• समाचार
  • राजनीति
  • स्थानिय सरकार
  • मनोरञ्जन
  • स्वास्थ्य
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • खेलकुद
  • अन्तर्वार्ता
  • भिडियो
  • Unicode
  • थप
    • युवा उद्दमि
    • समाज
    • साहित्य
    • फिचर
    • अन्तराष्ट्रिय
    • प्रविधि
    • ePaper
×
बिहिबार, साउन ०७, २०८३
    • समाचार
    • राजनीति
    • स्थानिय सरकार
    • मनोरञ्जन
    • स्वास्थ्य
    • प्रदेश
      • कोशी
      • मधेश
      • वाग्मती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • खेलकुद
    • अन्तर्वार्ता
    • भिडियो
    • Unicode
    • थप
      • युवा उद्दमि
      • समाज
      • साहित्य
      • फिचर
      • अन्तराष्ट्रिय
      • प्रविधि
      • ePaper

भर्खरै

भूमिमन्त्री रावलको सक्रियता : झापामा १८ परिवारलाई जग्गाधनी प्रमाणपत्र

दोस्रो जितको लक्ष्यसहित आज श्रीलंकासँग भिड्दै नेपाल

बैंकिङ कसुर प्रकरणमा भट्ट र अग्रवाल उच्च अदालतमा, बयान सुरु

अर्ग्यानिक क्षेत्रका व्यवसायीसँग आज प्रधानमन्त्रीको छलफल

जन्तर–मन्तरमा प्रदर्शनको त्रास, दिल्लीका १६ मेट्रो स्टेशन बन्द

दल–दल फेरेका थापा स्काउटको ऐनविपरीत प्रमुख आयुक्त नियुक्त

गणतन्त्रका उपलब्धिमाथि योजनाबद्ध रूपमा झूटो प्रचार गरिएको प्रचण्डको आरोप

संविधान संशोधनका लागि सुझाव संकलन गर्दै नेकपा एमाले

लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृतको नियुक्तिका लागि आज अन्तर्वार्ता

लोकप्रिय समाचार

  • १. निर्दोष ठहरिएका डा. जितेन्द्र परियारलाई फेरि विवादमा तान्ने प्रयास? सिभिल अस्पतालको नियुक्ति रोक्ने प्रयास

  • २. चितवनमा शिक्षामन्त्री सस्मित पोखरेललाई कालोझण्डा, कर फिर्ता गर्न माग गर्दै विद्यार्थीको प्रदर्शन

  • ३. शैक्षिक परामर्श नियमावलीमा सरकारलाई रास्वपाकै केन्द्रीय सदस्यको सुझाव, सभापतिसँग भट्टको गम्भीर छलफल

  • ४. सत्ताका लागि अब सिद्धान्तमा सम्झौता गर्दैनाैँ : गगन थापा

  • ५. भूमिहीनलाई जग्गा दिने प्रक्रिया अघि बढ्यो, सरकारले जारी गर्‍यो ३५ दिने सूचना

  • ६. जलन उपचार सेवामा सुधारको पहल, स्वास्थ्य मन्त्रालयले बनाउँदै नयाँ मापदण्ड

  • ७. सरकारविरुद्ध शैक्षिक परामर्श व्यवसायीको आन्दोलन, नियमावली खारेज गर्न माग

  • ८. सरकारविरुद्ध सडक र संसद् दुवैबाट उत्रिने ओलीको घोषणा !

  • ९. भोजाड सडक अन्धकारमा: सडकबत्ती नहुँदा नागरिक जोखिममा, सामाजिक सञ्जालमा अभियान सुरु

  • १०. कर प्रणालीमा आबद्ध नागरिकलाई लखपति बनाउँदै सरकार

एमालेले ओली पक्राउको विषय संसदमा उठाउने


  •   मङ्गलबार, चैत १७, २०८२ मा प्रकाशित
  • काठमाडौँ । नेकपा एमालेले पार्टी अध्यक्ष केपी शर्मा ओली पक्राउको विषय प्रतिनिधि सभा बैठकमा राख्ने भएको छ । एमालेको मंगलबार बसेको सचिवालय बैठकले संसदमा ओली पक्राउको विरोध गर्दै विषय उठाउने निर्णय गरेको महासचिव शंकर पोखरेलले जानकारी दिए । संघीय संसदको बैठक चैत १९ गतेका लागि बोलाइएको छ ।

    Advertisement

    यस्तै एमालेले पक्राउको विषयमा सडकबाट पनि विरोधका कार्यक्रमलाई निरन्तरता दिने भएको छ ।

    अध्यक्ष ओली पक्राउविरुद्ध यस्ता छन् एमालेको आन्दोलनका कार्यक्रम

    एमालेले ओली र नेपाली कांग्रेसका नेता तथा पूर्व गृहमन्त्री रमेश लेखकमाथि गरिएको गिरफ्तारीलाई ‘असंवैधानिक, गैरकानुनी र प्रतिशोधपूर्ण’ जिकर गरेको छ। सरकारले पूर्वाग्रही ढंगले राजनीतिक प्रतिशोध साँधेको भन्दै एमालेले यसको कानुनी र राजनीतिक रूपमा डटेर सामना गर्ने जनाएको छ।

    यसैगरी शान्तिपूर्ण विरोध प्रदर्शनमा सरकारले अत्यधिक बल प्रयोग गरेको भन्दै एमालेले आपत्ति जनाएको छ। विशेषगरी सुर्खेतको वीरेन्द्रनगरस्थित पार्टीको जिल्ला कार्यालयभित्रै प्रवेश गरी नेता–कार्यकर्तामाथि गरिएको आक्रमण र काठमाडौंमा भएको लाठीचार्जको बैठकले निन्दा गरेको हो। साथै, घाइते सम्पूर्ण नेता तथा कार्यकर्ताहरूको शीघ्र स्वास्थ्य लाभको कामना समेत गरिएको छ।

