• समाचार
  • राजनीति
  • स्थानिय सरकार
  • मनोरञ्जन
  • स्वास्थ्य
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • खेलकुद
  • अन्तर्वार्ता
  • भिडियो
  • Unicode
  • थप
    • युवा उद्दमि
    • समाज
    • साहित्य
    • फिचर
    • अन्तराष्ट्रिय
    • प्रविधि
    • ePaper
×
आइतबार, भदौ २१, २०८३
    • समाचार
    • राजनीति
    • स्थानिय सरकार
    • मनोरञ्जन
    • स्वास्थ्य
    • प्रदेश
      • कोशी
      • मधेश
      • वाग्मती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • खेलकुद
    • अन्तर्वार्ता
    • भिडियो
    • Unicode
    • थप
      • युवा उद्दमि
      • समाज
      • साहित्य
      • फिचर
      • अन्तराष्ट्रिय
      • प्रविधि
      • ePaper

भर्खरै

बेपत्ता व्यक्तिलाई १२ वर्षसम्म मृत मान्न नसक्ने कानुन गर्नुपर्ने देखियो: सभापति थापा

यसरी भइरहेको छ पाँचवटा टनेलमा खोज तथा उद्धार

तत्काल मनास्लु र लार्केपास यात्रा नगर्न प्रशासनको आग्रह

३ दिनमा काठमाडौँ भित्रियो ८८ हजार ग्यास सिलिन्डर

साउदीलाई हराउँदै नेपाल एसीसी प्रिमियर कपको सेमिफाइनलमा

गृहमन्त्रीले गरे जेनजी पार्क शिलान्यास

जोहेइरी मोला बनिन् ‘मिस वर्ल्ड २०२६’

रसुवामा हैजाविरुद्ध २१ हजार डोज खोप पठाइयो

भोटेकोशी बाढीमा अझै चार हजार ४४ जना अझै बेपत्ता

लोकप्रिय समाचार

  • १. रसुवा बाढीपीडितको साथमा फिटवेल : मनोज भारतीले गरे लाखौँको कपडा–जुत्ता सहयोग

  • २. प्राधिकरणले भन्यो: रसुवा बाढीका बेपत्ताहरूको संख्या यकिन गर्न मुस्किल छ

  • ३. मुख्य प्रभावितक्षेत्र टिमुरेमा ६० शव फेला

  • ४. बाढी प्रभावित क्षेत्रमा १२ ड्रोन र पाँच तालिम प्राप्त कुकुर प्रयोग

  • ५. करदाता प्रोत्साहन उपहार कार्यक्रम तत्काललाई स्थगित

  • ६. भोटेकोशी बाढी: मृत्यु हुनेको संख्या ९८७ पुग्यो, ३९ सय १६ जना सम्पर्कविहीन

  • ७. एसीसी प्रिमियर कपमा नेपालको लगातार दोस्रो जित

  • ८. एसीसी प्रियमियर कपमा नेपालको विजयी सुरुआत

  • ९. सांसद भरत खड्का संसद् बैठकमै ढले

  • १०. बाढी प्रभावितका लागि सरकारले १ अर्ब रूपैयाँ राहत दिने

जितपुर–सिमरामा तीन दिने ‘इस्लामिक इज्तिमा’, उल्लेख्य सहभागिता


  •   सोमबार, बैशाख १४, २०८३ मा प्रकाशित
  • रौतहट । बारा जिल्लाको जितपुर–सिमरा उपमहानगरपालिका वडा नम्बर २४, हरपुर बलुवामा आयोजित तीन दिने भव्य इस्लामिक धार्मिक सभा (इज्तिमा) सोमबार बिहान विशेष सामूहिक ‘दुआ’ (प्रार्थना) सँगै सम्पन्न भएको छ । शनिबारदेखि सुरु भएको यस आध्यात्मिक महाकुम्भमा नेपाल र भारतका विभिन्न क्षेत्रबाट आएका लाखौं मुस्लिम धर्मावलम्बीहरूको उत्साहजनक सहभागिता रहेको थियो ।

    Advertisement

    यस धार्मिक सभामा सहभागि हुन नेपालका तराइ तथा पहाडी जिल्लाहरूका साथै छिमेकी देश भारतको बिहार र उत्तर प्रदेशबाट समेत ठूलो संख्यामा श्रद्धालुहरू आएका थिए ।
    आयोजक समितिका अनुसार, सहभागिहरूको संख्या अनुमान गरिएभन्दा बढी अर्थात् लाखौंको हाराहारीमा पुगेको थियो, जसले गर्दा हरपुर बलुवा क्षेत्र पूर्ण रूपमा आध्यात्मिक वातावरणमा रंगिएको थियो । उक्त प्रार्थनामा सहभागिहरूले देशको चौतर्फी उन्नति र विकासको कामना गरेका छन् ।

