काठमाडौँ । जनमत पार्टीका अध्यक्ष सिके राउतले बारा २ का २ मतदान केन्द्रमा बुथ कब्जा भएको आरोप लगाउनु भएको छ । प्रहरी प्रशासनकै संरक्षणमा पचरौता नगरपालिका बेलडाडीमा जसपाले बुथ कब्जा गरेको उहाँले बताउनु भयो ।
आफ्ना प्रतिनिधिलाई बेलडाडी र देवतालको झिगैया बुथमा प्रवेश गर्न नदिएको उहाँको आरोप छ । आफूहरूले पहिला नै बुथ कब्जा हुने जानकारी पाएको र प्रहरी प्रशासनलाई जानकारी गराउदा पनि उल्टै प्रहरीकै मिलेमतोमा बुथ कब्जा भएको उहाँले बताउनु भयो ।