• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • स्वास्थ्य
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • भिडियो
  • साहित्य
  • Unicode
  • ePaper
×
मङ्गलबार, जेठ २६, २०८३
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • स्वास्थ्य
    • प्रदेश
      • कोशी
      • मधेश
      • वाग्मती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • भिडियो
    • साहित्य
    • Unicode
    • ePaper

भर्खरै

मधेशका जिल्लाहरूमा रास्वपाले छान्न सकेन नयाँ नेतृत्व, कतै कुटाकुट त कतै तालाबन्दी

भारत जाने टिकट देखाएका व्यक्ति दुबई उडेपछि….

युद्धविरामको दुई महिनापछि फेरि सुरु भयो इरान–इजरायल युद्ध

सुदूरपश्चिममा सबै मन्त्री फेर्दै कांग्रेस

वीरगञ्जका मेयरसहित ७ जनाविरुद्ध मुद्दा दायर, अर्कैकी छोरीको बाबु बनेर नागरिकता दिलाएको आरोप

स्वदेशी उद्योगलाई संरक्षण गर्न गाली खान तयार भएर पनि कर पुनर्संरचना गरिएको छ– अर्थमन्त्री

अवारोध खुलाउँ तत्परता नदेखाउनु संसदप्रति अनादर हो : अर्जुननरसिंह केसी

महेन्द्र राजमार्गको अतिक्रमित जमिन खाली गर्न आग्रह

प्रधानमन्त्रीले आफ्नो अभिव्यक्तिबारे प्रष्टीकरण नदिएसम्म सदन अगाडि बढ्न सक्दैन : कांग्रेस

लोकप्रिय समाचार

  • १. मदिरा–सुर्ती बिक्रीमा राजस्व छल्दै रारा क्षेत्रका व्यापारी, अनुगमनपछि दर्ता गर्न निर्देशन

  • २. कुशल भुर्तेल द्वारा टि–२० आईमा लागातार दोस्रो शतक

  • ३. इरान–अमेरिका वार्ता संकटमा, रोकिएको सम्पत्ति फुकुवाको मागले बढायो तनाव

  • ४. स्वदेशी उद्योगलाई संरक्षण गर्न गाली खान तयार भएर पनि कर पुनर्संरचना गरिएको छ– अर्थमन्त्री

  • ५. प्रधानमन्त्री मोदीलाई नेपाल भ्रमणको निम्तो

  • ६. जातीय भेदभाव तथा छुवाछुत उन्मुलन दिवस मनाइँदै

  • ७. टिकटकर तुल्सा अधिकारी पुर्पक्षका लागि थुनामा

  • ८. ‘राजासहितको प्रजातन्त्र’को नारासहित नयाँ पार्टी खोल्ने धवलशमशेरको घोषणा

  • ९. दिल्लीको रेस्टुरेन्टमा भीषण आगलागी, कम्तीमा २१ जनाको मृत्यु

  • १०. घट्यो सुन-चाँदीको भाउ, आज कतिमा हुँदैछ किनबेच?

विश्व कला दिवस : मानसिक स्वास्थ्यका लागि पनि कला प्रभावकारी माध्यम


  •   बुधबार, बैशाख ०२, २०८३ मा प्रकाशित
  • काठमाडौं । व्यस्त, प्रतिस्पर्धात्मक र तनावपूर्ण बन्दै गएको आधुनिक जीवनशैलीका बीच मानसिक स्वास्थ्य विश्वव्यापी चासोको विषय बनेको छ ।
    मानिसहरू दैनिक रूपमा विभिन्न किसिमका दबाब, चिन्ता, निराशा र असन्तोषसँग जुधिरहेका छन् । यस्तो अवस्थामा कला ,संगीत, नृत्य, चित्रकला, अभिनय वा अन्य सिर्जनात्मक अभिव्यक्तिका माध्यमहरू मानसिक सन्तुलन कायम राख्ने प्रभावकारी उपायका रूपमा स्थापित हुँदै गएका छन् ।

    Advertisement

    कला केवल मनोरञ्जनको साधन मात्र होइन, मानिसको भित्री भावना बाहिर ल्याउने, मन हल्का बनाउने र सकारात्मक ऊर्जा सिर्जना गर्ने महत्वपूर्ण माध्यम हो । कलामार्फत मानिसले आफ्नो पीडा, खुसी, आक्रोश वा आशा सहज रूपमा अभिव्यक्त गर्न सक्छ ।
    यही कारणले पछिल्लो समय मानसिक स्वास्थ्य सुधारका लागि ‘आर्ट थेरापी’ जस्ता अभ्यासहरू पनि विश्वभर प्रचलनमा आएका छन् ।
    कला दिवसको अवसरमा नेपाल न्यूज बैंकले मनोचिकित्सक गोबिन्द ढकालसँग गरेको कुराकानीमा उनले कला मानसिक स्वास्थ्य सुदृढ बनाउन महत्वपूर्ण माध्यम भएको बताएका छन् ।

