काठमाडौँ । कीर्तिपुर नगरपालिकाको वडा नम्बर ४ का वडाध्यक्ष श्यामकुमार अधिकारीको निधन भएको छ । मोटरसाइकल दुर्घटनामा परी गम्भीर घाइते हुनु भएका अधिकारीको आइतबार दिउँसो ४७ वर्षको उमेरमा निधन भएको हो । १ वैशाखमा मोटरसाइकल दुर्घटनामा गम्भीर घाइते हुनु भएका अधिकारीको माइतीघरस्थित अन्नपूर्ण न्युरो अस्पतालमा निधन भएको हो ।
मोटरसाइकल दुर्घटना हुँदा अधिकारीको टाउकोमा गम्भीर चोट लागेको थियो । स्थानीय तहको निर्वाचनमा ४ नम्बर वडाको वडाअध्यक्ष अधिकारी स्वतन्त्र उम्मेदवारी दिएर जित्नु भएको थियो ।

