• समाचार
  • राजनीति
  • स्थानिय सरकार
  • मनोरञ्जन
  • स्वास्थ्य
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • खेलकुद
  • अन्तर्वार्ता
  • भिडियो
  • Unicode
  • थप
    • युवा उद्दमि
    • समाज
    • साहित्य
    • फिचर
    • अन्तराष्ट्रिय
    • प्रविधि
    • ePaper
×
मङ्गलबार, भदौ २३, २०८३
    • समाचार
    • राजनीति
    • स्थानिय सरकार
    • मनोरञ्जन
    • स्वास्थ्य
    • प्रदेश
      • कोशी
      • मधेश
      • वाग्मती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • खेलकुद
    • अन्तर्वार्ता
    • भिडियो
    • Unicode
    • थप
      • युवा उद्दमि
      • समाज
      • साहित्य
      • फिचर
      • अन्तराष्ट्रिय
      • प्रविधि
      • ePaper

भर्खरै

जलविद्युत आयोजनाको सुरुङमा १२१ जना मात्रै फसेको सेनाको दाबी

‘पार्वती’ को कमाइ डेढ करोडभन्दा बढी

सेनाले भन्यो: सुरुङ पुरै ‘ब्रेक थ्रु’ नभएसम्म खोजी गर्छौं

बिच भलिबलमा रजत जितेको टोली स्वदेश फर्कियो

कृष्णभीर पहिरोको प्रभाव: चुलिँदै ग्यास अभाव

भोटेकोसी बाढीमा मृत्यु हुनेको संख्या १३ सय ५५ पुग्यो

राष्ट्रपति पौडेल पुगे भोटेकोशी बाढी प्रभावित क्षेत्र अवलोकन गर्न

रविलाई के भने अमेरिकी विदेशमन्त्रीले ?

काठमाडौँमा १६१ शव आउँदा २३ मात्र पहिचान

लोकप्रिय समाचार

  • १. करदाता प्रोत्साहन उपहार कार्यक्रम तत्काललाई स्थगित

  • २. मुख्य प्रभावितक्षेत्र टिमुरेमा ६० शव फेला

  • ३. बाढी प्रभावित क्षेत्रमा १२ ड्रोन र पाँच तालिम प्राप्त कुकुर प्रयोग

  • ४. भोटेकोशी बाढी: मृत्यु हुनेको संख्या ९८७ पुग्यो, ३९ सय १६ जना सम्पर्कविहीन

  • ५. बाढी प्रभावितका लागि सरकारले १ अर्ब रूपैयाँ राहत दिने

  • ६. एसीसी प्रिमियर कपमा नेपालको लगातार दोस्रो जित

  • ७. सांसद भरत खड्का संसद् बैठकमै ढले

  • ८. रसुवा बाढीमा पर्यटन क्षेत्रमा मात्रै ५० अर्ब बढीको क्षति

  • ९. मन भक्कानिँदा पनि विलौना गर्ने समय छैन: प्रधानमन्त्री

  • १०. चीनले नेपाललाई हिमतालको जोखिमसँगै मौसमसम्बन्धी सूचना दिने

बाजुरा जिल्ला स्तरीय प्रगति समीक्षा कार्यक्रम सम्पन्न


  •   बिहिबार, चैत २६, २०८२ मा प्रकाशित
  • बाजुरा । बाजुरा जिल्ला स्तरीय प्रगति समीक्षा कार्यक्रम सम्पन्न भएको छ । बुधबार एक औंपचारीक कार्यक्रमका बिच बडी मालिका नगरपालिकाको सभा हलमा आयोजित उक्त वार्षिक प्रगति समीक्षा कार्यक्रम सम्पन्न भएको हो ।

    Advertisement

    सङ्घ र प्रदेश अन्तर्गतका सम्पूर्ण कार्यालयका कार्यालय प्रमुख, राजनीतिक दलका प्रमुख लगायतको उपस्थितमा उक्त कार्यक्रम सम्पन्न गरिएको हो । जिल्ला समन्वय समिति बाजुराका प्रमुख तुलसीराम रोकायाको अध्यक्षतामा सञ्चालन भएको कार्यक्रममा प्रमुख जिल्ला अधिकारी डोरेन्द्र निरौला,नेपाली कांग्रेस बाजुराका उपसभापति पदम बडुवाल,नेकपा एमाले जिल्ला कमिटी बाजुराका सचिव काँशी विक लगायतको उपस्थिति थियो ।

