• समाचार
  • राजनीति
  • स्थानिय सरकार
  • मनोरञ्जन
  • स्वास्थ्य
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • खेलकुद
  • अन्तर्वार्ता
  • भिडियो
  • Unicode
  • थप
    • युवा उद्दमि
    • समाज
    • साहित्य
    • फिचर
    • अन्तराष्ट्रिय
    • प्रविधि
    • ePaper
×
आइतबार, भदौ २१, २०८३
    • समाचार
    • राजनीति
    • स्थानिय सरकार
    • मनोरञ्जन
    • स्वास्थ्य
    • प्रदेश
      • कोशी
      • मधेश
      • वाग्मती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • खेलकुद
    • अन्तर्वार्ता
    • भिडियो
    • Unicode
    • थप
      • युवा उद्दमि
      • समाज
      • साहित्य
      • फिचर
      • अन्तराष्ट्रिय
      • प्रविधि
      • ePaper

भर्खरै

बेपत्ता व्यक्तिलाई १२ वर्षसम्म मृत मान्न नसक्ने कानुन गर्नुपर्ने देखियो: सभापति थापा

यसरी भइरहेको छ पाँचवटा टनेलमा खोज तथा उद्धार

तत्काल मनास्लु र लार्केपास यात्रा नगर्न प्रशासनको आग्रह

३ दिनमा काठमाडौँ भित्रियो ८८ हजार ग्यास सिलिन्डर

साउदीलाई हराउँदै नेपाल एसीसी प्रिमियर कपको सेमिफाइनलमा

गृहमन्त्रीले गरे जेनजी पार्क शिलान्यास

जोहेइरी मोला बनिन् ‘मिस वर्ल्ड २०२६’

रसुवामा हैजाविरुद्ध २१ हजार डोज खोप पठाइयो

भोटेकोशी बाढीमा अझै चार हजार ४४ जना अझै बेपत्ता

लोकप्रिय समाचार

  • १. रसुवा बाढीपीडितको साथमा फिटवेल : मनोज भारतीले गरे लाखौँको कपडा–जुत्ता सहयोग

  • २. मुख्य प्रभावितक्षेत्र टिमुरेमा ६० शव फेला

  • ३. प्राधिकरणले भन्यो: रसुवा बाढीका बेपत्ताहरूको संख्या यकिन गर्न मुस्किल छ

  • ४. बाढी प्रभावित क्षेत्रमा १२ ड्रोन र पाँच तालिम प्राप्त कुकुर प्रयोग

  • ५. भोटेकोशी बाढी: मृत्यु हुनेको संख्या ९८७ पुग्यो, ३९ सय १६ जना सम्पर्कविहीन

  • ६. करदाता प्रोत्साहन उपहार कार्यक्रम तत्काललाई स्थगित

  • ७. एसीसी प्रियमियर कपमा नेपालको विजयी सुरुआत

  • ८. सांसद भरत खड्का संसद् बैठकमै ढले

  • ९. बाढी प्रभावित क्षेत्रका विद्यालय अनिश्चितकालीन बन्द

  • १०. चीनले नेपाललाई हिमतालको जोखिमसँगै मौसमसम्बन्धी सूचना दिने

रसुवा बाढीपीडितको साथमा फिटवेल : मनोज भारतीले गरे लाखौँको कपडा–जुत्ता सहयोग


  •   सोमबार, भदौ १५, २०८३ मा प्रकाशित
  • काठमाडौं । विपत्तिमा परेका नागरिकको पीडामा मलम लगाउन उद्योगी तथा व्यवसायी मनोज भारती फेरि अग्रसर भएका छन्। फिटवेल गार्मेन्ट उद्योग प्रा.लि.का सञ्चालक भारतीले रसुवाका बाढी तथा पहिरो प्रभावित परिवारका लागि लाखौँ रुपैयाँ बराबरका लत्ताकपडा, जुत्ता तथा अन्य आवश्यक सामग्री सहयोग गरेका हुन्।

    Advertisement

    आफूसँग भएको स्रोतसाधनलाई संकटमा परेका नागरिकको हितमा प्रयोग गर्नुपर्छ भन्ने मान्यता राख्ने भारतीले यसअघि पनि विभिन्न विपत्तिका बेला सहयोग गर्दै आएका छन्। कोभिड–१९ महामारीदेखि विनाशकारी भूकम्पसम्मका कठिन परिस्थितिमा उनले व्यक्तिगत तथा व्यावसायिक स्रोतबाट पीडितलाई सहयोग गरेका थिए।

    यसपटक पनि प्राकृतिक विपत्तिले नागरिकको जनजीवन प्रभावित भइरहेका बेला भारती राहत सामग्रीसहित पीडितको साथमा उभिएका हुन्।

    फिटवेल गार्मेन्ट उद्योग प्रा.लि. र खराउ सुज इन्डस्ट्रिज प्रा.लि.द्वारा उत्पादित राहत सामग्री काठमाडौंको सामाखुसीस्थित विपद् व्यवस्थापन कार्यालयमा हस्तान्तरण गरिएको छ। भारतीले कार्यालयमै पुगेर गृहमन्त्रीका स्वकीय सचिव जेन्स कार्कीलाई बाढी तथा पहिरो प्रभावित नागरिकका लागि ट्र्याकसुट, गेम ड्रेस, स्पोर्ट्स जुत्ता, टी–सर्ट, ट्राउजर र विन्डसिटरलगायतका सामग्री हस्तान्तरण गरेका हुन्।

    हस्तान्तरण गरिएका सामग्री रसुवाका बाढी तथा पहिरो प्रभावित परिवारसम्म पुर्‍याउने उद्देश्य राखिएको छ।

