• समाचार
  • राजनीति
  • स्थानिय सरकार
  • मनोरञ्जन
  • स्वास्थ्य
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • खेलकुद
  • अन्तर्वार्ता
  • भिडियो
  • Unicode
  • थप
    • युवा उद्दमि
    • समाज
    • साहित्य
    • फिचर
    • अन्तराष्ट्रिय
    • प्रविधि
    • ePaper
×
बिहिबार, साउन ०७, २०८३
    • समाचार
    • राजनीति
    • स्थानिय सरकार
    • मनोरञ्जन
    • स्वास्थ्य
    • प्रदेश
      • कोशी
      • मधेश
      • वाग्मती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • खेलकुद
    • अन्तर्वार्ता
    • भिडियो
    • Unicode
    • थप
      • युवा उद्दमि
      • समाज
      • साहित्य
      • फिचर
      • अन्तराष्ट्रिय
      • प्रविधि
      • ePaper

भर्खरै

विद्यार्थीहरूको तीव्र विरोध पछि प्रश्नपत्र चुहावटका मुद्दा चलाउन फास्ट ट्र्याक अदालत गठन गर्ने मोदीको घोषणा

आज अर्ग्यानिक संघसँग प्रधानमन्त्री वालेन्द्र शाहको छलफल

यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर

आन्दोलनमा उत्रिएका शैक्षिक परामर्श केन्द्रलाई वार्तामा बोलायो सरकारले

भोजाड सडक अन्धकारमा: सडकबत्ती नहुँदा नागरिक जोखिममा, सामाजिक सञ्जालमा अभियान सुरु

मन्त्रिपरिषद् बैठकका ६ निर्णय सार्वजनिक

मधेशबाट दाइजो प्रथा अन्त्यको राष्ट्रिय अभियान सुरु हुँदै, मन्त्री सीता बादी र उपसभामुखको घोषणा

यहाँ उपस्थितहरू दास र लास होइनन् भन्दै गगन थापालाई एनपी साउदको जवाफ

पटनामा विद्यार्थीको विरोध प्रदर्शन: प्रहरीद्वारा पानीको फोहरा र अश्रुग्यासको प्रयोग

लोकप्रिय समाचार

  • १. राष्ट्रिय परिचयपत्र नभए अब देखि पुराना बैंक खाता नचल्ने, असोजभित्र अनलाइन अपडेट गर्नु पर्ने

  • २. निर्दोष ठहरिएका डा. जितेन्द्र परियारलाई फेरि विवादमा तान्ने प्रयास? सिभिल अस्पतालको नियुक्ति रोक्ने प्रयास

  • ३. चितवनमा शिक्षामन्त्री सस्मित पोखरेललाई कालोझण्डा, कर फिर्ता गर्न माग गर्दै विद्यार्थीको प्रदर्शन

  • ४. शैक्षिक परामर्श नियमावलीमा सरकारलाई रास्वपाकै केन्द्रीय सदस्यको सुझाव, सभापतिसँग भट्टको गम्भीर छलफल

  • ५. सत्ताका लागि अब सिद्धान्तमा सम्झौता गर्दैनाैँ : गगन थापा

  • ६. भूमिहीनलाई जग्गा दिने प्रक्रिया अघि बढ्यो, सरकारले जारी गर्‍यो ३५ दिने सूचना

  • ७. जलन उपचार सेवामा सुधारको पहल, स्वास्थ्य मन्त्रालयले बनाउँदै नयाँ मापदण्ड

  • ८. सरकारविरुद्ध शैक्षिक परामर्श व्यवसायीको आन्दोलन, नियमावली खारेज गर्न माग

  • ९. सरकारविरुद्ध सडक र संसद् दुवैबाट उत्रिने ओलीको घोषणा !

