• समाचार
  • राजनीति
  • स्थानिय सरकार
  • मनोरञ्जन
  • स्वास्थ्य
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • खेलकुद
  • अन्तर्वार्ता
  • भिडियो
  • Unicode
  • थप
    • युवा उद्दमि
    • समाज
    • साहित्य
    • फिचर
    • अन्तराष्ट्रिय
    • प्रविधि
    • ePaper
×
मङ्गलबार, भदौ २३, २०८३
    • समाचार
    • राजनीति
    • स्थानिय सरकार
    • मनोरञ्जन
    • स्वास्थ्य
    • प्रदेश
      • कोशी
      • मधेश
      • वाग्मती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • खेलकुद
    • अन्तर्वार्ता
    • भिडियो
    • Unicode
    • थप
      • युवा उद्दमि
      • समाज
      • साहित्य
      • फिचर
      • अन्तराष्ट्रिय
      • प्रविधि
      • ePaper

भर्खरै

जलविद्युत आयोजनाको सुरुङमा १२१ जना मात्रै फसेको सेनाको दाबी

‘पार्वती’ को कमाइ डेढ करोडभन्दा बढी

सेनाले भन्यो: सुरुङ पुरै ‘ब्रेक थ्रु’ नभएसम्म खोजी गर्छौं

बिच भलिबलमा रजत जितेको टोली स्वदेश फर्कियो

कृष्णभीर पहिरोको प्रभाव: चुलिँदै ग्यास अभाव

भोटेकोसी बाढीमा मृत्यु हुनेको संख्या १३ सय ५५ पुग्यो

राष्ट्रपति पौडेल पुगे भोटेकोशी बाढी प्रभावित क्षेत्र अवलोकन गर्न

रविलाई के भने अमेरिकी विदेशमन्त्रीले ?

काठमाडौँमा १६१ शव आउँदा २३ मात्र पहिचान

लोकप्रिय समाचार

  • १. करदाता प्रोत्साहन उपहार कार्यक्रम तत्काललाई स्थगित

  • २. मुख्य प्रभावितक्षेत्र टिमुरेमा ६० शव फेला

  • ३. बाढी प्रभावित क्षेत्रमा १२ ड्रोन र पाँच तालिम प्राप्त कुकुर प्रयोग

  • ४. भोटेकोशी बाढी: मृत्यु हुनेको संख्या ९८७ पुग्यो, ३९ सय १६ जना सम्पर्कविहीन

  • ५. बाढी प्रभावितका लागि सरकारले १ अर्ब रूपैयाँ राहत दिने

  • ६. एसीसी प्रिमियर कपमा नेपालको लगातार दोस्रो जित

  • ७. सांसद भरत खड्का संसद् बैठकमै ढले

  • ८. रसुवा बाढीमा पर्यटन क्षेत्रमा मात्रै ५० अर्ब बढीको क्षति

  • ९. मन भक्कानिँदा पनि विलौना गर्ने समय छैन: प्रधानमन्त्री

  • १०. चीनले नेपाललाई हिमतालको जोखिमसँगै मौसमसम्बन्धी सूचना दिने

३८० कलाकारको अभिनय रहेको ‘साहु बा’ को ट्रेलर सार्वजनिक


  •   सोमबार, चैत ३०, २०८२ मा प्रकाशित
  • काठमाडौं । वेभसिरिज ‘साहु बा’को ट्रेलर सार्वजनिक भएको छ । म्युजिक नेपाल र फ्रेम इन मोसनको संयुक्त प्रस्तुतिमा तयार भएको यो सिरिजको निर्माण पक्षले आइतबार रिलिज गरेको ट्रेलरले दर्शकमाझ कौतुहलता र उत्साह जगाउने देखिन्छ । सार्वजनिक १ मिनेट ४४ सेकेन्ड लामो ट्रेलरले सिरिजको कथावस्तु ‘क्राइम, एक्सन र रिभेन्ज’ (बदला) मा केन्द्रित रहेको प्रष्ट पार्छ ।

