधि
      • ePaper

भर्खरै

बेपत्ता व्यक्तिलाई १२ वर्षसम्म मृत मान्न नसक्ने कानुन गर्नुपर्ने देखियो: सभापति थापा

यसरी भइरहेको छ पाँचवटा टनेलमा खोज तथा उद्धार

तत्काल मनास्लु र लार्केपास यात्रा नगर्न प्रशासनको आग्रह

३ दिनमा काठमाडौँ भित्रियो ८८ हजार ग्यास सिलिन्डर

साउदीलाई हराउँदै नेपाल एसीसी प्रिमियर कपको सेमिफाइनलमा

गृहमन्त्रीले गरे जेनजी पार्क शिलान्यास

जोहेइरी मोला बनिन् ‘मिस वर्ल्ड २०२६’

रसुवामा हैजाविरुद्ध २१ हजार डोज खोप पठाइयो

भोटेकोशी बाढीमा अझै चार हजार ४४ जना अझै बेपत्ता

लोकप्रिय समाचार

  • १. रसुवा बाढीपीडितको साथमा फिटवेल : मनोज भारतीले गरे लाखौँको कपडा–जुत्ता सहयोग

  • २. प्राधिकरणले भन्यो: रसुवा बाढीका बेपत्ताहरूको संख्या यकिन गर्न मुस्किल छ

  • ३. मुख्य प्रभावितक्षेत्र टिमुरेमा ६० शव फेला

  • ४. बाढी प्रभावित क्षेत्रमा १२ ड्रोन र पाँच तालिम प्राप्त कुकुर प्रयोग

  • ५. करदाता प्रोत्साहन उपहार कार्यक्रम तत्काललाई स्थगित

  • ६. भोटेकोशी बाढी: मृत्यु हुनेको संख्या ९८७ पुग्यो, ३९ सय १६ जना सम्पर्कविहीन

  • ७. एसीसी प्रियमियर कपमा नेपालको विजयी सुरुआत

  • ८. सांसद भरत खड्का संसद् बैठकमै ढले

  • ९. एसीसी प्रिमियर कपमा नेपालको लगातार दोस्रो जित

  • १०. बाढी प्रभावित क्षेत्रका विद्यालय अनिश्चितकालीन बन्द

“संवाद एक्सप्रेस” मा नगरप्रमुखको चुनौती : २०४६ पछिका सम्पत्ति छानबिन म बाटै सुरु होस् : यादव


  •   मङ्गलबार, जेठ १२, २०८३ मा प्रकाशित
  • मधेश प्रदेश अन्तर्गत धनुषा जिल्लाको क्षीरेश्वरनाथ नगरपालिका मा “संवाद एक्सप्रेस” कार्यक्रम सम्पन्न भएको छ। न्युज एक्सप्रेस मिडिया प्रा.लि. द्वारा सञ्चालित ७५३ पालिका लक्षित कार्यक्रमअन्तर्गत मधेश प्रदेशबाट सुरु गरिएको यो अभियान धनुषाका विभिन्न स्थानीय तहमा पुग्ने क्रममा क्षीरेश्वरनाथ नगरपालिकामा सम्पन्न भएको हो।

    Advertisement

    धनुषा जिल्लामा अवस्थित क्षीरेश्वरनाथ नगरपालिका साविकका ५ वटा गाविस समायोजन गरी गठन गरिएको स्थानीय तह हो। हाल यस नगरपालिकाले ११ वटा वडामार्फत नागरिकलाई सेवा सुविधा प्रदान गर्दै आएको छ। २०६८ सालको जनगणनाअनुसार नगरपालिकाको कुल जनसंख्या ४८,८१३ रहेको छ, जसमा पुरुष २४,७७२ र महिला २४,०४१ रहेका छन्।

    कार्यक्रममा नगर प्रमुख सुखदेव यादव, प्रमुख प्रशासकीय अधिकृतका तर्फबाट राम बहादुर यादव, विभिन्न वडा अध्यक्षहरू तथा स्थानीय सर्वसाधारणको उल्लेखनीय उपस्थिति रहेको थियो। कार्यक्रममा स्थानीय तहलाई कसरी अझ प्रभावकारी, जनमुखी र उत्तरदायी बनाउन सकिन्छ भन्ने विषयमा गहन छलफल गरिएको थियो। विशेषगरी शिक्षा, स्वास्थ्य, रोजगारी, सेवा प्रवाह तथा विकास निर्माणलाई कसरी चुस्तदुरुस्त बनाउने भन्ने विषय मुख्य बहसको केन्द्र बनेको थियो।

    कार्यक्रममा बोल्दै नगर प्रमुख सुखदेव यादवले नयाँ सरकारको नीति र कार्यशैलीप्रति असन्तुष्टि व्यक्त गरेका थिए। उनले पुराना सबै भ्रष्ट र असफल भन्ने भाष्यप्रति आपत्ति जनाउँदै यदि सरकारले २०४६ सालपछि सार्वजनिक पद धारण गरेका व्यक्तिहरूको सम्पत्ति छानबिन गर्ने अभियान अघि बढाउँछ भने आफूबाटै सुरु गर्न चुनौती दिएको बताएका छन्।

    साथै उनले आफ्नो कार्यकालमा अघिल्ला जनप्रतिनिधिहरूको तुलनामा स्थानीय विकासका क्षेत्रमा बढी काम भएको दाबी गरेका थिए।

    कार्यक्रममा सहभागी वडा अध्यक्षहरूले आफ्नो कार्यकालमा सम्पन्न भएका विकास निर्माण तथा जनसेवा सम्बन्धी कामको चर्चा गरेका थिए। उनीहरूले अपेक्षाअनुसार काम गर्न नसक्नुका कारण बजेट, प्रक्रिया तथा विभिन्न प्रशासनिक चुनौती रहेको उल्लेख गरे।

