• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • स्वास्थ्य
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • भिडियो
  • साहित्य
  • Unicode
  • ePaper
×
सोमबार, जेठ ११, २०८३
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • स्वास्थ्य
    • प्रदेश
      • कोशी
      • मधेश
      • वाग्मती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • भिडियो
    • साहित्य
    • Unicode
    • ePaper

भर्खरै

दुर्गा प्रसाईंविरुद्ध पर्सामा अदालतमा मुद्दा दर्ता

होर्मुज जलमार्गमा इरानको कडा निगरानी, २४ घण्टामा ३३ जहाजलाई मात्र अनुमति

काठमाडौं टुँडिखेललाई ‘घाँसे मैदान’ बनाउने कार्य सुरु

भासिँदै मेची राजमार्ग : राजदुवाली खण्डमा सुरुङ सिपेजको आशंका, कारण अझै अनिश्चित

एक किशोरीलाई ३ जनाले गरे सामुहिक बलात्कार,२ पक्राउ परेपनि १ जना अझै फरार

अत्यधिक गर्मीका कारण कञ्चनपुरका दुई नगरपालिकामा एक हप्ताका लागि विद्यालय बन्द

सबैला नगरपालिकामा ‘संवाद एक्सप्रेस’ सम्पन्न, विकास, शिक्षा र स्वास्थ्यका मुद्दामा व्यापक बहस

रवि लामिछाने केही सांसदसहित भारत जाने, उच्चस्तरीय राजनीतिक भेटघाट हुने

मिथिला बिहारी नगरपालिकामा सार्वजनिक सुनुवाइसँगै ‘संवाद एक्सप्रेस’ कार्यक्रम सम्पन्न

लोकप्रिय समाचार

  • १. आजको मौसम : यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना

  • २. आजको मौसम : यी पाँच प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना

  • ३. पप्पु कन्ट्रक्सनका सञ्चालक सुमित रौनियारविरुद्ध पक्राउ पुर्जी जारी

  • ४. मिथिला बिहारी नगरपालिकामा सार्वजनिक सुनुवाइसँगै ‘संवाद एक्सप्रेस’ कार्यक्रम सम्पन्न

  • ५. सर्लाहीमा पत्रकारलाई धम्कि दिएको आरोपमा एक जना चिकित्सक पक्राउ

  • ६. उपेक्षामा बाजुरका पर्यटकीय गन्तब्य : राज्यको नजर कहिले पुग्ने?

  • ७. प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ कार्यसूची

  • ८. मापदण्ड नपुगेका अस्पताललाई कडा कारबाही गर्न सांसद ढकालको माग

  • ९. सरकारले गरिब होइन, गरिबी भगाउने नीति लिनुपर्छः सांसद विष्णुमाया बिक

  • १०. बागमती प्रदेशको आर्थिक वृद्धि सबैभन्दा उच्च

उपेक्षामा बाजुरका पर्यटकीय गन्तब्य : राज्यको नजर कहिले पुग्ने?


  •   मङ्गलबार, जेठ ०५, २०८३ मा प्रकाशित
  • बाजुरा । प्राकृतिक सौन्दर्यताले भरिपूर्ण छ बाजुरा । धार्मिक तथा प्राकृतिक रुपले अझै अलौकिक छ । यहाँका सुन्दर र रमणिय दृश्यले कसैका आँखा थाक्दैनन् ।

    Advertisement

    मानव जातिका लागि अमूल्य प्रकृतिका वरदान जो निकै अद्भूत र अकल्पनीय छन् । सेताम्य हिउँको तन्नामा सुतेका हिमाल, कलकल बग्ने खहरे खोला, हरियाली वनजंगल, बेँसीफाँटले बाजुराको प्रष्ट परिचय दिन्छ ।

    यहाँको प्राकृतिक सुन्दरता र स्वच्छतामा अलौकिक छ । प्रकृतिले प्रेमिकालाई जतन गरेजस्तैः यहाँको सुन्दर र रमणीय पर्यटन क्षेत्र, पहाडै पहाडको शहर, अनेकौं धार्मिक तथा पर्यटकीय स्थलले पहाडभित्र लुकेको अर्काे नयाँ संसारको रुपमा परिचित छन् ।
    यहाँ रहेका मनोरम हिमशृङ्खला, धार्मिक स्थल, लेकाली भू–भाग, दुर्लभ संस्कृतिहरू तथा प्राकृतिक सौन्दर्यले आन्तरिक तथा बाह्य पर्यटकलाई आकर्षित गर्ने ठूलो सम्भावना बोकेका छन् ।

