• समाचार
  • राजनीति
  • स्थानिय सरकार
  • मनोरञ्जन
  • स्वास्थ्य
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • खेलकुद
  • अन्तर्वार्ता
  • भिडियो
  • Unicode
  • थप
    • युवा उद्दमि
    • समाज
    • साहित्य
    • फिचर
    • अन्तराष्ट्रिय
    • प्रविधि
    • ePaper
×
बिहिबार, साउन ०७, २०८३
    • समाचार
    • राजनीति
    • स्थानिय सरकार
    • मनोरञ्जन
    • स्वास्थ्य
    • प्रदेश
      • कोशी
      • मधेश
      • वाग्मती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • खेलकुद
    • अन्तर्वार्ता
    • भिडियो
    • Unicode
    • थप
      • युवा उद्दमि
      • समाज
      • साहित्य
      • फिचर
      • अन्तराष्ट्रिय
      • प्रविधि
      • ePaper

भर्खरै

गणतन्त्रका उपलब्धिमाथि योजनाबद्ध रूपमा झूटो प्रचार गरिएको प्रचण्डको आरोप

संविधान संशोधनका लागि सुझाव संकलन गर्दै नेकपा एमाले

लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृतको नियुक्तिका लागि आज अन्तर्वार्ता

बाढीपहिरोले सात जिल्लाका प्रमुख सडक अवरुद्ध

विद्यार्थीहरूको तीव्र विरोध पछि प्रश्नपत्र चुहावटका मुद्दा चलाउन फास्ट ट्र्याक अदालत गठन गर्ने मोदीको घोषणा

आज अर्ग्यानिक संघसँग प्रधानमन्त्री वालेन्द्र शाहको छलफल

यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर

आन्दोलनमा उत्रिएका शैक्षिक परामर्श केन्द्रलाई वार्तामा बोलायो सरकारले

भोजाड सडक अन्धकारमा: सडकबत्ती नहुँदा नागरिक जोखिममा, सामाजिक सञ्जालमा अभियान सुरु

लोकप्रिय समाचार

  • १. निर्दोष ठहरिएका डा. जितेन्द्र परियारलाई फेरि विवादमा तान्ने प्रयास? सिभिल अस्पतालको नियुक्ति रोक्ने प्रयास

  • २. चितवनमा शिक्षामन्त्री सस्मित पोखरेललाई कालोझण्डा, कर फिर्ता गर्न माग गर्दै विद्यार्थीको प्रदर्शन

  • ३. शैक्षिक परामर्श नियमावलीमा सरकारलाई रास्वपाकै केन्द्रीय सदस्यको सुझाव, सभापतिसँग भट्टको गम्भीर छलफल

  • ४. सत्ताका लागि अब सिद्धान्तमा सम्झौता गर्दैनाैँ : गगन थापा

  • ५. भूमिहीनलाई जग्गा दिने प्रक्रिया अघि बढ्यो, सरकारले जारी गर्‍यो ३५ दिने सूचना

  • ६. जलन उपचार सेवामा सुधारको पहल, स्वास्थ्य मन्त्रालयले बनाउँदै नयाँ मापदण्ड

  • ७. सरकारविरुद्ध शैक्षिक परामर्श व्यवसायीको आन्दोलन, नियमावली खारेज गर्न माग

  • ८. सरकारविरुद्ध सडक र संसद् दुवैबाट उत्रिने ओलीको घोषणा !

  • ९. कर प्रणालीमा आबद्ध नागरिकलाई लखपति बनाउँदै सरकार

  • १०. भोजाड सडक अन्धकारमा: सडकबत्ती नहुँदा नागरिक जोखिममा, सामाजिक सञ्जालमा अभियान सुरु

विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठकमा बजेट तर्जुमाका सम्बन्धमा मन्त्रालयहरुसँग छलफल


  •   मङ्गलबार, जेठ ०५, २०८३ मा प्रकाशित
  • काठमाडौं । राष्ट्रिय सभा अन्तर्गत रहेको विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठकमा आगामी आर्थिक वर्ष २०८३/०८४ को बजेट तर्जुमाका सम्बन्धमा मन्त्रालयहरुसँग छलफल गरिएको छ ।

    Advertisement

    मंगलबार बसेको समितिको बैठकमा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आगामी आर्थिक वर्षको बजेट मन्त्रालयलाई प्राप्त भएको ‘बजेट सिलिङ’ कै आधारमा तर्जुमा गरिरहेको जनाएको छ । .

