काठमाडौँ । विश्व चर्चित माइक्रो ब्लगिङ प्लेटफर्म ट्वीटरले पैसा नतिर्ने अकाउन्टको ब्लु टिक हटाउन थालेको छ । बिहीबार रातिदेखि पैसा नतिर्ने सम्पूर्ण भेरिफाइड अकाउन्टको ब्लु टिक हटाइएको हो । विश्वभरका नेता, अभिनेता, पत्रकार, गायक लगायत चर्चित व्यक्तित्वहरूको अकाउन्टबाट ब्लु टिक हटेको बीबीसीले जनाएको छ ।
१२ अप्रिलमा मात्र ट्वीटरका मालिक इलोन मस्कले २० अप्रिलबाट मासिक शुल्क नतिर्ने अकाउन्टबाट ब्लु टिक हट्ने बताउनु भएको थियो ।