अप्सरा धमला, काठमाडौँ । । सर्वोच्च अदालतले सिंहदरबारको फोहोर तीन दिनभित्र उठाउन काठमाडौं महानगरपालिकाका नाममा आदेश जारी गरेको छ । काठमाडौं महानगर प्रमुख बालेन्द्र शाहले सिंहदरबार र शीतलनिवासको फोहोर नउठाउन निर्देशन दिएपछि अधिवक्ता पदमबहादुर श्रेष्ठले सर्वोच्च अदालतमा रिट निवेदन दिनु भएको थियो । मेयर बालेन्द्र शाहले केही दिन अघि सामाजिक सञ्जालमा पोष्ट राख्दै सिंहदरबारको फोहोर नउठाउन निर्देशन दिनु भएको थियो ।
१३ दिन वितिसक्दा पनि अझै फोहोर उठेको छैन । अहिले सिंहदरबार भित्रका सबै कार्यालयबाट फोहोर उठाएर कम्पाउन्ड भत्रै राखिएको छ । सिंहदरबार बाट दैनिक नौ टन फोहोर उठ्ने गरेको छ ।