    समाजमा आपसी भाइचारा र शान्ति स्थापनाको सन्देश दिएको उनीहरुले बताएका छन् । उनीहरुले विश्वभर रहेका मानव जातिको सुख र समृद्धिको प्रार्थना गरेका हुन् ।
    रौतहटको राजपुरबाट सहभागि हुन आएका स्थानीय इस्तीया अहमदका अनुसार कार्यक्रम केवल धार्मिक शिक्षामा मात्र सीमित नभई देशको सुख, शान्ति र प्रगतिका लागि संकल्प गर्ने साझा थलो समेत बनेको थियो ।

    यति ठूलो जनमानसलाई व्यवस्थापन गर्न स्थानीय प्रशासन र सुरक्षा निकायले विशेष योजना अपनाएका थिए । मुस्लिम समुदायमा ‘इज्तिमा’लाई निकै पवित्र र महत्त्वपूर्ण धार्मिक जमघट मानिन्छ । कार्यक्रममा विशेषगरी इस्लामिक विद्वानहरूले कुरान र हदीसका शिक्षाहरूका साथै नैतिक आचरण, समाज सेवा र धार्मिक अनुशासनका बारेमा प्रवचन दिएका थिए ।

    सोमबार, बैशाख १४, २०८३ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    बालेन सरकारको नीतिमाथि बढ्दै चुनौती
    स्वास्थ्य–शिक्षाको ३% समता कर फिर्ता, जनताको विश्वास र अपेक्षाअनुसार सरकार चल्छ: प्रधानमन्त्री
    उजुरी दिनै सास्ती! वैदेशिक रोजगार विभागको साँघुरो गल्लीमा घण्टौँ कुर्न बाध्य पीडित श्रममन्त्रीको छड्के
    कर प्रणालीमा आबद्ध नागरिकलाई लखपति बनाउँदै सरकार
    चितवनमा शिक्षामन्त्री सस्मित पोखरेललाई कालोझण्डा, कर फिर्ता गर्न माग गर्दै विद्यार्थीको प्रदर्शन
    सरकारविरुद्ध सडक र संसद् दुवैबाट उत्रिने ओलीको घोषणा !

    Facebook Page

    लोकप्रिय

    • १.
      रसुवा बाढीपीडितको साथमा फिटवेल : मनोज भारतीले गरे लाखौँको कपडा–जुत्ता सहयोग

    • २.
      प्राधिकरणले भन्यो: रसुवा बाढीका बेपत्ताहरूको संख्या यकिन गर्न मुस्किल छ

    • ३.
      मुख्य प्रभावितक्षेत्र टिमुरेमा ६० शव फेला

    • ४.
      बाढी प्रभावित क्षेत्रमा १२ ड्रोन र पाँच तालिम प्राप्त कुकुर प्रयोग

    • ५.
      करदाता प्रोत्साहन उपहार कार्यक्रम तत्काललाई स्थगित

    • ६.
      भोटेकोशी बाढी: मृत्यु हुनेको संख्या ९८७ पुग्यो, ३९ सय १६ जना सम्पर्कविहीन

    भर्खरै

    • १.
      बेपत्ता व्यक्तिलाई १२ वर्षसम्म मृत मान्न नसक्ने कानुन गर्नुपर्ने देखियो: सभापति थापा

    • २.
      यसरी भइरहेको छ पाँचवटा टनेलमा खोज तथा उद्धार

    • ३.
      तत्काल मनास्लु र लार्केपास यात्रा नगर्न प्रशासनको आग्रह

    • ४.
      ३ दिनमा काठमाडौँ भित्रियो ८८ हजार ग्यास सिलिन्डर

    • ५.
      साउदीलाई हराउँदै नेपाल एसीसी प्रिमियर कपको सेमिफाइनलमा

    • ६.
      गृहमन्त्रीले गरे जेनजी पार्क शिलान्यास

    • ७.
      जोहेइरी मोला बनिन् ‘मिस वर्ल्ड २०२६’

    • ८.
      रसुवामा हैजाविरुद्ध २१ हजार डोज खोप पठाइयो

    हाम्रो बारेमा

    www.newsexpressnepal.com

    सूचना विभाग दर्ता नं.
    ३७७२-२०७९/८०

    • X

    हाम्रो टीम

    अध्यक्ष
    मिलन सिंह

    ब्यबस्थापक

    साजन बि. क

    सम्पादक
    सुजन पाख्रिन
    संवाददाता    
    पिंकला कार्की

    संवाददाता 

    दिया कार्की

    Team Details

    सम्पर्क

    सम्पर्क
    ९८६९६८९६९१ /९८२१२५१६०२
    ठेगाना
    कोटेश्वर ३२
    ईमेल
    newsexpresstv078@gmail.com

    info.newsexpress09@gmail.com

    Marketing

    marketingnewsexpress@gmail.com

    Copyright ©2026 News Express Nepal | All rights Reserved.
     Website By :  nwTech.