काठमाडौं । धरान उपमहानगरपालिकाका प्रमुख हर्क साम्पाङले चितवन क्षेत्र नम्बर २ का उम्मेदवार रवि लामिछानेलाई जितको शुभकामना दिनु भएको छ ।प्रतिनिधिसभा उपचुनावअन्तर्गत मतदान भइरहेका बेला मेयर साम्पाङले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति लामिछानेलाई जितका लागि शुभकामना दिनु भएको हो । मेयर साम्पाङले आफ्नो फेसबुकमा लेख्नु भएको छ, ‘अल द बेस्ट रविजी !’
यसअघि मंसिर ४ को चुनावमा पनि चितवन २ बाट प्रतिनिधिसभा सदस्यमा रवि विजयी हुनु भएको थियो । तर नागरिकतासम्बन्धी मुद्दामा अदालतले उहाँलाई दोषी ठहर गरेपछि पद गएको हो । यसैकारण अहिले उपनिर्वाचन भइरहेको छ ।