    बडीमालिका, बुढिनन्दा ताल, रानीसैन, नाटेश्वरी मन्दिर, छेडेदह ताल, कालाजग्रा–पोरखेगढी, विरेखोला, किम्नी झरना, खप्तड क्षेत्रलगायत हजारौं प्रचुर सम्भावना बोकेका धार्मिक तथा पर्यटकीय क्षेत्र छन् । अथाह सम्भावना भएपनि बाजुरा ‘माल पाएर नि चाल नपाएको’ जिल्ला जस्तै बनेको छ ।

    पर्यटन व्यवसायीहरूले यहाँका पर्यटकीय स्थललाई अन्तर्राष्ट्रिय स्तरमा थप प्रवद्र्धन गर्न पूर्वाधार, सुरक्षित यात्रा र पर्यटकमैत्री सेवा विस्तार गर्न आवश्यक रहेको बताएका छन् । प्राकृतिक र सांस्कृतिक सम्पदाले भरिएको बाजुरा नेपालको पर्यटन क्षेत्रको महत्वपूर्ण आधारका रूपमा स्थापित हुँदै गएको छ ।

    अथाह सम्भावना बोकेका धार्मिक तथा पर्यटकीय क्षेत्रको उजागर गर्न आवश्यक रहेको वाईल्ड बाजुराका सञ्चालक पर्यटक पथप्रर्दशक (गाइड) मनोज रेग्मीले बताए । उनले पर्यटकीय क्षेत्रमा भौतिक पूर्वाधार,सडक सञ्जाल, बासस्थानको व्यवस्थाका साथै आन्तरिक तथा वाह्य पर्यटक भित्र्याउन आवश्यक रहेको बताए ।

    ‘स्थानीय नागरिक, सरोकारवाला निकाय र स्थानीय तह जागरुक भएको खण्डमा पर्यटकीय क्षेत्रको उजागर गरि आर्थिक उपार्जनमा टेवा पुर्याउन सकिन्छ,’ उनले भने,‘बाजुरा जस्तो अथाह सम्भावना बोकेको जिल्ला अझै पर्यटन,प्रबद्र्धन,पूर्वाधारका हिसाबले पछाडी परेको छ। यहाँ राज्यको समेत नजर पर्न आवश्यक छ ।’

    प्रमुख जिल्ला अधिकारी डोरेन्द्र निरौलाले पर्यटकीय सम्भावना निकै लोभलाग्दो रहेको बताउँदै सडक सञ्जाल,आवश्यक भौतिक पूर्वाधार,पदमार्ग निर्माणमा काम गर्न सकेको खण्डमा थुप्रै सम्भावनाहरुको उजागर गर्न सकिने बताए ।

    माल पाएर पनि चाल नपाउँदा

    नौं वटा स्थानीय तह रहेको बाजुरामा पर्यटन प्रबद्र्धन र संरक्षणमा अभावमा ओझेलमै परेका छन् । सरकारले सन् २०२३ देखि २०३३ को अवधिलाई पर्यटन दशक मनाउने घोषणा गरेको छ । जसमा बडिमालिका क्षेत्र मात्रै समेटिएको छ ।
    तर यहाँ अनेकौं सम्भावना बोकेका धार्मिक तथा पर्यटकीय क्षेत्र छन् । तिनीहरुको प्रचार न्यून छ । बडीमालिकालाई ‘स्वीजरल्याण्डको बाउ’ भनेर प्रधानमन्त्री बालेन शाहले सम्बोधन गरे पश्चात् झनै चर्चामा आएको छ ।
    पछिल्लो समय बडीमालिका लगायत अन्य धार्मिक तथा पर्यटकीय क्षेत्रमा पर्यटकको आकर्षण बढ्दै गएको पथ पर्दशक (गाईड) नर बहादुर रावलले बताए।

