काठमाडौँ । बारा २ को उपनिर्वाचनको मतगणनामा जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले सुरुवाती अग्रता लिनु भएको छ । सोमबार दिउँसो मतगणना सुरु भएपछि पहिलो पटक सार्वजनिक भएको मतपरिणाममा यादवले २२४ मतसहित अग्रता लिनु भएको हो ।
त्यस्तै जनमत पार्टीका शिवचन्द्र कुशवाहले १७०, नेकपा एमालेका पुरुषोत्तम पौडेलले १६६ मत पाउनु भएको छ ।राष्ट्रिय स्वतन्त्र पार्टीका रमेश खरेलले ८० मत पाउनु भएको छ भने आम जनता पार्टीका अरुण ज्ञवालीले १२ मत पाउनु भएको छ ।