• समाचार
  • राजनीति
  • स्थानिय सरकार
  • मनोरञ्जन
  • स्वास्थ्य
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • खेलकुद
  • अन्तर्वार्ता
  • भिडियो
  • Unicode
  • थप
    • युवा उद्दमि
    • समाज
    • साहित्य
    • फिचर
    • अन्तराष्ट्रिय
    • प्रविधि
    • ePaper
×
शुक्रबार, कार्तिक २०, २०८३
    • समाचार
    • राजनीति
    • स्थानिय सरकार
    • मनोरञ्जन
    • स्वास्थ्य
    • प्रदेश
      • कोशी
      • मधेश
      • वाग्मती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • खेलकुद
    • अन्तर्वार्ता
    • भिडियो
    • Unicode
    • थप
      • युवा उद्दमि
      • समाज
      • साहित्य
      • फिचर
      • अन्तराष्ट्रिय
      • प्रविधि
      • ePaper

भर्खरै

१८२ सिट जित्दैमा अहंकार देखाउने छुट कसैलाई छैन :रबि लामिछाने !

पार्टीभन्दा देश जोगाउने कुरा फरक हुन्छ : बालेन

न्यायाधीश नियुक्ति विवाद : उजुरीकर्तासँग आज छलफल

टीआरसी ऐन कार्यान्वयनमा ढिलाइबारे संसदीय उपसमितिको निष्कर्ष

नेपाल लोकतान्त्रिक खेलकुद संघमा प्रधानको नेतृत्व

जनता जोगाउन बजेट दोस्रो कुरा हो, पहिलो प्राथमिकता सुरक्षा : रवि लामिछाने

एउटा क्यानले दिलायो बाइक र स्कुटर, म्याक्स टाइगरका विजेताले बुझ्न थाले पुरस्कार

लगानी सम्मेलनअघि कानुनी सुधारमा जुट्यो सरकार

समसामयिक राजनीतिक विषयमा छलफल गर्न कांग्रेस पदाधिकारी बैठक

लोकप्रिय समाचार

  • १. हामी नै स्टेट हौँ र मेरो इच्छा नै कानुन हो भन्ने भ्रम सरकारले नपाले हुन्छ : गगन थापा

  • २. गाँजा खेती खुला गर्ने कानुनी व्यवस्था बनाउन सर्वोच्चको आदेश

  • ३. पृथ्वी राजमार्ग सोमबार दिउँसो ३ घण्टा बन्द रहने

  • ४. आर्य फार्माले एनपीएलसँग तीन वर्षका लागि ‘स्वास्थ्य साझेदार’ सम्झौता

  • ५. मन्त्री साह र अष्ट्रेलियाली राजदूतबीच भेट, द्विपक्षीय सम्बन्धबारे छलफल

  • ६. ट्रक र मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको ज्यान गयो

  • ७. समसामयिक राजनीतिक विषयमा छलफल गर्न कांग्रेस पदाधिकारी बैठक

  • ८. अमेरिका–चीन सम्बन्ध सुधार्ने प्रयास, सैन्य हटलाइन प्रभावकारी बनाउने सहमति

  • ९. लगानी सम्मेलनअघि कानुनी सुधारमा जुट्यो सरकार

  • १०. राष्ट्रिय स्तरको प्रत्यायन केन्द्र स्थापना

मकवानपुरमा मदिरा सेवन गरी सवारी चलाउने विरुद्ध कडा अभियान सुरु


  •   सोमबार, जेठ ११, २०८३ मा प्रकाशित
  • हेटौंडा । जिल्ला प्रहरी कार्यालय मकवानपुर तथा जिल्ला ट्राफिक प्रहरी कार्यालय मकवानपुरले मदिरा सेवन गरी सवारी साधन चलाउने चालकहरू विरुद्ध कडा चेकिङ अभियान सुरु गरेको छ । बजार क्षेत्रसँगै राजमार्गमा समेत विशेष निगरानी बढाइएको प्रहरीले जनाएको हो ।

    Advertisement

    पछिल्लो समय मदिरा सेवनपछि सवारी चलाउँदा हुने दुर्घटनाको दर बढ्दै गएको र यसले सर्वसाधारणको ज्यानमा गम्भीर जोखिम सिर्जना गरिरहेको निष्कर्षपछि प्रहरीले अभियानलाई थप प्रभावकारी बनाएको हो ।

    अभियानअन्तर्गत राजमार्ग तथा व्यस्त सडक खण्डहरूमा गुड्ने बस, अटो, मयूरी, मोटरसाइकल, स्कुटरदेखि सरकारी सवारी साधनसम्म सबैलाई अनिवार्य रूपमा जाँच गरिएको छ । प्रहरीले कुनै पनि सवारीलाई छुट नदिई समान रूपमा चेकिङ गरिरहेको जनाएको छ । मदिरा सेवन गरेर सवारी चलाउने, तीव्र गतिमा गाडी कुदाउने तथा अनावश्यक ध्वनि प्रदूषण गर्ने चालकहरूलाई तत्काल नियन्त्रणमा लिएर कानुनी कारबाही अघि बढाइएको हो ।

    जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी उपरीक्षक (एसपी) श्यामबहादुर खत्रीले कानुनभन्दा माथि कोही पनि नरहेको स्पष्ट पार्दै नियम उल्लङ्घन गर्ने जोसुकैलाई कडाभन्दा कडा कारबाही गरिने बताए ।