    ढकालका अनुसार संगीत, नृत्य, चित्रकला, अभिनय जस्ता सिर्जनात्मक गतिविधिहरूले मानिसको निराशा, तनाव र चिन्तालाई कम गर्न सहयोग पु¥याउँछन्।
    उनले भने,‘कला अभिव्यक्तिको शक्तिशाली माध्यम हो, जसले मानिसलाई मानसिक रूपमा सबल बनाउँछ । नृत्य पनि अभिव्यक्तिको माध्यम हो । तपाईंले संगीतहरु सुन्नुभयो अथवा संगीत बजाउनुभयो,इन्स्ट्रुमेन्टहरु बजाउनुभयो भने वा गुनगुनाउनु भयो भने पनि यी कुराहरुले मान्छेको निराशालाई कम गर्न मद्दत गर्छ । जुनसुकै कला किन नहोस्, संगीत किन नहोस्, गायन किन नहोस्, आँट किन नहोस्, डान्स किन नहोस्, यिनीहरुले पनि मानसिक रुपमा सबल बनाउनको लागि महत्वपूर्ण भूमिका खेल्छ । तर सबैलाई त्यही रुचि हुन्छ भन्ने पनि छैन । रुचि अनुसार पनि प्रभाव पर्छ।’

    उनले सबै व्यक्तिको रुचि फरक हुने भएकाले कला पनि रुचिअनुसार प्रभावकारी हुने बताए । धेरै मानिसमा संगीतप्रति आकर्षण देखिएपनि अन्य गतिविधि जस्तै ःचित्रकला, बगैँचाका काम, पशुपक्षीसँग समय बिताउने, सिलाइ–बुनाइले पनि तनाव व्यवस्थापनमा महत्वपूर्ण भूमिका खेल्ने उनको भनाइ छ ।

    ढकालले मानसिक स्वास्थ्य केवल समस्या भएका व्यक्तिहरूका लागि मात्र नभई स्वस्थ्य व्यक्तिहरूका लागि पनि उत्तिकै आवश्यक रहेको उल्लेख गरे।
    ‘यस्ता गतिविधिले स्वस्थ्य व्यक्तिलाई पनि मानसिक रूपमा सन्तुलित र सशक्त राख्न मद्दत गर्छ,’ उनले भने ।
    उनले पछिल्लो समय समाजमा बढ्दै गएका हिंसात्मक घटनाप्रति चिन्ता व्यक्त गरे । पोखरा, ललितपुरलगायत विभिन्न स्थानमा भएका घटनाले समाजमा मानसिक अस्वस्थ्यता, निराशा र कुण्ठा बढिरहेको संकेत गर्ने उनको विश्लेषण छ।

    उनले सामाजिक असन्तुलन, आक्रोश र निराशा बढ्दै जाँदा अपराधका घटनाहरू वृद्धि हुने उल्लेख गर्दै दण्डहीनताको अवस्थाले यस्तो प्रवृत्तिलाई थप बढावा दिने धारणा राखे ।

    ‘पछिल्लो समयमा अत्याधिक हिंसाका घटनाहरु पनि बढ्दै गएका छन् । नयाँ सरकार बनिसकेपछि वा राजनीतिक परिवर्तन भइसकेपछि श्रृंखलाबद्ध रुपमा हत्या हिंसाका घटनाहरु बाहिर आइरहेका छन् । पोखरा र ललितपुरको घटना किन नहोस् यसले हाम्रो समाजमा अपराधका घटनाहरु बढ्दै जानु भनेको समाज मानसिक रुपमा अस्वस्थ्य हुनु हो । समाज मानसिक रुपमा कुण्ठित हुनु हो । अराजकता तिर समाज गइरहेको छ कि भन्ने चिन्ता बढ्दो छ । जब अपराध गर्नेले सजाय पाउँदैन, तब समाजमा गलत सन्देश जान्छ,’उनले भने।

    ढकालले हालका आन्दोलन र राजनीतिक घटनाक्रमले पनि मानिसमा आक्रोश, डर र असन्तोष बढाएको बताए । यस्ता घटनाबाट प्रभावित व्यक्तिहरूलाई मनोसामाजिक परामर्श आवश्यक रहेकोमा उनले जोड दिए।