    उनले बालेन शाहको एक शब्दले बडीमालिका विश्वभर चिनिएको बताउँदै बडीमालिका संगै अन्य पर्यटकीय क्षेत्रमा दिन प्रतिदिन पर्यटकको संख्यामा बृद्धि हुदैँ गएको जानकारी दिए ।
    घुम्न आउने पर्यटकलाई सहज पैदल मार्ग, पानी र शौचालयको अभाव, धर्मशाला र बासस्थानको कमीले समस्या हुने गरेको उनको भनाई छ ।
    पर्यटन क्षेत्रको संरक्षण र प्रवद्र्धनका लागी स्थानीय तहले सक्रिय रुपमा पर्यटन, प्रबद्र्धन सम्बन्धी कार्यक्रम सञ्चालन गरि अघि बढ्नुपर्ने स्थानीय गणेशराज तिमिल्सेनाले बताए।
    उनले स्थानीय सरकारले संघ र प्रदेश सरकारलाई हारगुहार गरेर भए पनि पर्यटकिय क्षेत्रको विकासमा लाग्नुपर्नेमा जोड दिए।
    मानव विकास सुचकाङ्कको पुछारमा अर्थात् ७७ औं स्थानमा रहेको जिल्ला बाजुराले सम्भावनाको सदुपयोग गर्दै फाइदा भने लिन सकेको छैन्।

    यहाँका सम्भावनायुक्त क्षेत्रलाई राज्यले आफ्नो स्वामित्वमा लिएर संरक्षण क्षेत्र तथा समिति नै बनाएर र व्यवस्थित गर्न तथा यसको सम्वद्र्धनका लागि राज्यको ध्यान गएको खण्डमा बाजुरालाई पर्यटकीय क्षेत्रबाटै धनी बनाउन सकिने अथाह सम्भावना रहेको छ।
    अथाह धार्मिक तथा प्राकृतिक सम्पदाले धनी बाजुराका सम्भावनायुक्त क्षेत्रको उजागर गर्न यहाँका स्थानीय तहहरूले योजनाबद्ध रूपमा काम गर्न सके पर्यटन क्षेत्र नै आर्थिक समृद्धिको बलियो आधार बन्न सक्ने देखिन्छ ।

    यहाँका स्थानीय तहले परिणाममुखी काम भने गर्न सकेका छैनन्। अथाह सम्भावना बोकेका ‘पर्यटकीय क्षेत्र छन्,तर पर्यटक छैनन्’ भन्ने तितो सत्य यथार्थ जस्तैः बनेको छ।

    बाजुराका धार्मिक तथा पर्यटकीय स्थल,सरकारको मुख्य चासो र प्राथामिकतामा नपर्दा यी क्षेत्रहरुको उजागर हुन नसकेको जिल्ला समन्वय समिति बाजुराका प्रमुख तुलसीराम रोकायाले बताए।

    उनले भने,‘बाजुरा राज्यको नजरबाट टाढा छ।सुदूर साच्चिकै दुर नै हो। पर्याप्त स्रोतको उपलब्धता भए पनि साधनको अभाव छ।राज्यको नजर नपर्नु दुर्भाग्यको कुरा हो।’

    स्थानीय तहहरुले आन्तरिक रुपमा नीति तथा कार्यक्रममा पर्यटनसंग सम्बन्धित पदमार्ग निर्माण, भौतिक पूर्वाधारको विकास,सडक सञ्जाललगायतका कुराहरुलाई समेटेर सबै स्थानीय तहहरु सक्रिय रुपमा अघि बढेको बडीमालिका नगरपालिकाका नगर प्रमुख अमर बहादुर खड्काले दाबी गरे ।

    उनले जिल्लाभित्रका धार्मिक तथा पर्यटकीय क्षेत्रको विकासमा स्थानीय,प्रदेश र संघ सरकारले साझा योजना र प्रतिबद्दताका साथ अघि बढ्नुपर्नेमा जोड दिए।

    त्यस्तै बडीमालिका नगरपालिका वडा.नम्बर ७ का अध्यक्ष तथा नगर प्रवक्ता धर्मराज पाध्यायले प्रकृतिले वरदान स्वरुप प्रदान गरेका पर्यटकीय क्षेत्रको विकासमा राज्यको नजर अति आवश्यक रहेको जोड दिए।

