काठमाडाैं । सन् २००२ मा भारतको गुजरातमा भएको दंगामा ११ जना मुसलमानहरूको हत्याको आरोप लागेका ६८ जनालाई अहमदाबाद जिल्ला अदालतले सफाइ दिएको छ । फेब्रुअरी २८ मा अहमदाबाद शहरको नरोदा गाम क्षेत्रमा हिंसा भड्किएपछि यी हत्याहरू गरिएका थिए । कुल ८६ आरोपितमध्ये १७ जनाको मृत्यु भएको छ भने एकजनाले यसअघि नै सफाइ पाइसकेका छन् ।
सन् २००९ मा यस मुद्दाको पहिलो सुनुवाइ भएको थियो । मुद्दामा आरोपितहरूमध्ये पूर्वमन्त्री माया कोडनानी र बाबु बजरंगी पनि छन् । अहमदाबादमा अदालत परिसरबाहिर कडा सुरक्षाका बीच फैसला सुनाइएको थियो । सफाइ पाएका व्यक्तिहरूका परिवार सदस्यले जय श्री राम र भारत माता की जय नारा लगाउँदै फैसलाको स्वागत गरेका थिए । यस फैसलामा पुनरावेदन दिने कि नदिने भनी निर्णय राज्यको कानूनी विभागलाई फैसलाको प्रति पठाइनेछ ।
गुजरातमा भएको उक्त दंगामा लगभग १ हजारजनाको ज्यान गएको थियो ।