  • १०. कर प्रणालीमा आबद्ध नागरिकलाई लखपति बनाउँदै सरकार

चार वर्षअघि नै बन्नुपर्ने स्वास्थ्य चौकी अझै अलपत्र, श्रमिकले पाएनन् ज्याला


  •   शुक्रबार, जेठ ०८, २०८३ मा प्रकाशित
  • रामेछाप । चार वर्षअघि नै निर्माण सम्पन्न हुनुपर्ने रामेछापको उमाकुण्ड गाउँपालिका–३ कुभुकास्थलीस्थित स्वास्थ्य चौकीको भवन निर्माणकार्य अझै अधुरो छ। निर्माण व्यवसायी र सम्बन्धित कार्यालयको लापरबाहीका कारण भवन निर्माण कार्य अलपत्र मात्र परेको छैन, कामदारहरूले पाँच वर्षदेखि आफ्नो पारिश्रमिकसमेत पाएका छैनन्।

    Advertisement

    ‘स्काइ विवश निर्माण’ नामक कम्पनीले ठेक्का लिएको सो भवन निर्माणमा खटिएका स्थानीयले १४ लाखभन्दा बढी ज्याला पाउन बाँकी रहेको स्थानीय कर्णबहादुर सुनुवारले बताए। उनका अनुसार, निर्माण व्यवसायीले फोनसमेत नउठाएर सम्पर्कविहीन बनेका छन्।

    भवन निर्माणको जग राख्ने बेलादेखि नै काम गरेका स्थानीय प्रसाद सुनुवारले आफ्नो पीडा पोख्दै भने, ‘भवनको जग राख्ने बेला काम गरेर चार वर्ष काठमाडौँ बसेर फर्किएँ, तर अझै न पैसा पाएको छु, न भवन निर्माणको काम नै सकिएको छ।’ उनी पुरानो रकम उठ्ने आशामा फेरि ६ महिनादेखि सोही भवन निर्माणमा खटिएका छन्, तर पैसा पाउने कुनै निश्चितता छैन। उनले थपे, ‘गाउँकै काम हो, खाली बस्नुभन्दा पैसा पाइन्छ कि भन्ने आशामा फेरि काम गर्न लागेको छु।’

    त्यस्तै, अर्का मजदुर केशव सुनुवारले पनि पटक-पटक पैसा पठाइदिने आश्वासन दिएर आफूहरूलाई काममा फसाइरहेको गुनासो गरे। मजदुरहरू बक्यौता रकम पाइने लोभमा काम गर्न बाध्य छन्। स्थानीय पवित्र कार्कीले निर्माण व्यवसायीको बदमासी र कार्यालयको फितलो अनुगमनका कारण काम अलपत्र परेको बताए। उनले भने, ‘समयमा काम नगर्ने व्यवसायी र बिल भुक्तानीमा ढिलासुस्ती गर्ने कार्यालय दुवै दोषी छन्।’

    यसैबीच, वाग्मती प्रदेशका स्वास्थ्यमन्त्री किरण थापा मगरले ठेक्का लिएर लामो समयसम्म काम नगर्ने तथा मजदुरलाई ठग्ने निर्माण व्यवसायीलाई कारबाहीको दायरामा ल्याइने बताएका छन्। उनले यस विषयमा प्रदेश स्वास्थ्य मन्त्रालयले आवश्यक प्रक्रिया अघि बढाउने जानकारी दिए।

    रामेछाप जिल्लामा २०७२ सालको भूकम्पले क्षति पुर्‍याएका सहित १९ वटा स्वास्थ्य संस्थाको भवन निर्माणको जिम्मा लिएको ‘स्काइ विवश निर्माण’ कम्पनीले काम अलपत्र पार्दा नागरिकलाई स्वास्थ्य सेवा प्रवाहमा कठिनाइ भइरहेको छ। तत्कालीन राष्ट्रिय पुनर्निर्माण प्राधिकरणबाट निर्माण सुरु गरिएका यी कुनै पनि भवन निर्माण सम्पन्न भएका छैनन्।

    सघन सहरी तथा भवन निर्माण आयोजना, रामेछापका अनुसार सो कम्पनीले १५ महिनामा काम सक्ने गरी २०७८ वैशाख ८ गतेबाट विभिन्न १९ वटा स्वास्थ्य संस्थाको भवन निर्माण थालेको थियो। पटक-पटक म्याद थप गर्दा पनि कम्पनीले काम सम्पन्न गरेको छैन। सो कम्पनीले ११ वटा स्वास्थ्य चौकी १९ करोड ३७ लाख ८७ हजार (भ्याट बाहेक) र ८ वटा स्वास्थ्य चौकी २० करोड ५२ लाख ४५ हजार रुपैयाँको लागतमा निर्माण गर्ने सम्झौता गरेको थियो।