    त्यस्तै विभिन्न पार्टीका प्रमुख एवम् प्रतिनिधि,विभिन्न सङ्घ तथा प्रदेश कार्यालयका कार्यालय प्रमुख,सुरक्षाकर्मी लगायत पत्रकारको उपस्थिति रहेको थियो ।जिल्ला स्थित सङ्घ तथा प्रदेश मातहतका कार्यालयहरूका कार्यालय प्रमुखहरूले गत आर्थिक वर्ष २०८१/८२ र ०८२/०८३ को हालसम्म कार्यालयले गरेका कार्यक्रमहरूको प्रगति विवरण प्रस्तुति गरेका थिए ।

    कार्यक्रममा बोल्दै समन्वय प्रमुख तुलसीराम रोकायाले समन्वय समिति बाजुरा सबैमा समन्वयकारी भूमिका निर्वाह गरी अघि बढिरहेको बताएका थिए । कार्यालयले गरेका काम,कर्तव्य र प्रगतिलाई आगामी दिनहरूमा थप सुधार गर्दै लैजानुपर्नेमा जोड दिए । उनले प्रगति समीक्षा कार्यक्रम ढिलो भएकोमा क्षमा याचना समेत गरे ।

    कार्यक्रममा कतिपय कार्यालय र राजनीतिक दलहरूका प्रमुख एवम् प्रतिनिधि उपस्थित नहुनुमा उनले दुस्ख व्यक्त समेत गरेका हुन् । अनुपस्थित कार्यालयहरूले जिम्मेवार बन्नुपर्ने बताउँदै आगामी दिनका कार्यक्रमहरूमा सबैको उपस्थित रहने विश्वास व्यक्त गरे । बाजुरा जिल्लाको समग्र विकाशको लागी सञ्चालन गरिएका साझा कार्यक्रममा सबैको अनिवार्य उपस्थिति हुनु नै महत्त्वपूर्ण उपलब्धि हुने जिकिर गरेका हुन् ।

    त्यस्तै प्रमुख जिल्ला अधिकारी डोरेन्द्र निरौलाले समग्र बाजुरा जिल्लाको विकासमा दीर्घकालीन फाइदा हुने क्रियाकलाप सञ्चालन गर्न आवश्यक रहेको बताउँदै जिल्लास्थित सम्पूर्ण कार्यलयहरुले आपसी समन्वय,र सहकार्यका साथ अघि बढ्नुपर्नेमा जोड दिए ।

    सबैको साथ सहयोग र समन्वयकारी भूमिकाले अगाडि बढेको खण्डमा मात्रै राम्रो उपलब्धि हुने हुँदा समन्वय र सहकार्यलाई आत्मसात् गर्न आवश्यक रहेको उनले बताएका हुन्। सम्पूर्ण कार्यालयहरूले समग्र जिल्लाको विकास,कार्यालयको मान,मर्यादा र गरिमा बढाउने गरी काम गर्नुपर्ने जिकिर गरेका हुन् ।

    प्रगति समीक्षा कार्यक्रममा ३४ कार्यालयको उपस्थिति रहेको थियो । जसमा ३० सरकारी कार्यालय र ४ गैरसरकारी कार्यालय रहेको थिए।त्यस्तै ७ कार्यालय भने अनुपस्थित थिए।अनुपस्थित कार्यालयहरूमा जलस्रोत तथा सिचाइ सव डिभिजन,खानेपानी,घरेलु तथा साना उद्योग,सामाजिक विकास,कार्यालय,स्वास्थ्य बिमा बोर्ड,निर्वाचन कार्यालय र खेलकुद विकास समितिको कार्यालय रहेका छन् ।