    बाजुरामा धेरै पर्यटकीय क्षेत्र भएपनि घुम्न आउने पर्यटकको संख्या कम हुनुमा सरकारी वेवास्ता, स्थानीय सरकारको कमजोरी,नागरिकमा जनचाँसोको कमीले पर्यटकीय क्षेत्रहरु संकटमा परेको बताइन्छ ।

    बडीमालिका
    धार्मिक तथा पर्यटकीय महत्व बोकेको बडीमालिका समुद्री सतहबाट ४ हजार २ सय १९ मिटर उचाइमा रहेको छ ।पर्यटकीय सम्भावना बोकेका २२ पाटन, त्रिवेणी, नाटेश्वरी बडीमालिकाका धरोहरका रूपमा परिचित छन्।धर्तीको भू–स्वर्गको रुपमा बडीमालिका परिचित छ ।
    ‘स्विजटरल्याण्डको बाउ ’को संज्ञा दिएसंगै अहिले यहाँ आन्तरिक तथा वाह्य पर्यटकको संख्या बढेको छ।धार्मिक आस्थाको धरोहर बडीमालिकामा हरेक बर्ष साउन शुक्ल चदुर्दशीका दिन मेला लाग्ने गर्छ ।
    बडीमालिका पूजाका लागि डोटीबाट डोल,जुम्लाको चन्दनाथ मन्दिर र कालीकोटबाट सरकारी पूजा टोली बाजुरा पुगाइ सरकारी पूजा टोली बाजागाजाका साथ बडीमालिका लैजाने प्रचलन रहि आएको छ।बडीमालिका स्वर्ग भित्रको अर्काे नयाँ संसारको रुपमा समेत परिचित छ।

    बुढिनन्दा ताल
    धार्मिक तथा पर्यटकीय स्थल बुढिनन्दा दिव्य भूमि हो।प्रशिद्ध धार्मिक तथा ऐतिहासिक बुढीनन्दा तीर्थस्थल धार्मिक,पर्यटकीय, पौराणीक र ऐतिहासिक रुपमा महत्वपूर्ण मानिन्छ ।
    बुढीनन्दत बुढी भनेको जेठो, नन्दा भनेको अविवाहित कन्या भन्ने अर्थ लाग्दछ । नौ माईदेवी भगवती मध्ये बुढीनन्दा माई भगवती जेठी हुन भन्ने भनाई रहेको छ । देवीको पनि देवी र अविवाहित भएकाले बुढीनन्दा माई भनिएको धार्मिक विश्वास छ।

    सतीदेवीको खुट्टाको बुढीऔंला खसेकोले बुढीनन्दा माईको अवतार भएको भनाई छ ।मुख्य तालको उचाइ ४ हजार ५ सय ८१ मिटर उचाइमा रहेको यो ताल तिलिचो पछिको दोस्रो अग्लो स्थानमा रेहको ताल मानिदै आएको छ ।
    धार्मिक तथा जिल्लामा प्राकृतिक सौन्दर्य र धार्मिक महत्व बोकेका बुढिनन्दाको पनि कैलाश ताल, राक्षस ताल, त्रिबेणी ताल, दउने ताल लगाएतका तालहरु छन्।
    १० महिना सेतो हिँउको घुम्टोमा बुढिनन्दा ढाकिन्छ।यसलाई पहाडै पहाडको शहर समेत भनेर चिनिन्छ।

    रानीसैन
    रानीसैन पर्यटकीय विकासका हिसावले प्रचुर सम्भावना बोकेको क्षेत्र हो। सुन्दरताले भरिएको यहाँ सुन्दर मनमोहक दृश्य देख्न सकिन्छ। हिमाली गाउँपालिकाको वडा नम्बर ३ मा रानिसैन पर्यटकीय क्षेत्र रहेकोे छ । स्वर्ग जस्तै सुन्दर हिमाल र हिमतालहरू भएका कारणले रानीसैन प्रख्यात छ ।

