• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • स्वास्थ्य
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • भिडियो
  • साहित्य
  • Unicode
  • ePaper
×
आइतबार, चैत २९, २०८२
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • स्वास्थ्य
    • प्रदेश
      • कोशी
      • मधेश
      • वाग्मती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • भिडियो
    • साहित्य
    • Unicode
    • ePaper

भर्खरै

सुनचाँदीको मूल्य बढ्यो

काठमाडौं महानगरद्वारा अपाङ्गता र पुनस्थापना आवश्यक भएका व्यक्तिको उद्धार र व्यवस्थापनका विषयमा छलफल

संघीयताको मर्म अनुरूप अधिकार र स्रोतको बाँडफाँड नभएको गुनासो

कर्णालीको हवाई सास्ती : करोडौँका विमानस्थल घाँसे मैदान, राजधानीसँगै छैन सिधा सम्पर्क

मोहीप्रति आकर्षण बढेकाले वाह्य पेय पदार्थको बजार घटेको छ : प्रल्हाद दाहाल

अमेरिका र इरानबीच भएको २१ घण्टा लामो वार्ता ठोस सहमति बिना नै टुङ्गियो

नेकपाद्वारा उपसभामुख पदको उम्मेदवार रुबीकुमारी ठाकुरलाई समर्थन

रुबीकुमारी ठाकुरलाई ‘बहिनी’ भनेर गरिएको सम्बोधन रेकर्डबाट हटाउन हर्क साम्पाङको माग

उपसभामुख निर्वाचनमा एमालेको नो भोट

लोकप्रिय समाचार

  • १. जर्मन होम्स् होटलको ‘न्यू इयर इभ सेलिब्रेसन २०८३’ मा गुन्जिँदै गायक विश्व नेपाली

  • २. संसद बाहिर सांसद : गृहमन्त्रीमाथि पनि छानविन हुनुपर्छ, मल उत्पादन नेपालमै गरौं

  • ३. ९ वर्षको प्रतिक्षा : चाँदी नदीको पुल अधुरै, गैंडाटारवासीको पिडा कसले बुझ्ने

  • ४. मध्यपूर्व द्वन्द्व : ८८ हजारभन्दा बढी नेपालीको विवरण संकलन, उद्धार तयारीमा सरकार

  • ५. डिजिटल कृषि बीमा र बजेटमा विशेष ध्यानको माग

  • ६. ७ सालदेखिका हरेक जनआन्दोलन सम्बन्धी फाइल खोल्न सांसद बरालको सरकारसँग माग

  • ७. महानगरको एक्सन : पुतलीसडकदेखि नबिल बैंक अगाडिसम्म तार र ब्यानर हटाइयो

  • ८. सुदूरपश्चिम प्रदेशको उद्योग मन्त्रालयको जिम्मेवारी शिवराज भट्टलाई

  • ९. एउटै विद्यालयमा एकपटक भर्ना भएपछि पटक-पटक भर्ना शुल्क लिन नपाइने

  • १०. जेनजी आन्दोलनपछि विस्थापित कोशी प्रदेशसभाः दुई महिमा १५ बैठक, आमसञ्चार विधेयक सर्वसम्मत पारित

चीनले भित्रभित्रै परमाणु पूर्वाधार विस्तार गरेपछि अमेरिका चिन्तित


  •   बिहिबार, चैत १९, २०८२ मा प्रकाशित
  • काठमाडौं । विश्वव्यापी रूपमा परमाणु हतियार नियन्त्रण सम्बन्धी सम्झौताहरू कमजोर बन्दै गइरहेका बेला चीनले आफ्नो परमाणु हतियारसम्बन्धी पूर्वाधारलाई तीव्र रूपमा विस्तार गरिरहेको भन्दै अमेरिका चनाखो बनेको छ ।

    Advertisement

    अमेरिकी सञ्चारमाध्यम सीएनएनको रिपोर्टअनुसार चीनले सार्वजनिक रूपमा न्यून प्रोफाइल कायम राखे पनि आन्तरिक रूपमा भने ठूला स्तरमा रणनीतिक निर्माण कार्य अघि बढाइरहेको देखिएको छ । जसले अमेरिकालाई चिन्तित तुल्याएको छ ।

    रिपोर्टका अनुसार चीनले नयाँ अन्तरमहादेशीय ब्यालिस्टिक क्षेप्यास्त्र (ICBM) राख्न सकिने पुर्वाधारहरू निर्माण गरिरहेको छ भने भूमिगत संरचनाहरू, भण्डारण केन्द्र र परीक्षण पूर्वाधार पनि विस्तार गरिरहेको छ। यी गतिविधिहरू प्रायः दुर्गम क्षेत्रहरूमा भइरहेको र उच्च गोपनीयताका साथ सञ्चालन गरिएको अमेरिकाको आशंका छ ।

    अमेरिकी विशेषज्ञहरूका अनुसार यस्तो विस्तारले चीनको परमाणु क्षमतामा उल्लेख्य वृद्धि हुने देखिन्छ, जसले अमेरिका र अन्य पश्चिमी शक्तिहरूसँगको रणनीतिक सन्तुलनमा असर पार्न सक्छ ।

    पछिल्ला वर्षहरूमा अमेरिका र रुसबीच भएका केही प्रमुख हतियार नियन्त्रण सम्झौताहरू कमजोर हुँदै जाँदा चीनले त्यसको फाइदा उठाउँदै आफ्नो क्षमता सुदृढ गरिरहेको विश्लेषण अमेरिकी अधिकारीहरूको छ ।