    समितिको बैठकमा बोल्दै मन्त्रालयका सचिव विकास देवकोटाले सरकारका नीति तथा कार्यक्रम, शासकीय सुधारका सहकार्य सूची, राष्ट्रिय प्रतिबद्धता र सुशासन मार्गचित्रमा उल्लेख भएका स्वास्थ्यका विषयहरूलाई पहिलो प्राथमिकतामा राखेर बजेटको प्रस्ताव तयार पारिएको बताए ।
    उनले भने, ‘यो बजेट बनाउँदाखेरि सिलिङ प्राप्त भएको सिलिङकै आधारमा बनाइने गर्छ। सिलिङ बनाउँदाखेरि सरकारका प्राथमिकता के हुन् भनेर पहिलो प्राथमिकता त्यसलाई दिइने गर्छ। हामीले अहिले सरकारबाट प्राप्त भएको शासकीय सुधारका सहकार्य सूची, राष्ट्रिय प्रतिबद्धतामा आएका स्वास्थ्यका विषयहरू, सुशासन मार्गचित्रमा उल्लेख भएका स्वास्थ्यका विषयहरू र नीति कार्यक्रममा आएका स्वास्थ्यका विषयहरूलाई प्राथमिकतामा राखेर बजेट अहिले तर्जुमा गरेका छौँ, प्रस्ताव गरेका छौँ, भने पास भइसकेको छैन ।’

    सचिव देवकोटाका अनुसार विभिन्न स्थानीय तहमा अस्पताल निर्माणका योजनाहरू मन्द गतिमा भए पनि अहिलेसम्म ६०० बढी बनाउनुपर्ने मध्ये १०९ वटा आधारभूत अस्पतालहरूको निर्माण सम्पन्न भइसकेको छ । तर, कतिपय ठाउँमा जनसंख्या कम भएको र पायक नपर्ने स्थानमा अस्पतालहरू बनेको गुनासो सुनिएकाले अब रणनीति परिवर्तन गरिने बताए ।

    ‘अब पहिलो वर्ष जग्गा र पूर्वाधारको सुनिश्चितता गर्ने र दोस्रो वर्ष मात्र आयोजना अघि बढाउने गरी दुई चरणको मोडल प्रस्ताव गरिएको छ,’ उनले भने ।

    यस्तै, शिक्षा, विज्ञान तथा खेलकुद मन्त्रालयका सचिव चूडामणि पौडेलले सरकारले शिक्षा क्षेत्रको कुल बजेटको करिब ७० प्रतिशत हिस्सा स्थानीय तहमा वित्तिय हस्तान्तरण मार्फत पठाउने भएको बताए । पौडेलले आगामी आर्थिक वर्षको बजेट तर्जुमाका विषयमा जानकारी दिँदै कुल बजेटको ७० प्रतिशत स्थानीय तहमा, २ प्रतिशत प्रदेशमा र बाँकी २८ प्रतिशत संघमा रहने गरी बजेटको खाका तयार पारिएको बताएका छन्।
    पौडेलले विगतमा २ खर्ब १० अर्बको बजेट सिलिङ प्राप्त भए पनि यस वर्षको सुरुवाति बजेट गत वर्षको तुलनामा १ खर्बले कम देखिएको उल्लेख गरे। कुल राष्ट्रिय बजेटको प्रतिशतका हिसाबले शिक्षा क्षेत्रमा ११.११ प्रतिशत मात्र बजेट विनियोजन भएको र अर्थ मन्त्रालयबाट अन्तिम रूप पाउँदा यसको आकारमा केही परिवर्तन हुन सक्ने उनको भनाइ छ।

    ‘विगत अलिकति अगाडिसम्म शिक्षा तथा विज्ञान प्रविधि मन्त्रालय छकककदाखेरि हामीलाई २ खर्ब १० अर्बको बजेट सिलिङ प्राप्त भएको थियो। अघि हाम्रो समितिको सचिवले पनि गत वर्ष दिएको भन्दा अझै १ खर्ब त यो वर्ष त्यसै पनि सुरुवाती बजेटको कम रहेको अवस्था देखिन्छ,’ उनले भने, ‘विशेषगरी शिक्षकको तलब, भत्ता, बालविकासदेखि लिएर विद्यालय कर्मचारीहरू, छात्रवृत्तिको सम्बन्धमा, त्यस्तै पछि दिवा खाजा भयो, स्यानिटरी प्याड, टेक्स्टबुक लगायत सबै अनिवार्य दायित्वमै ठुलो एमाउन्ट, ह्युज एमाउन्ट देखिन्छ सबभन्दा धेरै बजेट भएको मन्त्रालय हामी देखिन्छौँ। तर लक्ष्य प्राप्ति गर्ने सन्दर्भमा अनिवार्य दायित्वमै हाम्रो बढी खर्च हुने अवस्था देखिन्छ।’