    रानिसैन समुद्री सतहबाट ३ हजार ५ सय ७८ मिटरको उचाइमा रहेको छ। हेर्दा चारैतिर प्रकृतिले टपक्कै फुर्सदमा कोरेको ठाउँ जस्तै देखिन्छ । रानीसैन पाटन र हिमताल साथै सानातिनादेखि ठुला खालका झरनाहरु अवलोकनसहित रमाउन सकिन्छ।
    फेदीमा ३ हजार ५ सय ७८ मिटरको उचाइमा हिमताल छ। जुन ठाउँबाट दिउँसो सैपाल हिमालबाट खस्ने हिउँ पहिरोको गड्याङ गुडुङ आवाजले रक स्टारले बजाएको गीतको धुन जस्तै सुन्न सकिन्छ । पर्यटकीय क्षेत्र नजिकै जडिबुटीको भण्डार, बुकी, घाँस लगायतका चिजबिज पाइने गरेका छन्।

    बार्जुकोट दरवार
    बूढीगङ्गा नगरपालिका वडा.नम्बर ४ कोटमा रहेको बार्जुकोट दरबार अहिले भग्नावशेषका रुपमा मात्रै छ । दश वर्षे जनयुद्ध शुरु भएको समयमा तत्कालीन नेपाल कम्युनिष्ट पार्टी (माओवादी) का कार्यकर्ताले दरबार आगजनी गरेको बर्षाै वितिसक्दा पनि पुनःनिर्माण हुन सकेको छैन्।

    धार्मिक, ऐतिहासिक र पुरातात्त्विक महत्त्व बोकेको दरबार करिब २६ बर्षदेखि पुनः निर्माणको पर्खाईमा छ। बार्जुकोट दरबारलाई पुनःनिर्माण गरी पर्यटकीय रुपमा प्रचारप्रसार गर्न सकेको खण्डमा दरबारको संरक्षण र प्रवद्र्धन हुने देखिन्छ ।
    बाइसे चौबिसे राज्य हुँदा उक्त दरबारका राजाले सो क्षेत्रको जनतामा शासन चलाउँदै आएको बुढापाखाहरुले बताउने गरेका छन्। त्यस्तै कुँडीको दरबार समेत जीर्ण बनेको छ । बार्जकोट दरबारले उक्त क्षेत्रमा राज्य सञ्चालन गर्न बनाएको दरबार अहिले संरक्षणको अभावका कारण जीर्ण अवस्था पुगेको हो।

    पादुका त्रिवेणी धाम
    पादुका त्रिवेणी धाम बाजुराको बुढीनन्दा नगरपालिका वडा.नम्बर १ मा रहेको धार्मिक आस्थाको धरोहर हो । जहाँ बर्षेनी धार्मिक कार्य, पूजापाठ, विवाह, ब्रतबन्ध लगायतका कामहरु हुने गर्छन् । पादुका त्रिवेणी धामले एक ऐतिहासिक महत्व बोकेको छ ।
    सतिदेविको पाउ पतनसंगै प्राचिन कालमा पाण्डवले बनाएको मन्दिर यहाँ छ । बुढिनन्दा, बडीमालिका र शिम्बुनाथको अन्तर स्तुपा भएको ठाउँ, मानसरोवर बडीमालिका, बुढिनन्दाबाट आउने तीनवटा नदीको पनि संगम स्थल भएकाले यसलाई पादुका त्रिवेणी धाम भनिएको हो ।

    पादुका त्रिवेणीधाम सतिदेविको पाउ पतन भएपछि यसको उद्गम भएको हो ।पादुका तीन नदीको संगम भएको ठाउँ,अन्य धार्मिक स्थलका अन्तर स्तुपा भएको हुनाले यसलाई चिनिने गरिएको छ । यीनै ऐतिहासिक महत्त्वका कारण पादुका त्रिवेणी धाम चिनिएको छ।यसको ऐतिहासिक रूपमा ५ हजार १ सय ४० वर्ष पुरानो मन्दिर मानिन्छ ।

    त्यस्तै जिल्लामा अन्य विभिन्न धार्मिक तथा पर्यटकीय क्षेत्र नाटेश्वरी, छेडेदह ताल,कालाजग्रा–पोरखेगढी,तलीगोठी,स्वामिकार्तिक,वडालेक,जिउलेखी मस्टो,रानिहंसिरे,पाण्डवगुफा,किम्नीछडा,विरेखोला,कालेगाड,नौमुल,कर्णाली,बुढीगंगा लगायत प्रचुर सम्भावना बोकेका विभिन्न धार्मिक तथा पर्यटकीय स्थलहरु छन् ।