    Advertisement

    यो सिरिजको मुख्य पात्र विजु पार्की रहेको ट्रेलरको सुरुवात र बीचमा देखाइएको सेतो कागजको जहाजले दर्शकमा कौतुहलता जगाउँछ । यो कुनै पात्रको बाल्यकालको स्मृति वा कसैलाई दिइने बदलाको संकेत हुन सक्छ । रगतले लतपतिएका हातमा त्यो जहाज हुनुले यो सिरिजमा भावनात्मक बदलाको पाटो बलियो छ भन्ने बुझिन्छ । ट्रेलरमा कडा एक्सन दृश्यहरू, प्रहरी अनुसन्धानको प्रक्रिया र पात्रहरूबीचको द्वन्द्वलाई उच्च गुणस्तरको सिनेमेटोग्राफीमा देखाइएको छ । विशेषगरी बदलाको आगोमा जलिरहेको एक युवकको संघर्ष र उसले सामना गर्नुपर्ने आपराधिक सञ्जाललाई ट्रेलरमा मुख्य स्थान दिइएको छ । आगो, हतियार र अस्पतालको दृश्यहरूले सिरिजमा सस्पेन्सको मात्रा भरपूर रहेको संकेत गर्दछ ।

    नेपाली वेब सिरिजहरू प्राय संवादमा बढी केन्द्रित हुने गरेकोमा ‘साहु बा’ ले एक्सनलाई प्राथमिकता दिएको देखिन्छ । ट्रेलरमा देखाइएका सडकका दृश्यहरू, गुडिरहेको गाडीमाथिको स्टन्ट, र गोदामभित्रका ‘कोरियोग्राफ्ड’ लडाइँका दृश्यहरू निकै मेहनतका साथ खिचिएका छन् । आगोका झिल्काहरू र हतियारको प्रयोगले यसलाई हार्डकोर एक्सन सिरिज बनाएको छ । ट्रेलरको अन्त्यमा देखाइएको भव्य रातो कुर्सीले ‘साहु बा’को सत्ता वा शक्तिको संघर्षलाई संकेत गर्छ । यो कुर्सीको मालिक को हो र त्यहाँ पुग्न कति रगत बग्छ भन्ने कुरा नै सिरिजको मुख्य क्लाइमेक्स हुन सक्छ ।

    निर्देशक एवं लेखक सुजोय योङका अनुसार यो सिरिज कुनै सामान्य प्रोजेक्ट मात्र नभई नेपाली डिजिटल जगतकै एक महत्वाकांक्षी काम हो । यसमा ३८० भन्दा बढी कलाकारले अभिनय गरेका छन्, जुन नेपाली वेब सिरिजको इतिहासमा निकै ठूलो संख्या हो ।

    २४ एपिसोडको यो सिरिजलाई पूर्ण रूप दिन निर्माण टोलीले करिब तीन वर्ष खर्चिएको छ । यस सिरिजमा प्रियंका कार्की, कविता नेपाली, विजु पार्की, सरिता गिरी, नम्रता श्रेष्ठ, अमित शाह, अमित गिरी, प्रियंका चौधरी, हिना नगरकोटी, बिमल पुरी, रमेश अधिकारी, प्रदीप बाँस्तोला, कृष्ण भक्त महाजन लगायतका नेपाली चलचित्र र रंगमञ्चका स्थापित कलाकारहरूको अभिनय रहेको छ ।
    आयुषमान डी जोशी, संगम राई र अनिश तामाङ छायाकार रहेको यस सिरिजको रामप्रसाद चौधरी सम्पादक हुन् । सागर आले, मिस्टर डी र उजन शाक्यको गीत रहेको सिरिजमा पेमा लामा र राजु तामाङको द्वन्द्व निर्देशन रहेको छ ।

