काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको सञ्चार उपकरणमा समस्या आएसँगै उडान प्रभावित भएको छ । विमानस्थल कार्यालय प्रवक्ताका अनुसार विमानस्थल टावर र पाइलटबीचको सञ्चारमा समस्या देखिएसँगै आन्तरिक र अन्तर्राष्ट्रिय दुबैतर्फ एक घण्टादेखि उडान प्रभावित भएको हो ।
अहिले आकाशमा भएका जहाजलाई अवतरण गराउने काम भएपनि उडानमा भने अनुमति दिईएको छैन । साथै प्राविधिक टोलीले हाल समस्या समाधानको काम गरिरहेको छ ।