    लाखौका कार्यक्रमहरू सञ्चालन गर्ने तर कार्यक्रममा उपस्थिति नहुने कार्यालयहरूलाई समन्वयले उच्च निगरानीमा राख्ने जिल्ला समन्वय समिति बाजुरामा निमित्त समन्वय अधिकारी दीपेन्द्र पाण्डेले जानकारी दिए । समग्र बाजुराको विकासमा सही र सकारात्मक तरिकाले अघि बढ्न स्थानीय तहसँग समेत असल अभ्यास कार्यक्रम भइसकेको पाण्डेले जानकारी दिनु भएको छ । प्रगति समीक्षा कार्यक्रमको सञ्चालन रामचन्द्र पाण्डेले गरेका थिए ।

    बिहिबार, चैत २६, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    जलविद्युत आयोजनाको सुरुङमा १२१ जना मात्रै फसेको सेनाको दाबी
    सेनाले भन्यो: सुरुङ पुरै ‘ब्रेक थ्रु’ नभएसम्म खोजी गर्छौं
    बिच भलिबलमा रजत जितेको टोली स्वदेश फर्कियो
    कृष्णभीर पहिरोको प्रभाव: चुलिँदै ग्यास अभाव
    भोटेकोसी बाढीमा मृत्यु हुनेको संख्या १३ सय ५५ पुग्यो
    राष्ट्रपति पौडेल पुगे भोटेकोशी बाढी प्रभावित क्षेत्र अवलोकन गर्न

    Facebook Page

    लोकप्रिय

    • १.
      करदाता प्रोत्साहन उपहार कार्यक्रम तत्काललाई स्थगित

    • २.
      मुख्य प्रभावितक्षेत्र टिमुरेमा ६० शव फेला

    • ३.
      बाढी प्रभावित क्षेत्रमा १२ ड्रोन र पाँच तालिम प्राप्त कुकुर प्रयोग

    • ४.
      भोटेकोशी बाढी: मृत्यु हुनेको संख्या ९८७ पुग्यो, ३९ सय १६ जना सम्पर्कविहीन

    • ५.
      बाढी प्रभावितका लागि सरकारले १ अर्ब रूपैयाँ राहत दिने

    • ६.
      एसीसी प्रिमियर कपमा नेपालको लगातार दोस्रो जित

    भर्खरै

    • १.
      जलविद्युत आयोजनाको सुरुङमा १२१ जना मात्रै फसेको सेनाको दाबी

    • २.
      ‘पार्वती’ को कमाइ डेढ करोडभन्दा बढी

    • ३.
      सेनाले भन्यो: सुरुङ पुरै ‘ब्रेक थ्रु’ नभएसम्म खोजी गर्छौं

    • ४.
      बिच भलिबलमा रजत जितेको टोली स्वदेश फर्कियो

    • ५.
      कृष्णभीर पहिरोको प्रभाव: चुलिँदै ग्यास अभाव

    • ६.
      भोटेकोसी बाढीमा मृत्यु हुनेको संख्या १३ सय ५५ पुग्यो

    • ७.
      राष्ट्रपति पौडेल पुगे भोटेकोशी बाढी प्रभावित क्षेत्र अवलोकन गर्न

    • ८.
      रविलाई के भने अमेरिकी विदेशमन्त्रीले ?

    हाम्रो बारेमा

    www.newsexpressnepal.com

    सूचना विभाग दर्ता नं.
    ३७७२-२०७९/८०

    • X

    हाम्रो टीम

    अध्यक्ष
    मिलन सिंह

    ब्यबस्थापक

    साजन बि. क

    सम्पादक
    सुजन पाख्रिन
    संवाददाता    
    पिंकला कार्की

    संवाददाता 

    दिया कार्की

    Team Details

    सम्पर्क

    सम्पर्क
    ९८६९६८९६९१ /९८२१२५१६०२
    ठेगाना
    कोटेश्वर ३२
    ईमेल
    newsexpresstv078@gmail.com

    info.newsexpress09@gmail.com

    Marketing

    marketingnewsexpress@gmail.com

    Copyright ©2026 News Express Nepal | All rights Reserved.
     Website By :  nwTech.