    यो सिरिज आगामी १७ अप्रिल २०२६ (२०८३ वैशाख ४ गते) देखि औपचारिक रूपमा प्रसारण हुनेछ । दर्शकले साँझ ६ बजेदेखि मोमो एपमा सम्पूर्ण एपिसोडहरू हेर्न पाउनेछन् भने साप्ताहिक रूपमा म्युजिक नेपाल इन्टरटेनमेन्टको युट्युब च्यानलबाट सार्वजनिक गरिनेछ ।

    सोमबार, चैत ३०, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    ‘पार्वती’ को कमाइ डेढ करोडभन्दा बढी
    जोहेइरी मोला बनिन् ‘मिस वर्ल्ड २०२६’
    बाढी प्रभावितलाई सोनु सूदको सान्त्वना: नेपाल, तिमी एक्लो छैनौँ
    प्रियंका कार्कीको ‘मास्टर्नी’ को कमाइ ४० लाख
    बालेन सरकारको नीतिमाथि बढ्दै चुनौती
    स्वास्थ्य–शिक्षाको ३% समता कर फिर्ता, जनताको विश्वास र अपेक्षाअनुसार सरकार चल्छ: प्रधानमन्त्री

    Facebook Page

    लोकप्रिय

    • १.
      करदाता प्रोत्साहन उपहार कार्यक्रम तत्काललाई स्थगित

    • २.
      मुख्य प्रभावितक्षेत्र टिमुरेमा ६० शव फेला

    • ३.
      बाढी प्रभावित क्षेत्रमा १२ ड्रोन र पाँच तालिम प्राप्त कुकुर प्रयोग

    • ४.
      भोटेकोशी बाढी: मृत्यु हुनेको संख्या ९८७ पुग्यो, ३९ सय १६ जना सम्पर्कविहीन

    • ५.
      बाढी प्रभावितका लागि सरकारले १ अर्ब रूपैयाँ राहत दिने

    • ६.
      एसीसी प्रिमियर कपमा नेपालको लगातार दोस्रो जित

    भर्खरै

    • १.
      जलविद्युत आयोजनाको सुरुङमा १२१ जना मात्रै फसेको सेनाको दाबी

    • २.
      ‘पार्वती’ को कमाइ डेढ करोडभन्दा बढी

    • ३.
      सेनाले भन्यो: सुरुङ पुरै ‘ब्रेक थ्रु’ नभएसम्म खोजी गर्छौं

    • ४.
      बिच भलिबलमा रजत जितेको टोली स्वदेश फर्कियो

    • ५.
      कृष्णभीर पहिरोको प्रभाव: चुलिँदै ग्यास अभाव

    • ६.
      भोटेकोसी बाढीमा मृत्यु हुनेको संख्या १३ सय ५५ पुग्यो

    • ७.
      राष्ट्रपति पौडेल पुगे भोटेकोशी बाढी प्रभावित क्षेत्र अवलोकन गर्न

    • ८.
      रविलाई के भने अमेरिकी विदेशमन्त्रीले ?

    हाम्रो बारेमा

    www.newsexpressnepal.com

    सूचना विभाग दर्ता नं.
    ३७७२-२०७९/८०

    • X

    हाम्रो टीम

    अध्यक्ष
    मिलन सिंह

    ब्यबस्थापक

    साजन बि. क

    सम्पादक
    सुजन पाख्रिन
    संवाददाता    
    पिंकला कार्की

    संवाददाता 

    दिया कार्की

    Team Details

    सम्पर्क

    सम्पर्क
    ९८६९६८९६९१ /९८२१२५१६०२
    ठेगाना
    कोटेश्वर ३२
    ईमेल
    newsexpresstv078@gmail.com

    info.newsexpress09@gmail.com

    Marketing

    marketingnewsexpress@gmail.com

    Copyright ©2026 News Express Nepal | All rights Reserved.
     Website By :  nwTech.