    मङ्गलबार, जेठ ०५, २०८३ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    बालेन सरकारको नीतिमाथि बढ्दै चुनौती
    बीपीको आर्थिक दृष्टिकोण संरक्षण र राष्ट्रियकरणमा आधारित : गगन थापा
    समस्याग्रस्त सहकारीका १२५ जना बचतकर्ताको रकम फिर्ता !
    सांसदहरूलाई रास्वपाको निर्देशन : निर्वाचन क्षेत्रमा जाँदा पार्टीसँग समन्वय गर्नू
    स्वास्थ्य–शिक्षाको ३% समता कर फिर्ता, जनताको विश्वास र अपेक्षाअनुसार सरकार चल्छ: प्रधानमन्त्री
    कीर्तिपुरमा पार्किङ गरेर राखिएको कारमा अचानक आगलागी,भित्र भेटियो एक जना पुरुषको शव

    Facebook Page

    लोकप्रिय

    • १.
      निर्दोष ठहरिएका डा. जितेन्द्र परियारलाई फेरि विवादमा तान्ने प्रयास? सिभिल अस्पतालको नियुक्ति रोक्ने प्रयास

    • २.
      चितवनमा शिक्षामन्त्री सस्मित पोखरेललाई कालोझण्डा, कर फिर्ता गर्न माग गर्दै विद्यार्थीको प्रदर्शन

    • ३.
      शैक्षिक परामर्श नियमावलीमा सरकारलाई रास्वपाकै केन्द्रीय सदस्यको सुझाव, सभापतिसँग भट्टको गम्भीर छलफल

    • ४.
      सत्ताका लागि अब सिद्धान्तमा सम्झौता गर्दैनाैँ : गगन थापा

    • ५.
      भूमिहीनलाई जग्गा दिने प्रक्रिया अघि बढ्यो, सरकारले जारी गर्‍यो ३५ दिने सूचना

    • ६.
      जलन उपचार सेवामा सुधारको पहल, स्वास्थ्य मन्त्रालयले बनाउँदै नयाँ मापदण्ड

    भर्खरै

    • १.
      गणतन्त्रका उपलब्धिमाथि योजनाबद्ध रूपमा झूटो प्रचार गरिएको प्रचण्डको आरोप

    • २.
      संविधान संशोधनका लागि सुझाव संकलन गर्दै नेकपा एमाले

    • ३.
      लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृतको नियुक्तिका लागि आज अन्तर्वार्ता

    • ४.
      बाढीपहिरोले सात जिल्लाका प्रमुख सडक अवरुद्ध

    • ५.
      विद्यार्थीहरूको तीव्र विरोध पछि प्रश्नपत्र चुहावटका मुद्दा चलाउन फास्ट ट्र्याक अदालत गठन गर्ने मोदीको घोषणा

    • ६.
      आज अर्ग्यानिक संघसँग प्रधानमन्त्री वालेन्द्र शाहको छलफल

    • ७.
      यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर

    • ८.
      आन्दोलनमा उत्रिएका शैक्षिक परामर्श केन्द्रलाई वार्तामा बोलायो सरकारले

    हाम्रो बारेमा

    www.newsexpressnepal.com

    सूचना विभाग दर्ता नं.
    ३७७२-२०७९/८०

    • X

    हाम्रो टीम

    अध्यक्ष
    मिलन सिंह

    ब्यबस्थापक

    साजन बि. क

    सम्पादक
    सुजन पाख्रिन
    संवाददाता    
    पिंकला कार्की

    संवाददाता 

    दिया कार्की

    Team Details

    सम्पर्क

    सम्पर्क
    ९८६९६८९६९१ /९८२१२५१६०२
    ठेगाना
    कोटेश्वर ३२
    ईमेल
    newsexpresstv078@gmail.com

    info.newsexpress09@gmail.com

    Marketing

    marketingnewsexpress@gmail.com

    Copyright ©2026 News Express Nepal | All rights Reserved.
     Website By :  nwTech.