• समाचार
  • राजनीति
  • स्थानिय सरकार
  • मनोरञ्जन
  • स्वास्थ्य
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • खेलकुद
  • अन्तर्वार्ता
  • भिडियो
  • Unicode
  • थप
    • युवा उद्दमि
    • समाज
    • साहित्य
    • फिचर
    • अन्तराष्ट्रिय
    • प्रविधि
    • ePaper
×
बिहिबार, साउन ०७, २०८३
    • समाचार
    • राजनीति
    • स्थानिय सरकार
    • मनोरञ्जन
    • स्वास्थ्य
    • प्रदेश
      • कोशी
      • मधेश
      • वाग्मती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • खेलकुद
    • अन्तर्वार्ता
    • भिडियो
    • Unicode
    • थप
      • युवा उद्दमि
      • समाज
      • साहित्य
      • फिचर
      • अन्तराष्ट्रिय
      • प्रविधि
      • ePaper

भर्खरै

भूमिमन्त्री रावलको सक्रियता : झापामा १८ परिवारलाई जग्गाधनी प्रमाणपत्र

दोस्रो जितको लक्ष्यसहित आज श्रीलंकासँग भिड्दै नेपाल

बैंकिङ कसुर प्रकरणमा भट्ट र अग्रवाल उच्च अदालतमा, बयान सुरु

अर्ग्यानिक क्षेत्रका व्यवसायीसँग आज प्रधानमन्त्रीको छलफल

जन्तर–मन्तरमा प्रदर्शनको त्रास, दिल्लीका १६ मेट्रो स्टेशन बन्द

दल–दल फेरेका थापा स्काउटको ऐनविपरीत प्रमुख आयुक्त नियुक्त

गणतन्त्रका उपलब्धिमाथि योजनाबद्ध रूपमा झूटो प्रचार गरिएको प्रचण्डको आरोप

संविधान संशोधनका लागि सुझाव संकलन गर्दै नेकपा एमाले

लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृतको नियुक्तिका लागि आज अन्तर्वार्ता

लोकप्रिय समाचार

  • १. निर्दोष ठहरिएका डा. जितेन्द्र परियारलाई फेरि विवादमा तान्ने प्रयास? सिभिल अस्पतालको नियुक्ति रोक्ने प्रयास

  • २. चितवनमा शिक्षामन्त्री सस्मित पोखरेललाई कालोझण्डा, कर फिर्ता गर्न माग गर्दै विद्यार्थीको प्रदर्शन

  • ३. शैक्षिक परामर्श नियमावलीमा सरकारलाई रास्वपाकै केन्द्रीय सदस्यको सुझाव, सभापतिसँग भट्टको गम्भीर छलफल

  • ४. सत्ताका लागि अब सिद्धान्तमा सम्झौता गर्दैनाैँ : गगन थापा

  • ५. भूमिहीनलाई जग्गा दिने प्रक्रिया अघि बढ्यो, सरकारले जारी गर्‍यो ३५ दिने सूचना

  • ६. जलन उपचार सेवामा सुधारको पहल, स्वास्थ्य मन्त्रालयले बनाउँदै नयाँ मापदण्ड

  • ७. सरकारविरुद्ध शैक्षिक परामर्श व्यवसायीको आन्दोलन, नियमावली खारेज गर्न माग

  • ८. सरकारविरुद्ध सडक र संसद् दुवैबाट उत्रिने ओलीको घोषणा !

  • ९. भोजाड सडक अन्धकारमा: सडकबत्ती नहुँदा नागरिक जोखिममा, सामाजिक सञ्जालमा अभियान सुरु

  • १०. हेमराज भट्टको पहल सफल ? ३% कर रोक्ने निर्णयपछि प्रधानमन्त्री र सभापतिलाई दिए धन्यवाद

छन्द दिवस : पद्य कविता भन्दा छन्दका कविहरुको सहभागिता न्यून


  •   मङ्गलबार, बैशाख ०८, २०८३ मा प्रकाशित
  • काठमाडौं । आज राष्ट्रिय छन्द दिवस देशभर विविध कार्यक्रमसहित मनाइँदैछ । सामान्य अर्थमा छन्द भनेको लय हो, जसरी गद्यको नियम व्याकरण हुन्छ, त्यसैगरी पद्यको आधारभूत नियम छन्द मानिन्छ । कवितालाई लयबद्ध र संरचित बनाउने प्रमुख माध्यम नै छन्द भएकाले यसको साहित्यिक महत्त्व विशेष रहँदै आएको छ ।