    बाढी तथा पहिरोका कारण कतिपय परिवारले घरबार गुमाएका छन् भने कतिपय परिवार आफन्त गुमाउनुको पीडामा छन्। यस्तो अवस्थामा राहतका रूपमा खाद्यान्न र बसोबासको व्यवस्था जत्तिकै दैनिक प्रयोगमा आउने कपडा तथा जुत्ताको पनि आवश्यकता पर्ने भएकाले त्यसलाई ध्यानमा राखेर सहयोग गरिएको भारतीले बताएका छन्।

    विपत्तिमा परेका परिवारको अवस्थालाई नजिकबाट महसुस गर्दै आफ्नै उद्योगमा उत्पादित सामग्री पीडितसम्म पुर्‍याउने पहल गरिएको उनको भनाइ छ।

    भारतीका लागि यो सहयोग केवल राहत वितरणमा सीमित छैन। उनले व्यवसायबाट प्राप्त स्रोतको केही हिस्सा सामाजिक सेवामा लगानी गर्दै आएका छन्। संकटका बेला आफू सुरक्षित भएर बस्नुभन्दा पीडित नागरिकको घरदैलोसम्म सहयोग पुर्‍याउनुपर्छ भन्ने उनको मान्यता छ।

    उनको पछिल्लो सहयोगले विपत्तिमा परेका रसुवाका परिवारलाई तत्काल आवश्यक सामग्री उपलब्ध गराउनुका साथै निजी क्षेत्रको सामाजिक उत्तरदायित्वको एउटा उदाहरणसमेत प्रस्तुत गरेको छ।

    व्यवसायबाट आर्थिक सफलता हासिल गर्नु एउटा पक्ष हो भने त्यही सफलताको केही हिस्सा समाजमा संकटमा परेका नागरिकका लागि खर्च गर्नु अर्को महत्वपूर्ण जिम्मेवारी हो। भारतीको सहयोगले उद्योगी तथा व्यवसायीहरूलाई पनि विपत्तिका बेला आफ्नो सामाजिक उत्तरदायित्व निर्वाह गर्न प्रेरित गर्ने अपेक्षा गरिएको छ।

    • फिटवेल गार्मेन्ट उद्योग प्रा.लि.
    • मनोज भारती
    • रसुवा बाढीपीडित
    सोमबार, भदौ १५, २०८३ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    बेपत्ता व्यक्तिलाई १२ वर्षसम्म मृत मान्न नसक्ने कानुन गर्नुपर्ने देखियो: सभापति थापा
    यसरी भइरहेको छ पाँचवटा टनेलमा खोज तथा उद्धार
    तत्काल मनास्लु र लार्केपास यात्रा नगर्न प्रशासनको आग्रह
    गृहमन्त्रीले गरे जेनजी पार्क शिलान्यास
    भोटेकोशी बाढीमा अझै चार हजार ४४ जना अझै बेपत्ता
    क्यासिनो खेलाएको आरोपमा पालिका अध्यक्ष र इन्स्पेक्टरसहित ८ जना पक्राउ

    Facebook Page

    लोकप्रिय

    • १.
      रसुवा बाढीपीडितको साथमा फिटवेल : मनोज भारतीले गरे लाखौँको कपडा–जुत्ता सहयोग

    • २.
      मुख्य प्रभावितक्षेत्र टिमुरेमा ६० शव फेला

    • ३.
      प्राधिकरणले भन्यो: रसुवा बाढीका बेपत्ताहरूको संख्या यकिन गर्न मुस्किल छ

    • ४.
      बाढी प्रभावित क्षेत्रमा १२ ड्रोन र पाँच तालिम प्राप्त कुकुर प्रयोग

    • ५.
      भोटेकोशी बाढी: मृत्यु हुनेको संख्या ९८७ पुग्यो, ३९ सय १६ जना सम्पर्कविहीन

    • ६.
      करदाता प्रोत्साहन उपहार कार्यक्रम तत्काललाई स्थगित

    भर्खरै

    • १.
      बेपत्ता व्यक्तिलाई १२ वर्षसम्म मृत मान्न नसक्ने कानुन गर्नुपर्ने देखियो: सभापति थापा

    • २.
      यसरी भइरहेको छ पाँचवटा टनेलमा खोज तथा उद्धार

    • ३.
      तत्काल मनास्लु र लार्केपास यात्रा नगर्न प्रशासनको आग्रह

    • ४.
      ३ दिनमा काठमाडौँ भित्रियो ८८ हजार ग्यास सिलिन्डर

    • ५.
      साउदीलाई हराउँदै नेपाल एसीसी प्रिमियर कपको सेमिफाइनलमा

    • ६.
      गृहमन्त्रीले गरे जेनजी पार्क शिलान्यास

    • ७.
      जोहेइरी मोला बनिन् ‘मिस वर्ल्ड २०२६’

    • ८.
      रसुवामा हैजाविरुद्ध २१ हजार डोज खोप पठाइयो

    हाम्रो बारेमा

    www.newsexpressnepal.com

    सूचना विभाग दर्ता नं.
    ३७७२-२०७९/८०

    • X

    हाम्रो टीम

    अध्यक्ष
    मिलन सिंह

    ब्यबस्थापक

    साजन बि. क

    सम्पादक
    सुजन पाख्रिन
    संवाददाता    
    पिंकला कार्की

    संवाददाता 

    दिया कार्की

    Team Details

    सम्पर्क

    सम्पर्क
    ९८६९६८९६९१ /९८२१२५१६०२
    ठेगाना
    कोटेश्वर ३२
    ईमेल
    newsexpresstv078@gmail.com

    info.newsexpress09@gmail.com

    Marketing

    marketingnewsexpress@gmail.com

    Copyright ©2026 News Express Nepal | All rights Reserved.
     Website By :  nwTech.