    शुक्रबार, जेठ ०८, २०८३ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    आन्दोलनमा उत्रिएका शैक्षिक परामर्श केन्द्रलाई वार्तामा बोलायो सरकारले
    भोजाड सडक अन्धकारमा: सडकबत्ती नहुँदा नागरिक जोखिममा, सामाजिक सञ्जालमा अभियान सुरु
    मधेशबाट दाइजो प्रथा अन्त्यको राष्ट्रिय अभियान सुरु हुँदै, मन्त्री सीता बादी र उपसभामुखको घोषणा
    काठमाडौंबाट हटाइएका सुकुमबासी गृहजिल्ला पठाइँदै, स्थानीय तहसँग सम्पर्क गर्न आग्रह
    बालेन सरकारको नीतिमाथि बढ्दै चुनौती
    बीपीको आर्थिक दृष्टिकोण संरक्षण र राष्ट्रियकरणमा आधारित : गगन थापा

    Facebook Page

    लोकप्रिय

    • १.
      राष्ट्रिय परिचयपत्र नभए अब देखि पुराना बैंक खाता नचल्ने, असोजभित्र अनलाइन अपडेट गर्नु पर्ने

    • २.
      निर्दोष ठहरिएका डा. जितेन्द्र परियारलाई फेरि विवादमा तान्ने प्रयास? सिभिल अस्पतालको नियुक्ति रोक्ने प्रयास

    • ३.
      चितवनमा शिक्षामन्त्री सस्मित पोखरेललाई कालोझण्डा, कर फिर्ता गर्न माग गर्दै विद्यार्थीको प्रदर्शन

    • ४.
      शैक्षिक परामर्श नियमावलीमा सरकारलाई रास्वपाकै केन्द्रीय सदस्यको सुझाव, सभापतिसँग भट्टको गम्भीर छलफल

    • ५.
      सत्ताका लागि अब सिद्धान्तमा सम्झौता गर्दैनाैँ : गगन थापा

    • ६.
      भूमिहीनलाई जग्गा दिने प्रक्रिया अघि बढ्यो, सरकारले जारी गर्‍यो ३५ दिने सूचना

    भर्खरै

    • १.
      विद्यार्थीहरूको तीव्र विरोध पछि प्रश्नपत्र चुहावटका मुद्दा चलाउन फास्ट ट्र्याक अदालत गठन गर्ने मोदीको घोषणा

    • २.
      आज अर्ग्यानिक संघसँग प्रधानमन्त्री वालेन्द्र शाहको छलफल

    • ३.
      यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर

    • ४.
      आन्दोलनमा उत्रिएका शैक्षिक परामर्श केन्द्रलाई वार्तामा बोलायो सरकारले

    • ५.
      भोजाड सडक अन्धकारमा: सडकबत्ती नहुँदा नागरिक जोखिममा, सामाजिक सञ्जालमा अभियान सुरु

    • ६.
      मन्त्रिपरिषद् बैठकका ६ निर्णय सार्वजनिक

    • ७.
      मधेशबाट दाइजो प्रथा अन्त्यको राष्ट्रिय अभियान सुरु हुँदै, मन्त्री सीता बादी र उपसभामुखको घोषणा

    • ८.
      यहाँ उपस्थितहरू दास र लास होइनन् भन्दै गगन थापालाई एनपी साउदको जवाफ

    हाम्रो बारेमा

    www.newsexpressnepal.com

    सूचना विभाग दर्ता नं.
    ३७७२-२०७९/८०

    • X

    हाम्रो टीम

    अध्यक्ष
    मिलन सिंह

    ब्यबस्थापक

    साजन बि. क

    सम्पादक
    सुजन पाख्रिन
    संवाददाता    
    पिंकला कार्की

    संवाददाता 

    दिया कार्की

    Team Details

    सम्पर्क

    सम्पर्क
    ९८६९६८९६९१ /९८२१२५१६०२
    ठेगाना
    कोटेश्वर ३२
    ईमेल
    newsexpresstv078@gmail.com

    info.newsexpress09@gmail.com

    Marketing

    marketingnewsexpress@gmail.com

    Copyright ©2026 News Express Nepal | All rights Reserved.
     Website By :  nwTech.