    मङ्गलबार, जेठ ०५, २०८३ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    दुर्गा प्रसाईंविरुद्ध पर्सामा अदालतमा मुद्दा दर्ता
    होर्मुज जलमार्गमा इरानको कडा निगरानी, २४ घण्टामा ३३ जहाजलाई मात्र अनुमति
    काठमाडौं टुँडिखेललाई ‘घाँसे मैदान’ बनाउने कार्य सुरु
    भासिँदै मेची राजमार्ग : राजदुवाली खण्डमा सुरुङ सिपेजको आशंका, कारण अझै अनिश्चित
    एक किशोरीलाई ३ जनाले गरे सामुहिक बलात्कार,२ पक्राउ परेपनि १ जना अझै फरार
    अत्यधिक गर्मीका कारण कञ्चनपुरका दुई नगरपालिकामा एक हप्ताका लागि विद्यालय बन्द

    Facebook Page

    लोकप्रिय

    • १.
      आजको मौसम : यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना

    • २.
      आजको मौसम : यी पाँच प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना

    • ३.
      पप्पु कन्ट्रक्सनका सञ्चालक सुमित रौनियारविरुद्ध पक्राउ पुर्जी जारी

    • ४.
      मिथिला बिहारी नगरपालिकामा सार्वजनिक सुनुवाइसँगै ‘संवाद एक्सप्रेस’ कार्यक्रम सम्पन्न

    • ५.
      सर्लाहीमा पत्रकारलाई धम्कि दिएको आरोपमा एक जना चिकित्सक पक्राउ

    • ६.
      उपेक्षामा बाजुरका पर्यटकीय गन्तब्य : राज्यको नजर कहिले पुग्ने?

    भर्खरै

    • १.
      दुर्गा प्रसाईंविरुद्ध पर्सामा अदालतमा मुद्दा दर्ता

    • २.
      होर्मुज जलमार्गमा इरानको कडा निगरानी, २४ घण्टामा ३३ जहाजलाई मात्र अनुमति

    • ३.
      काठमाडौं टुँडिखेललाई ‘घाँसे मैदान’ बनाउने कार्य सुरु

    • ४.
      भासिँदै मेची राजमार्ग : राजदुवाली खण्डमा सुरुङ सिपेजको आशंका, कारण अझै अनिश्चित

    • ५.
      एक किशोरीलाई ३ जनाले गरे सामुहिक बलात्कार,२ पक्राउ परेपनि १ जना अझै फरार

    • ६.
      अत्यधिक गर्मीका कारण कञ्चनपुरका दुई नगरपालिकामा एक हप्ताका लागि विद्यालय बन्द

    • ७.
      सबैला नगरपालिकामा ‘संवाद एक्सप्रेस’ सम्पन्न, विकास, शिक्षा र स्वास्थ्यका मुद्दामा व्यापक बहस

    • ८.
      रवि लामिछाने केही सांसदसहित भारत जाने, उच्चस्तरीय राजनीतिक भेटघाट हुने

    हाम्रो बारेमा

    www.newsexpressnepal.com

    सूचना विभाग दर्ता नं.
    ३७७२-२०७९/८०

    • X

    हाम्रो टीम

    अध्यक्ष
    मिलन सिं परियार

    प्रबन्ध निर्देशक
    जिवन कुमार अधिकारी

    ब्यबस्थापक

    साजन बि. क

    सम्पादक
    सुजन पाख्रिन
    संवाददाता    
    पिंकला कार्की

    संवाददाता 

    दिया कार्की

    Team Details

    सम्पर्क

    सम्पर्क
    ९८६९६८९६९१ /९८२१२५१६०२
    ठेगाना
    कोटेश्वर ३२
    ईमेल
    newsexpresstv078@gmail.com

    info.newsexpress09@gmail.com

    Marketing

    marketingnewsexpress@gmail.com

    Copyright ©2026 News Express Nepal | All rights Reserved.
     Website By :  nwTech.