काठमाडौँ । वैशाख ५ गते अनिश्चितकालका लागि स्थगित भएको राष्ट्रियसभा बैठक वैशाख १३ गते बुधबारका दिन बोलाइएको छ । संघीय संसद सचिवालयका महासचिव भरतराज गौतमले आइतबार एक सूचना जारी गरी राष्ट्रियसभा अध्यक्ष गणेश तिमिल्सिनाले वैशाख १३ गते दिउँसो एक बजेर एक मिनेटमा बैठक बोलाएको जानकारी दिनु भयो ।
यसअघि अध्यक्ष तिमिल्सिनाले राष्ट्रियसभाको बैठक पाँच वैशाखमा अनिश्चितकालका लागि स्थगित गर्नु भएको थियो ।