    त्यसैगरी प्रमुख प्रशासकीय अधिकृतका तर्फबाट बोल्दै राम बहादुर यादवले नगरको विकासका लागि आफू प्रतिबद्ध रहेको र स्थानीय तहमा देखिएको भ्रष्टाचार नियन्त्रणका लागि खुलेर लाग्ने बताएका थिए। पछिल्लो समय नगर प्रमुख र प्रशासकीय नेतृत्वबीच देखिएको असमझदारी तथा शक्ति सन्तुलनको विषयमा समेत कार्यक्रममा खुला छलफल भएको थियो।

    कार्यक्रमको अर्को विशेषता स्थानीय नागरिकको सक्रिय सहभागिता रह्यो। कार्यक्रममा उपस्थित सर्वसाधारणले स्थानीय तहमा देखिएका समस्या, सेवा प्रवाहको ढिलासुस्ती, विकास निर्माण, शिक्षा, स्वास्थ्य तथा रोजगारी सम्बन्धी प्रश्न आफ्ना जनप्रतिनिधिसमक्ष प्रत्यक्ष राखेका थिए। ती प्रश्नको जवाफ नगर प्रमुख, वडा अध्यक्ष तथा सम्बन्धित प्रतिनिधिहरूले दिएका थिए। कार्यक्रम सञ्चालन उमेश सुनारले गरेका थिए भने कार्यक्रमका प्रोड्युसर प्रतिक श्रेष्ठ रहेका थिए।

    न्युज एक्सप्रेसका सञ्चालक तथा कार्यक्रमको सम्पूर्ण जिम्मेवारी सम्हाल्दै आएकी मिना सिंहका अनुसार संवाद एक्सप्रेस को मुख्य उद्देश्य स्थानीय तहलाई अझ प्रभावकारी, पारदर्शी र जनमुखी बनाउनु हो। स्थानीय तहमा देखिएका समस्या जनतामाझ ल्याउने र समाधानका उपाय खोज्ने उद्देश्यले कार्यक्रम सञ्चालन गरिएको उनले बताइन्।

    • Kshireswornath Municipality
    • क्षीरेश्वरनाथ नगरपालिका
    मङ्गलबार, जेठ १२, २०८३ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    बेपत्ता व्यक्तिलाई १२ वर्षसम्म मृत मान्न नसक्ने कानुन गर्नुपर्ने देखियो: सभापति थापा
    यसरी भइरहेको छ पाँचवटा टनेलमा खोज तथा उद्धार
    ३ दिनमा काठमाडौँ भित्रियो ८८ हजार ग्यास सिलिन्डर
    साउदीलाई हराउँदै नेपाल एसीसी प्रिमियर कपको सेमिफाइनलमा
    गृहमन्त्रीले गरे जेनजी पार्क शिलान्यास
    रसुवामा हैजाविरुद्ध २१ हजार डोज खोप पठाइयो

    Facebook Page

    लोकप्रिय

    • १.
      रसुवा बाढीपीडितको साथमा फिटवेल : मनोज भारतीले गरे लाखौँको कपडा–जुत्ता सहयोग

    • २.
      प्राधिकरणले भन्यो: रसुवा बाढीका बेपत्ताहरूको संख्या यकिन गर्न मुस्किल छ

    • ३.
      मुख्य प्रभावितक्षेत्र टिमुरेमा ६० शव फेला

    • ४.
      बाढी प्रभावित क्षेत्रमा १२ ड्रोन र पाँच तालिम प्राप्त कुकुर प्रयोग

    • ५.
      करदाता प्रोत्साहन उपहार कार्यक्रम तत्काललाई स्थगित

    • ६.
      भोटेकोशी बाढी: मृत्यु हुनेको संख्या ९८७ पुग्यो, ३९ सय १६ जना सम्पर्कविहीन

    भर्खरै

    • १.
      बेपत्ता व्यक्तिलाई १२ वर्षसम्म मृत मान्न नसक्ने कानुन गर्नुपर्ने देखियो: सभापति थापा

    • २.
      यसरी भइरहेको छ पाँचवटा टनेलमा खोज तथा उद्धार

    • ३.
      तत्काल मनास्लु र लार्केपास यात्रा नगर्न प्रशासनको आग्रह

    • ४.
      ३ दिनमा काठमाडौँ भित्रियो ८८ हजार ग्यास सिलिन्डर

    • ५.
      साउदीलाई हराउँदै नेपाल एसीसी प्रिमियर कपको सेमिफाइनलमा

    • ६.
      गृहमन्त्रीले गरे जेनजी पार्क शिलान्यास

    • ७.
      जोहेइरी मोला बनिन् ‘मिस वर्ल्ड २०२६’

    • ८.
      रसुवामा हैजाविरुद्ध २१ हजार डोज खोप पठाइयो

    हाम्रो बारेमा

    www.newsexpressnepal.com

    सूचना विभाग दर्ता नं.
    ३७७२-२०७९/८०

    • X

    हाम्रो टीम

    अध्यक्ष
    मिलन सिंह

    ब्यबस्थापक

    साजन बि. क

    सम्पादक
    सुजन पाख्रिन
    संवाददाता    
    पिंकला कार्की

    संवाददाता 

    दिया कार्की

    Team Details

    सम्पर्क

    सम्पर्क
    ९८६९६८९६९१ /९८२१२५१६०२
    ठेगाना
    कोटेश्वर ३२
    ईमेल
    newsexpresstv078@gmail.com

    info.newsexpress09@gmail.com

    Marketing

    marketingnewsexpress@gmail.com

    Copyright ©2026 News Express Nepal | All rights Reserved.
     Website By :  nwTech.