• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • स्वास्थ्य
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • भिडियो
  • साहित्य
  • Unicode
  • ePaper
×
सोमबार, बैशाख १४, २०८३
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • स्वास्थ्य
    • प्रदेश
      • कोशी
      • मधेश
      • वाग्मती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • भिडियो
    • साहित्य
    • Unicode
    • ePaper

भर्खरै

महेश पत्नीसहित १० जना प्रहरी हिरासतमा, शोभा पाठक अस्पतालमा

स्काभेटर दुर्घटना : बेपत्ता रावल मृत फेला

गरुडा चिनी मिलको धुवाँसँगै हराएको किसानको खुसी

यसरी तयार हुँदैछ कोसीको आगमी बजेट

राष्ट्र निर्माणमा बहुदलीय जनवादको भूमिका महत्वपूर्ण : पूर्वराष्ट्रपति भण्डारी

स्थानीयसँग विवाद भएपछि डीएसपी हमाल छिन्नमस्ता बाहिनीमा तानिए

चरम लापरवाहीका कारण जाजरकोटका विद्यार्थी कक्षा १२ को परीक्षाबाट वञ्चित

बाजुरामा लोभलाग्दो आलु खेती

न्युज एक्सप्रेस मिडियाले गर्यो ७५३ पालिका लक्षित कार्यक्रम ‘संवाद एक्सप्रेस’ काे घोषणा

लोकप्रिय समाचार

  • १. लोकतन्त्रका लागि ज्यान दिन तयार थियौँ, तर आजको नेतृत्वले जनताको पीडा बिर्सियो : सानुबाबु महर्जन

  • २. दुई महिनामै सर्लाहीमा ३३ जनाले गरे आत्महत्या, बालबालिकासमेत प्रभावित

  • ३. सुनको मूल्य बढ्यो, चाँदीको घट्यो

  • ४. नदीकिनारका बासिन्दाको सुरक्षामा सरकार गम्भीर : प्रधानमन्त्री

  • ५. डिजिटल मोबिलिटी सेवा सञ्चालनका लागि नयाँ मापदण्ड, सुरक्षित र व्यवस्थित राइड–सेवा सुनिश्चित गर्ने लक्ष्य

  • ६. छोटो समयमा बाहिरिएका सरकारको दृश्यहरुले हाम्रो आशंका सही प्रमाणित हुँदैछन् : शंकर पोखरेल

  • ७. विपिन जोशीको परिवारलाई १० लाख दिने सरकारको निर्णय

  • ८. कांग्रेस संसदीय दलको नेता चयन आज, प्रतिस्पर्धामा छन यी तीन

  • ९. इरानसँगको युद्धमा अमेरिका जितको नजिक रहेको ट्रम्पको दाबी : इस्लामावादमा निर्णायक वार्ता हुँदै

  • १०. विश्व पृथ्वी दिवस :मरुभूमि, मानव बस्ती र हरियालीको संगम मुस्ताङको ताङ्वे गाउँ

चरम लापरवाहीका कारण जाजरकोटका विद्यार्थी कक्षा १२ को परीक्षाबाट वञ्चित


  •   सोमबार, बैशाख १४, २०८३ मा प्रकाशित
  • जाजरकोट । कक्षा १२ को राष्ट्रिय परीक्षाबाट जाजरकोटका विद्यार्थी वञ्चित हुनुको पछाडि विद्यालयकै चरम लापरवाही र गैरजिम्मेवारीपूर्ण कार्य रहेको पाइएको छ । कुशे गाउँपालिका–२, टालेगाउँस्थित श्री मान्ने ढुंगा माध्यमिक विद्यालयले केही विद्यार्थीको परीक्षा आवेदन फारमसंगै कागजात नै राष्ट्रिय परीक्षा बोर्डमा नपठाएको पुष्टि भएको छ ।
    प्रदेश परीक्षा व्यवस्थापन कार्यालय सुर्खेतका अनुसार विद्यालयले सुरुमा १३६ जना विद्यार्थीको नाम अनलाइनमा दर्ता गरे नि पछि ११९ जनाको मात्र राजस्व संकलन गरी आवश्यक कागजात बोर्डमा पठाएको देखिएको छ ।

