का७माडौँ । शुक्रबार नेपाली बजारमा सुनको मूल्य बढेको छ भने चाँदीको मूल्य स्थिर रहेको छ । बिहीबार प्रतितोला पाँच सय रुपैयाँ घटेको सुनको भाउ आज प्रतितोला चार सय रुपैयाँ बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार छापावाल सुन प्रतितोला एक लाख १० हजार दुई सय रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख नौ हजार ६५० रुपैयाँमा कारोबार भइरहेको छ ।
बिहीबार छापावाल सुन प्रतितोला एक लाख नौ हजार आठ सय रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख नौ हजार तीन सय रुपैयाँमा कारोबार भएको थियो । त्यसैगरी, शुक्रबार चाँदीको मूल्य भने स्थिर रहेको। आज चाँदी प्रतितोला १४ सय ४५ रुपैयाँमा कारोबार भइरहेको छ । बिहीबार पनि चाँदी सोही मूल्यमा किनबेच भएको थियो । आज अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंस २ हजार अमेरिकी डलरमा कारोबार भइरहेको छ ।