    उनले भने, ‘चाहे सरकारी सवारी होस् वा निजी, सबैलाई एउटै नियम लागू हुन्छ । मदिरा सेवन गरी सवारी चलाउने र समाजमा अव्यवस्था सिर्जना गर्ने जोसुकैलाई पनि हामी कारबाही गर्छौं ।’

    प्रहरीका अनुसार विशेषगरी रातिको समयमा मदिरा सेवन गरी सवारी चलाउने प्रवृत्ति बढ्दै गएको छ, जसका कारण दुर्घटना, झगडा तथा अन्य आपराधिक गतिविधिहरू पनि बढ्ने गरेका छन् । यस्तो अवस्थालाई नियन्त्रण गर्न दैनिक रूपमा विभिन्न स्थानमा चेकिङ तीव्र पारिएको र आगामी दिनहरूमा अझ सशक्त बनाइने योजना रहेको छ ।

    यस अभियानलाई आजदेखि निरन्तर रूपमा लागू गरिएको र कुनै पनि हालतमा कमजोर नपारिने प्रहरीको भनाइ छ । प्रहरीले सबै चालकलाई जिम्मेवार भएर सवारी चलाउन, मदिरा सेवनपछि सवारी नचलाउन र ट्राफिक नियमको पूर्ण पालना गर्न आग्रह गरेको छ । साथै, सर्वसाधारणलाई सुरक्षित यात्राको लागि सचेत रहन र नियम उल्लङ्घन गर्नेहरूबारे जानकारी दिन समेत अनुरोध गरिएको छ ।

    सोमबार, जेठ ११, २०८३ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    पार्टीभन्दा देश जोगाउने कुरा फरक हुन्छ : बालेन
    न्यायाधीश नियुक्ति विवाद : उजुरीकर्तासँग आज छलफल
    टीआरसी ऐन कार्यान्वयनमा ढिलाइबारे संसदीय उपसमितिको निष्कर्ष
    नेपाल लोकतान्त्रिक खेलकुद संघमा प्रधानको नेतृत्व
    जनता जोगाउन बजेट दोस्रो कुरा हो, पहिलो प्राथमिकता सुरक्षा : रवि लामिछाने
    एउटा क्यानले दिलायो बाइक र स्कुटर, म्याक्स टाइगरका विजेताले बुझ्न थाले पुरस्कार

    Facebook Page

    लोकप्रिय

    • १.
      हामी नै स्टेट हौँ र मेरो इच्छा नै कानुन हो भन्ने भ्रम सरकारले नपाले हुन्छ : गगन थापा

    • २.
      गाँजा खेती खुला गर्ने कानुनी व्यवस्था बनाउन सर्वोच्चको आदेश

    • ३.
      पृथ्वी राजमार्ग सोमबार दिउँसो ३ घण्टा बन्द रहने

    • ४.
      आर्य फार्माले एनपीएलसँग तीन वर्षका लागि ‘स्वास्थ्य साझेदार’ सम्झौता

    • ५.
      मन्त्री साह र अष्ट्रेलियाली राजदूतबीच भेट, द्विपक्षीय सम्बन्धबारे छलफल

    • ६.
      ट्रक र मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको ज्यान गयो

    भर्खरै

    • १.
      १८२ सिट जित्दैमा अहंकार देखाउने छुट कसैलाई छैन :रबि लामिछाने !

    • २.
      पार्टीभन्दा देश जोगाउने कुरा फरक हुन्छ : बालेन

    • ३.
      न्यायाधीश नियुक्ति विवाद : उजुरीकर्तासँग आज छलफल

    • ४.
      टीआरसी ऐन कार्यान्वयनमा ढिलाइबारे संसदीय उपसमितिको निष्कर्ष

    • ५.
      नेपाल लोकतान्त्रिक खेलकुद संघमा प्रधानको नेतृत्व

    • ६.
      जनता जोगाउन बजेट दोस्रो कुरा हो, पहिलो प्राथमिकता सुरक्षा : रवि लामिछाने

    • ७.
      एउटा क्यानले दिलायो बाइक र स्कुटर, म्याक्स टाइगरका विजेताले बुझ्न थाले पुरस्कार

    • ८.
      लगानी सम्मेलनअघि कानुनी सुधारमा जुट्यो सरकार

    हाम्रो बारेमा

    www.newsexpressnepal.com

    सूचना विभाग दर्ता नं.
    ३७७२-२०७९/८०

    • X

    हाम्रो टीम

    अध्यक्ष
    मिलन सिंह

    ब्यबस्थापक

    साजन बि. क

    सम्पादक
    सुजन पाख्रिन
    संवाददाता    
    पिंकला कार्की

    संवाददाता 

    दिया कार्की

    Team Details

    सम्पर्क

    सम्पर्क
    ९८६९६८९६९१ /९८२१२५१६०२
    ठेगाना
    कोटेश्वर ३२
    ईमेल
    newsexpresstv078@gmail.com

    info.newsexpress09@gmail.com

    Marketing

    marketingnewsexpress@gmail.com

    Copyright ©2026 News Express Nepal | All rights Reserved.
     Website By :  nwTech.