काठमाडाैं । मौसम पूर्वानुमान महाशाखाले गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भूभागका थोरै स्थान र बाँकी पहाडी भूभागका १ वा २ स्थानमा मेघगर्जन, चट्याङसहित हल्का वा क्षणिक वर्षाको सम्भावना रहेको जनाएको छ । बिहीवार बिहान मौसम पूर्वानुमान बुलेटिन जारी गर्दै महाशाखाले तराईका केही स्थानमा हावाहुरीको सम्भावना समेत रहेकाले मेघगर्जन, चट्याङ, हावाहुरीबाट हुनसक्ने क्षति अथवा जोखिमबाट बच्न आवश्यक सतर्कता अपनाउन अनुरोध गरेको छ ।
हाल देशमा स्थानीय वायुका साथै पश्चिमी वायुको प्रभाव रहेको छ । सुदूरपश्चिम प्रदेश लगायत गण्डकी र कर्णाली प्रदेशका पहाडी भूभागमा आंशिकदेखि सामान्यतया बदली रही देशका बाँकी भूभागको मौसम सामान्यतया सफा रहेको महाशाखाले जनाएको छ । बिहीवार दिउँसो देशका सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, लुम्बिनी प्रदेश र गण्डकी प्रदेश लगायत अन्य पहाडी भूभागमा आंशिकदेखि सामान्यतया बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने छ । गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागका थोरै स्थान तथा बागमती र कोशी प्रदेशका पहाडी भूभागका १ वा २ स्थानमा मेघगर्जन, चट्याङसहित हल्काक्षणिक वर्षाको सम्भावना रहेको छ ।
बिहीवार राति देशका सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, लुम्बिनी प्रदेश र गण्डकी प्रदेश लगायत अन्य पहाडी भूभागमा आंशिकदेखि सामान्यतया बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने छ । गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भूभागका थोरै स्थान तथा बागमती र कोशी प्रदेशका पहाडी भूभागका १ वा २ स्थानमा मेघगर्जन, चट्याङसहित हल्का/क्षणिक वर्षाको सम्भावना रहेको छ । मधेश र कोशी प्रदेशका तराईका केही स्थानमा हावाहुरीको सम्भावना रहेको महाशाखाले जनाएको छ ।