काठमाडौँ । भदौ १० को रसुवा बाढीमा विभिन्न जलविद्युत आयोजनाको सुरुङभित्र १२१ जनामात्रै फसेको अनुमान नेपाली सेनाले गरेको छ।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले सोमबार आयोजना गरेको पत्रकार सम्मेलनमा सेनाका सहायक रथी सुवाशजंग थापाले यस्तो बताएका हुन्।
उनले १२१ जनामात्रै टनेलभित्र पसेको तथ्य देखिएको बताए । उनले जलविद्युतका अन्य व्यक्तिहरू बाहिरी भागमा परेको पनि अनुमान रहेको बताए।
सहायक रथी थापाले जलविद्युत आयोजनाको टनेलमा भएको क्षतिलाई आंकलन गर्दा बाढी तथा लेदो करिब १८० किमी प्रतिघण्टाको गतिमा खसेको अनुमान गरिएको बताए।