    Advertisement

    छन्द मिलाएर कविता लेख्नु जटिल प्रक्रिया मानिन्छ । छरिएका भावनालाई क्रमबद्ध र लयबद्ध बनाउने क्रममा छन्दको जन्म हुने गर्दछ । आज फेरि एकपटक शब्दहरूले आफ्नो पुरानो घर सम्झिएका छन् लयको घर, छन्दको घर । समयका तीव्र बहावसँगै कहिलेकाहीँ छुट्दै गएको अनुशासन, आज पुनः सम्झनामा फर्किएको छ । यही सम्झनाको नाम हो छन्द दिवस ।

    नेपाल सरकार पञ्चाङ्ग निर्णायक समितिले वैशाख ८ गतेलाई छन्द दिवसका रूपमा मनाउने निर्णय गरेपछि प्रत्येक वर्ष यस दिन राष्ट्रिय छन्द दिवस मनाउने परम्परा स्थापित भएको हो ।

    यसै सन्दर्भमा नेपाल प्रज्ञा प्रतिष्ठानका चेतनाथ धमलाले नेपाल न्यूज बैंकसँग कुरा गर्दै प्रतिष्ठानले हरेक वर्ष कविता महोत्सव आयोजना गर्दै आएको जानकारी दिए । उनले उक्त महोत्सवमा छन्द कविता, गद्य र पद्य कविता तीनै विधालाई समेटेर प्रतियोगिता सञ्चालन गरिँदै आएको र तीनै विधाका उत्कृष्ट कृतिलाई पुरस्कृत गर्ने गरिएको बताए ।

    उनले भने, ‘हरेक वर्ष नेपाल प्रज्ञा प्रतिष्ठानले कविता महोत्सव गर्दै आइरहेको छ । जसमा छन्द कविता, गद्य र पद्य कविता पनि हुन्छ । सबै पुरस्कृत हुन्छन् त्यसमा कम्तिमा पनि छन्द कविताका एउटा कवि पुरस्कृत भैइरहेको अवस्था छ अहिले ।’

    धमलाका अनुसार कविता महोत्सवमा प्रत्येक वर्ष कम्तिमा एक जना छन्द कवि पुरस्कृत हुने गरेका छन्, जसले छन्द कविताको संरक्षण र प्रवद्र्धनमा टेवा पुर्याएको छ । प्रतिष्ठानले साहित्यिक विधामा प्रकाशन, खोज तथा अनुसन्धानसम्बन्धी कृतिहरू समेत सार्वजनिक गर्दै आएको उनले बताए ।

    उनले भने, ‘यो छन्द कविताको संरक्षण प्रवद्र्धनका लागि प्रतिष्ठानले साहित्यिक विधाहरुका प्रकाशन, खोज, अनुसन्धान सम्बन्धी केहि कृतिहरु पनि प्रकाशित भएका छन् । प्रतिष्ठानले साहित्यिक विधामा प्रकाशन, खोज तथा अनुसन्धानसम्बन्धी कृतिहरू समेत सार्वजनिक गर्दै आएको छ ।’
    उनले छन्द कवितामा कविहरुको सहभागिता पद्य कविताको भन्दा कम मात्रामै रहेको बताए । जहाँ प्रत्येक वर्ष करिब ५० देखि ६० जना कविहरू छन्द कवितामा सहभागी हुने गरेका छन् ।

    उनले भने, ‘छन्द कवितामा सहभागिता पद्य कविताको भन्दा कम रहँदै आएको छ, छन्द कविता प्रस्तुत गर्ने सहभागीहरुको संख्या हेर्नुपर्छ । कम्तिमा पनि ५०–६० जना सहभागी हुन्छन्, जसमा कविहरु पुरस्कृत भैसकेका छन् ।’

    छन्द कविता र पद्य कविता दुवै विधामा प्रतिस्पर्धा हुँदै आए पनि पछिल्ला वर्षहरूमा पद्य कविता प्रस्तुत गर्ने कविहरूको संख्या केही बढी देखिएको उनले उल्लेख गरे ।

    राष्ट्रिय छन्द दिवसले नेपाली साहित्यमा छन्द कविताको महत्व उजागर गर्नुका साथै नयाँ पुस्तालाई यस विधातर्फ आकर्षित गर्ने अपेक्षा गरिएको छ ।
    छन्द केवल शब्दको बन्धन होइन, यो त आत्माको धड्कनसँग मिल्ने ताल हो । जब अक्षरहरू निश्चित मात्रामा हिँड्छन्, जब शब्दहरू लयमा सास फेर्छन्, तब कविता केवल पढिने होइन महसुस गरिन्छ ।