    Advertisement

    ती विद्यार्थीहरूको मात्र प्रवेशपत्र आएर परीक्षा दिइरहेका छन् भने बाँकी विद्यार्थीहरू कागजात नपठाइएकै कारण परीक्षा दिनबाट वञ्चित भएका छन् । अझ गम्भीर कुरा के छ भने, अघिल्लो वर्ष नै कक्षा १२ उत्तीर्ण गरिसकेका एक विद्यार्थीको समेत फारम भरेर बोर्डमा पठाइएको भेटिएको छ । प्रदेश परीक्षा व्यवस्थापन कार्यालय सुर्खेतका सूचना अधिकारी नरेश कुमार भट्टराईका अनुसार उक्त त्रुटि भेटिएपछि ती विद्यार्थीको परीक्षा रद्द गरिएको छ ।

    अन्य विद्यार्थीको कागजात किन नपठाएको हो ? भनेर बुझ्दा विद्यालयले उनीहरूले कागजात नबुझाएको भन्दै पत्र पठाएको उनले बताए । तर पीडित विद्यार्थीहरू अनुसार परीक्षा आवेदन फारम खुलेको केही दिनमै सबै प्रक्रिया पूरागरी विद्यालयका कर्मचारी घनश्याम सिंहलाई बुझाइएको थियो । ‘फारम छुट्न नदिन भनेर हामीले पटक पटक प्रधानाध्यापक सुरेन्द्र बहादुर सिंहलाई समेत आग्रह गरेका थियौं,’ एक विद्यार्थीले भने, ‘तर अन्तिममा हाम्रो फारमसंगै कागजात नै पठाइएन छ, यदि फारमसंग कागजात थिएनन् भने विद्यालयले हामीलाई जानकारी गराउनुपर्थो एकचोटी पनि उक्त कुरा भनिएन र कागजात समेत फारमसंगै बुझाएको भनिएको छ ।’

    विद्यार्थीहरूले प्रति व्यक्ति दुई हजार रुपैयाँका दरले राजस्व बुझाएको दाबी गर्दै बिलसमेत नदिएको गुनासो गरेका छन् । ‘हामीले सबै प्रक्रिया पूरा गर्दा पनि परीक्षा दिनबाट वञ्चित हुनुप¥यो, यो सरासर अन्याय हो,’ उनीहरूले भने । स्थानीय बासिन्दा तथा अभिभावकहरूले विद्यालय प्रशासनको लापरवाहीले विद्यार्थीहरूको भविष्यसँग प्रत्यक्ष खेलवाड भएको आरोप लगाएका छन् ।

    उनीहरूले दोषीमाथि कडा कारवाही गर्न र पीडित विद्यार्थीलाई न्याय दिन सम्बन्धित निकायसँग माग गरेका छन् । परीक्षा जस्तो संवेदनशील विषयमा यस्तो चरम लापरवाही हुनु गम्भीर प्रश्नको विषय बनेको छ । सम्बन्धित निकायहरू मौन बसेको अवस्थामा निर्दोष बिद्यार्थीले वर्षदिनको मेहनत गुमाउनुपरेको छ, जसले शिक्षा प्रणालीकै विश्वसनीयतामाथि प्रश्न उठाएको छ । विद्यालयका प्रधानाध्यापक सुरेन्द्र बहादुर सिंहले भने यसघि नै केहि कागजात छुटेका कारण केही विद्यार्थीको प्रवेश पत्र नआएको हुन् सक्ने बताएका थिए ।
    देशभर आजबाट कक्षा १२ को परीक्षा सुरु भएको छ भने यस बर्ष देशभरबाट कक्षा १२ को परीक्षामा ४ लाख १८ हजार ८ जना परीक्षार्थी सहभागि भएका छन् ।

