काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टिका सभापति रवि लामिछाने ले आफुमाथि भएको आक्रमण बारे फेसबुक लाईभमा आएर यस बारे जानकारी गर्नु भएको छ । आज आईतबार हरेक बुथमा आक्रमण गर्ने योजना बनाएर गठबन्धन बसेको खबर आएको र प्रहरीलाई खबर गर्दा पनि अहिले तेस्तै भएको लामिछानेले बताउनु भएको छ । उहाँले स्वच्छ प्रतिस्पर्धा गर्न र हुलदुङ्गा नगर्न समेत आग्रह गर्नु भएको छ ।
यस घट्नालाई लिएर सम्बन्धित निकाएलाई ध्यानाकर्षण गरेको पनि उहाँले बताउनु भएको छ । उहाँले रास्वपा माथिको रिस निर्दोष जनतामाथि नपोख्न र यस बाट केही क्षति भए आफ्नै दलले जिम्मा लिन तथा आफ्ना दलका कार्यकर्तालाई सम्झाउन पनि अन्य दललाई आग्रह गर्नु भएको छ ।

