काठमाण्डौ। नख्खु कारागार काठमाडौंबाट भागेका एक कैदीलाई बैतडी प्रहरीले पक्राउ गरेको छ । बैतडीको पुर्चौडी नगरपालिका–७ काफलीका ४७ वर्षीय नरेन्द्रसिंह रतोकीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता, प्रहरी निरीक्षक बलदेव बडूले जानकारी दिए ।
इलाका प्रहरी कार्यालय पाटनका इन्चार्ज, प्रहरी निरीक्षक इन्द्रराज भट्टको कमाण्डमा खटिएको प्रहरी टोलीले आज बिहान २:५० बजे घरबाटै नियन्त्रणमा लिएको बताइएको छ। रतोकी गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनको क्रममा नख्खु कारागारबाट भागेका थिए । उनलाई जबर्जस्ती करणी र डाँकाचोरी मुद्दामा १७ वर्ष छ महिना कैद सुनाइएको थियो । पक्राउ परेका रतोकीलाई डडेल्धुरा कारागार पठाइएको प्रहरीले जनाएको छ ।
(नोट:माथि राखिएको तस्बिर ai निर्मित हो।)