    सोमबार, बैशाख १४, २०८३ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    महेश पत्नीसहित १० जना प्रहरी हिरासतमा, शोभा पाठक अस्पतालमा
    स्काभेटर दुर्घटना : बेपत्ता रावल मृत फेला
    गरुडा चिनी मिलको धुवाँसँगै हराएको किसानको खुसी
    यसरी तयार हुँदैछ कोसीको आगमी बजेट
    राष्ट्र निर्माणमा बहुदलीय जनवादको भूमिका महत्वपूर्ण : पूर्वराष्ट्रपति भण्डारी
    स्थानीयसँग विवाद भएपछि डीएसपी हमाल छिन्नमस्ता बाहिनीमा तानिए

    Facebook Page

    लोकप्रिय

    • १.
      लोकतन्त्रका लागि ज्यान दिन तयार थियौँ, तर आजको नेतृत्वले जनताको पीडा बिर्सियो : सानुबाबु महर्जन

    • २.
      दुई महिनामै सर्लाहीमा ३३ जनाले गरे आत्महत्या, बालबालिकासमेत प्रभावित

    • ३.
      सुनको मूल्य बढ्यो, चाँदीको घट्यो

    • ४.
      नदीकिनारका बासिन्दाको सुरक्षामा सरकार गम्भीर : प्रधानमन्त्री

    • ५.
      डिजिटल मोबिलिटी सेवा सञ्चालनका लागि नयाँ मापदण्ड, सुरक्षित र व्यवस्थित राइड–सेवा सुनिश्चित गर्ने लक्ष्य

    • ६.
      छोटो समयमा बाहिरिएका सरकारको दृश्यहरुले हाम्रो आशंका सही प्रमाणित हुँदैछन् : शंकर पोखरेल

    भर्खरै

    • १.
      महेश पत्नीसहित १० जना प्रहरी हिरासतमा, शोभा पाठक अस्पतालमा

    • २.
      स्काभेटर दुर्घटना : बेपत्ता रावल मृत फेला

    • ३.
      गरुडा चिनी मिलको धुवाँसँगै हराएको किसानको खुसी

    • ४.
      यसरी तयार हुँदैछ कोसीको आगमी बजेट

    • ५.
      राष्ट्र निर्माणमा बहुदलीय जनवादको भूमिका महत्वपूर्ण : पूर्वराष्ट्रपति भण्डारी

    • ६.
      स्थानीयसँग विवाद भएपछि डीएसपी हमाल छिन्नमस्ता बाहिनीमा तानिए

    • ७.
      चरम लापरवाहीका कारण जाजरकोटका विद्यार्थी कक्षा १२ को परीक्षाबाट वञ्चित

    • ८.
      बाजुरामा लोभलाग्दो आलु खेती

    हाम्रो बारेमा

    www.newsexpressnepal.com

    सूचना विभाग दर्ता नं.
    ३७७२-२०७९/८०

    • X

    हाम्रो टीम

    अध्यक्ष
    मिलन सिं परियार

    प्रबन्ध निर्देशक
    जिवन कुमार अधिकारी

    ब्यबस्थापक

    साजन बि. क

    सम्पादक
    सुजन पाख्रिन
    संवाददाता    
    पिंकला कार्की

    संवाददाता 

    दिया कार्की

    Team Details

    सम्पर्क

    सम्पर्क
    ९८६९६८९६९१ /९८२१२५१६०२
    ठेगाना
    कोटेश्वर ३२
    ईमेल
    newsexpresstv078@gmail.com

    info.newsexpress09@gmail.com

    Marketing

    marketingnewsexpress@gmail.com

    Copyright ©2026 News Express Nepal | All rights Reserved.
     Website By :  nwTech.