काठमाडौँ । लागुऔषध नियन्त्रण व्यूरोले १ किलो ८० ग्राम कोकिनसहित दुई विदेशी नागरिकलाई पक्राउ गरी सार्वजनिक गरेको छ । पक्राउ पर्नेहरूमा भारतको उत्तर प्रदेशस्थित अलिगढ २०२००१ ठेगाना भएका ५१ वर्षीय रवीन्द्र कुमार परासर र केन्याली नागरिक ६३ वर्षीय पिलिसिला वान्जा एन्डिरितु रहनु भएको छ ।
व्युरोका प्रवक्ता एसपी चक्रराज जोशीका अनुसार भारतीय नागरिक रवीन्द्रलाई मंगलबार कोकिनसहित ठमेलको एक होटलबाट पक्राउ गरिएको थियो । लागु औषधको कारोबार हुन लागेको सूचनाका आधारमा व्युरोबाट खटिएको टोली मंगलबार बिहान ९ बजे ठमेलस्थित रवीन्द्र बसेको होटलमा पुगेको थियो ।खानतलासीको क्रममा कपडाको झोलाभित्र राखिएको लेडिज ब्यागमा फल्स बटम बनाइ लुकाएर राखिएको अवस्थामा १ किलो ८० ग्राम कोकिन बरामद भएको एसपी जोशीले जानकारी दिनु भयो ।