    छन्द दिवस केवल एक दिनको उत्सव होइन, यो स्मरण हो हामी कहाँबाट आएका हौँ र शब्दलाई कति स्नेहले सजाउन सक्छौँ भन्ने । लयलाई जोगाउनु भनेको संस्कृतिलाई जोगाउनु हो, र संस्कृतिलाई जोगाउनु भनेको आफ्नै पहिचानलाई बचाउनु हो ।
    आजको दिनले फेरि सम्झाइदिएको छ कविता स्वतन्त्र हुन सक्छ, तर छन्दले दिएको लयमा त्यो अझ सुन्दर हुन्छ ।

    मङ्गलबार, बैशाख ०८, २०८३ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    बैंकिङ कसुर प्रकरणमा भट्ट र अग्रवाल उच्च अदालतमा, बयान सुरु
    अर्ग्यानिक क्षेत्रका व्यवसायीसँग आज प्रधानमन्त्रीको छलफल
    जन्तर–मन्तरमा प्रदर्शनको त्रास, दिल्लीका १६ मेट्रो स्टेशन बन्द
    दल–दल फेरेका थापा स्काउटको ऐनविपरीत प्रमुख आयुक्त नियुक्त
    बालेन सरकारको नीतिमाथि बढ्दै चुनौती
    बीपीको आर्थिक दृष्टिकोण संरक्षण र राष्ट्रियकरणमा आधारित : गगन थापा

    Facebook Page

    लोकप्रिय

    • १.
      निर्दोष ठहरिएका डा. जितेन्द्र परियारलाई फेरि विवादमा तान्ने प्रयास? सिभिल अस्पतालको नियुक्ति रोक्ने प्रयास

    • २.
      चितवनमा शिक्षामन्त्री सस्मित पोखरेललाई कालोझण्डा, कर फिर्ता गर्न माग गर्दै विद्यार्थीको प्रदर्शन

    • ३.
      शैक्षिक परामर्श नियमावलीमा सरकारलाई रास्वपाकै केन्द्रीय सदस्यको सुझाव, सभापतिसँग भट्टको गम्भीर छलफल

    • ४.
      सत्ताका लागि अब सिद्धान्तमा सम्झौता गर्दैनाैँ : गगन थापा

    • ५.
      भूमिहीनलाई जग्गा दिने प्रक्रिया अघि बढ्यो, सरकारले जारी गर्‍यो ३५ दिने सूचना

    • ६.
      जलन उपचार सेवामा सुधारको पहल, स्वास्थ्य मन्त्रालयले बनाउँदै नयाँ मापदण्ड

    भर्खरै

    • १.
      भूमिमन्त्री रावलको सक्रियता : झापामा १८ परिवारलाई जग्गाधनी प्रमाणपत्र

    • २.
      दोस्रो जितको लक्ष्यसहित आज श्रीलंकासँग भिड्दै नेपाल

    • ३.
      बैंकिङ कसुर प्रकरणमा भट्ट र अग्रवाल उच्च अदालतमा, बयान सुरु

    • ४.
      अर्ग्यानिक क्षेत्रका व्यवसायीसँग आज प्रधानमन्त्रीको छलफल

    • ५.
      जन्तर–मन्तरमा प्रदर्शनको त्रास, दिल्लीका १६ मेट्रो स्टेशन बन्द

    • ६.
      दल–दल फेरेका थापा स्काउटको ऐनविपरीत प्रमुख आयुक्त नियुक्त

    • ७.
      गणतन्त्रका उपलब्धिमाथि योजनाबद्ध रूपमा झूटो प्रचार गरिएको प्रचण्डको आरोप

    • ८.
      संविधान संशोधनका लागि सुझाव संकलन गर्दै नेकपा एमाले

    हाम्रो बारेमा

    www.newsexpressnepal.com

    सूचना विभाग दर्ता नं.
    ३७७२-२०७९/८०

    • X

    हाम्रो टीम

    अध्यक्ष
    मिलन सिंह

    ब्यबस्थापक

    साजन बि. क

    सम्पादक
    सुजन पाख्रिन
    संवाददाता    
    पिंकला कार्की

    संवाददाता 

    दिया कार्की

    Team Details

    सम्पर्क

    सम्पर्क
    ९८६९६८९६९१ /९८२१२५१६०२
    ठेगाना
    कोटेश्वर ३२
    ईमेल
    newsexpresstv078@gmail.com

    info.newsexpress09@gmail.com

    Marketing

    marketingnewsexpress@gmail.com

    Copyright ©2026 News Express Nepal | All rights Reserved.
     Website By :  nwTech.