    सीएनएनको रिपोर्टले यो पनि औंल्याएको छ कि चीनले आफ्नो परमाणु नीति औपचारिक रूपमा ‘न्यूनतम प्रतिरोध क्षमता’ मा आधारित रहेको बताउँदै आएको छ, तर भौतिक पूर्वाधारको विस्तारले त्यस नीतिमाथि प्रश्न उठाउन थालेको छ।

    अमेरिकी अधिकारीहरूले चीनको यस्तो गतिविधिप्रति चिन्ता व्यक्त गर्दै पारदर्शिता बढाउन आग्रह गरेका छन्। तर, बेइजिङले भने आफ्नो रक्षा नीति र तयारीलाई ‘रक्षात्मक’ भएको दाबी गर्दै आएको छ।

    विश्लेषकहरूका अनुसार यदि प्रमुख शक्तिहरूबीच हतियार नियन्त्रणको नयाँ ढाँचा नबनेमा विश्व फेरि परमाणु हतियार प्रतिस्पर्धाको नयाँ चरणतर्फ धकेलिन सक्ने जोखिम बढ्दै गएको छ । उसै पनि इरानमाथिको हमलाबाट रक्षात्मक बनिरहेको र महँगो युद्धमा फसिरहेको अमेरिकालाई चीनको परमाणु विस्तारले झस्काएको छ ।

    बिहिबार, चैत १९, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    संघीयताको मर्म अनुरूप अधिकार र स्रोतको बाँडफाँड नभएको गुनासो
    कर्णालीको हवाई सास्ती : करोडौँका विमानस्थल घाँसे मैदान, राजधानीसँगै छैन सिधा सम्पर्क
    अमेरिका र इरानबीच भएको २१ घण्टा लामो वार्ता ठोस सहमति बिना नै टुङ्गियो
    नेकपाद्वारा उपसभामुख पदको उम्मेदवार रुबीकुमारी ठाकुरलाई समर्थन
    रुबीकुमारी ठाकुरलाई ‘बहिनी’ भनेर गरिएको सम्बोधन रेकर्डबाट हटाउन हर्क साम्पाङको माग
    उपसभामुख निर्वाचनमा एमालेको नो भोट

    Facebook Page

    लोकप्रिय

    • १.
      जर्मन होम्स् होटलको ‘न्यू इयर इभ सेलिब्रेसन २०८३’ मा गुन्जिँदै गायक विश्व नेपाली

    • २.
      संसद बाहिर सांसद : गृहमन्त्रीमाथि पनि छानविन हुनुपर्छ, मल उत्पादन नेपालमै गरौं

    • ३.
      ९ वर्षको प्रतिक्षा : चाँदी नदीको पुल अधुरै, गैंडाटारवासीको पिडा कसले बुझ्ने

    • ४.
      मध्यपूर्व द्वन्द्व : ८८ हजारभन्दा बढी नेपालीको विवरण संकलन, उद्धार तयारीमा सरकार

    • ५.
      डिजिटल कृषि बीमा र बजेटमा विशेष ध्यानको माग

    • ६.
      ७ सालदेखिका हरेक जनआन्दोलन सम्बन्धी फाइल खोल्न सांसद बरालको सरकारसँग माग

    भर्खरै

    • १.
      सुनचाँदीको मूल्य बढ्यो

    • २.
      काठमाडौं महानगरद्वारा अपाङ्गता र पुनस्थापना आवश्यक भएका व्यक्तिको उद्धार र व्यवस्थापनका विषयमा छलफल

    • ३.
      संघीयताको मर्म अनुरूप अधिकार र स्रोतको बाँडफाँड नभएको गुनासो

    • ४.
      कर्णालीको हवाई सास्ती : करोडौँका विमानस्थल घाँसे मैदान, राजधानीसँगै छैन सिधा सम्पर्क

    • ५.
      मोहीप्रति आकर्षण बढेकाले वाह्य पेय पदार्थको बजार घटेको छ : प्रल्हाद दाहाल

    • ६.
      अमेरिका र इरानबीच भएको २१ घण्टा लामो वार्ता ठोस सहमति बिना नै टुङ्गियो

    • ७.
      नेकपाद्वारा उपसभामुख पदको उम्मेदवार रुबीकुमारी ठाकुरलाई समर्थन

    • ८.
      रुबीकुमारी ठाकुरलाई ‘बहिनी’ भनेर गरिएको सम्बोधन रेकर्डबाट हटाउन हर्क साम्पाङको माग

    हाम्रो बारेमा

    www.newsexpressnepal.com

    सूचना विभाग दर्ता नं.
    ३७७२-२०७९/८०

    • X

    हाम्रो टीम

    अध्यक्ष
    मिलन सिं परियार

    प्रबन्ध निर्देशक
    जिवन कुमार अधिकारी

    ब्यबस्थापक

    साजन बि. क

    सम्पादक
    सुजन पाख्रिन
    संवाददाता    
    पिंकला कार्की

    संवाददाता 

    दिया कार्की

    Team Details

    सम्पर्क

    सम्पर्क
    ९८६९६८९६९१ /९८२१२५१६०२
    ठेगाना
    कोटेश्वर ३२
    ईमेल
    newsexpresstv078@gmail.com

    info.newsexpress09@gmail.com

    Marketing

    marketingnewsexpress@gmail.com

    Copyright ©2026 News Express Nepal | All rights Reserved.
     Website By :  nwTech.