रूपन्देही । दाङको तुलसीपुरमा एक किशोरीलाई ३ जनाले सामूहिक बलात्कार गरेको घटना सार्वजनिक भएको छ । केही समयदेखि प्रेम सम्बन्धमा रहेका युवकले प्रेमिकालाई बोलाएर सामूहिक बलात्कार गरेको घटना सार्वजनिक भएपछि प्रहरीले २ जना युवकलाई पक्राउ गरेको हो । एक जना फरार रहेका छन् ।
पक्राउ पर्नेमा तुलसीपुर उपमहानगरपालिका–१० बनगाउँ निवासी २४ वर्षका ओम चौधरी र २२ वर्षका सुमन भन्ने राजेन्द्र चौधरी रहेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ । फरार रहेका युवकको नाम भने प्रहरीले गोप्य राखेको छ ।
जेठ ५ गते राति ९ बजे प्रेमी भनिएका ओम चौधरीले १९ वर्षकी किशोरीलाई बोलाएर बलात्कार गरेको भन्दै इलाका प्रहरी कार्यालय तुलसीपुरमा जाहेरी दिएपछि भोलिपल्ट प्रहरीले दुवै जनालाई पक्राउ गरेको हो । घटनाको सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय दाङका एसपी दीपक श्रेष्ठले जानकारी दिए ।