    उनका अनुसार राज्यले मानसिक स्वास्थ्यका कार्यक्रमलाई प्राथमिकतामा राख्नुपर्ने समय आएको छ ।
    ‘समाजमा देखिएका हिंसात्मक घटनाहरू मानसिक विचलनको संकेत हुन सक्छन्, त्यसैले सरकार गम्भीर भएर मानसिक स्वास्थ्य प्रवद्र्धनका कार्यक्रम सञ्चालन गर्न आवश्यक छ,’उनले सुझाव दिए।

    बुधबार, बैशाख ०२, २०८३ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    मधेशका जिल्लाहरूमा रास्वपाले छान्न सकेन नयाँ नेतृत्व, कतै कुटाकुट त कतै तालाबन्दी
    भारत जाने टिकट देखाएका व्यक्ति दुबई उडेपछि….
    युद्धविरामको दुई महिनापछि फेरि सुरु भयो इरान–इजरायल युद्ध
    सुदूरपश्चिममा सबै मन्त्री फेर्दै कांग्रेस
    वीरगञ्जका मेयरसहित ७ जनाविरुद्ध मुद्दा दायर, अर्कैकी छोरीको बाबु बनेर नागरिकता दिलाएको आरोप
    स्वदेशी उद्योगलाई संरक्षण गर्न गाली खान तयार भएर पनि कर पुनर्संरचना गरिएको छ– अर्थमन्त्री

    Facebook Page

    लोकप्रिय

    • १.
      मदिरा–सुर्ती बिक्रीमा राजस्व छल्दै रारा क्षेत्रका व्यापारी, अनुगमनपछि दर्ता गर्न निर्देशन

    • २.
      कुशल भुर्तेल द्वारा टि–२० आईमा लागातार दोस्रो शतक

    • ३.
      इरान–अमेरिका वार्ता संकटमा, रोकिएको सम्पत्ति फुकुवाको मागले बढायो तनाव

    • ४.
      स्वदेशी उद्योगलाई संरक्षण गर्न गाली खान तयार भएर पनि कर पुनर्संरचना गरिएको छ– अर्थमन्त्री

    • ५.
      प्रधानमन्त्री मोदीलाई नेपाल भ्रमणको निम्तो

    • ६.
      जातीय भेदभाव तथा छुवाछुत उन्मुलन दिवस मनाइँदै

    भर्खरै

    • १.
      मधेशका जिल्लाहरूमा रास्वपाले छान्न सकेन नयाँ नेतृत्व, कतै कुटाकुट त कतै तालाबन्दी

    • २.
      भारत जाने टिकट देखाएका व्यक्ति दुबई उडेपछि….

    • ३.
      युद्धविरामको दुई महिनापछि फेरि सुरु भयो इरान–इजरायल युद्ध

    • ४.
      सुदूरपश्चिममा सबै मन्त्री फेर्दै कांग्रेस

    • ५.
      वीरगञ्जका मेयरसहित ७ जनाविरुद्ध मुद्दा दायर, अर्कैकी छोरीको बाबु बनेर नागरिकता दिलाएको आरोप

    • ६.
      स्वदेशी उद्योगलाई संरक्षण गर्न गाली खान तयार भएर पनि कर पुनर्संरचना गरिएको छ– अर्थमन्त्री

    • ७.
      अवारोध खुलाउँ तत्परता नदेखाउनु संसदप्रति अनादर हो : अर्जुननरसिंह केसी

    • ८.
      महेन्द्र राजमार्गको अतिक्रमित जमिन खाली गर्न आग्रह

    हाम्रो बारेमा

    www.newsexpressnepal.com

    सूचना विभाग दर्ता नं.
    ३७७२-२०७९/८०

    • X

    हाम्रो टीम

    अध्यक्ष
    मिलन सिं परियार

    प्रबन्ध निर्देशक
    जिवन कुमार अधिकारी

    ब्यबस्थापक

    साजन बि. क

    सम्पादक
    सुजन पाख्रिन
    संवाददाता    
    पिंकला कार्की

    संवाददाता 

    दिया कार्की

    Team Details

    सम्पर्क

    सम्पर्क
    ९८६९६८९६९१ /९८२१२५१६०२
    ठेगाना
    कोटेश्वर ३२
    ईमेल
    newsexpresstv078@gmail.com

    info.newsexpress09@gmail.com

    Marketing

    marketingnewsexpress@gmail.com

    Copyright ©2026 News Express Nepal | All rights Reserved.
     Website By :  nwTech.