    सचिवालय बैठकले सरकार गठन लगत्तै सुरु भएका धरपकड र दमनले लोकतन्त्र, मानवअधिकार, प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता र विधिको शासनमाथि गम्भीर खतरा उत्पन्न भएको निष्कर्ष निकालेको छ। महासचिव पोखरेलले भने, ‘सरकार जनादेश विपरीत मुठभेडतर्फ अगाडि बढ्न खोजिरहेको छ। यो बाटो लोकतान्त्रिक प्रणालीका लागि निकै प्रत्युत्पादक हुनेछ।’ एमालेले सरकारी दमनविरुद्ध एकताबद्ध हुन सम्पूर्ण राजनीतिक दल, नागरिक समाज र संघ–संगठनलाई अपिल समेत गरेको छ।

    बैठकले आगामी वैशाख ९ गते पर्ने नेपाल कम्युनिस्ट पार्टीको स्थापना दिवसलाई विभिन्न रचनात्मक कार्यक्रम, विचार गोष्ठी र अन्तरक्रियासहित भव्य रूपमा मनाउने निर्णय गरेको छ।

    त्यसैगरी, भर्खरै सम्पन्न प्रतिनिधिसभा निर्वाचन र त्यसपछिको राजनीतिक परिस्थितिको समीक्षा गर्न तथा सिंगो पार्टी पंक्तिलाई सुव्यवस्थित गरी नेताहरूको जिम्मेवारी बाँडफाँड गर्न निकट भविष्यमै केन्द्रीय कमिटीको बैठक बोलाइने जानकारी दिइएको छ।

    मङ्गलबार, चैत १७, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    भूमिमन्त्री रावलको सक्रियता : झापामा १८ परिवारलाई जग्गाधनी प्रमाणपत्र
    अर्ग्यानिक क्षेत्रका व्यवसायीसँग आज प्रधानमन्त्रीको छलफल
    दल–दल फेरेका थापा स्काउटको ऐनविपरीत प्रमुख आयुक्त नियुक्त
    गणतन्त्रका उपलब्धिमाथि योजनाबद्ध रूपमा झूटो प्रचार गरिएको प्रचण्डको आरोप
    संविधान संशोधनका लागि सुझाव संकलन गर्दै नेकपा एमाले
    आज अर्ग्यानिक संघसँग प्रधानमन्त्री वालेन्द्र शाहको छलफल

    Facebook Page

    लोकप्रिय

    • १.
      निर्दोष ठहरिएका डा. जितेन्द्र परियारलाई फेरि विवादमा तान्ने प्रयास? सिभिल अस्पतालको नियुक्ति रोक्ने प्रयास

    • २.
      चितवनमा शिक्षामन्त्री सस्मित पोखरेललाई कालोझण्डा, कर फिर्ता गर्न माग गर्दै विद्यार्थीको प्रदर्शन

    • ३.
      शैक्षिक परामर्श नियमावलीमा सरकारलाई रास्वपाकै केन्द्रीय सदस्यको सुझाव, सभापतिसँग भट्टको गम्भीर छलफल

    • ४.
      सत्ताका लागि अब सिद्धान्तमा सम्झौता गर्दैनाैँ : गगन थापा

    • ५.
      भूमिहीनलाई जग्गा दिने प्रक्रिया अघि बढ्यो, सरकारले जारी गर्‍यो ३५ दिने सूचना

    • ६.
      जलन उपचार सेवामा सुधारको पहल, स्वास्थ्य मन्त्रालयले बनाउँदै नयाँ मापदण्ड

    भर्खरै

    • १.
      भूमिमन्त्री रावलको सक्रियता : झापामा १८ परिवारलाई जग्गाधनी प्रमाणपत्र

    • २.
      दोस्रो जितको लक्ष्यसहित आज श्रीलंकासँग भिड्दै नेपाल

    • ३.
      बैंकिङ कसुर प्रकरणमा भट्ट र अग्रवाल उच्च अदालतमा, बयान सुरु

    • ४.
      अर्ग्यानिक क्षेत्रका व्यवसायीसँग आज प्रधानमन्त्रीको छलफल

    • ५.
      जन्तर–मन्तरमा प्रदर्शनको त्रास, दिल्लीका १६ मेट्रो स्टेशन बन्द

    • ६.
      दल–दल फेरेका थापा स्काउटको ऐनविपरीत प्रमुख आयुक्त नियुक्त

    • ७.
      गणतन्त्रका उपलब्धिमाथि योजनाबद्ध रूपमा झूटो प्रचार गरिएको प्रचण्डको आरोप

    • ८.
      संविधान संशोधनका लागि सुझाव संकलन गर्दै नेकपा एमाले

    हाम्रो बारेमा

    www.newsexpressnepal.com

    सूचना विभाग दर्ता नं.
    ३७७२-२०७९/८०

    • X

    हाम्रो टीम

    अध्यक्ष
    मिलन सिंह

    ब्यबस्थापक

    साजन बि. क

    सम्पादक
    सुजन पाख्रिन
    संवाददाता    
    पिंकला कार्की

    संवाददाता 

    दिया कार्की

    Team Details

    सम्पर्क

    सम्पर्क
    ९८६९६८९६९१ /९८२१२५१६०२
    ठेगाना
    कोटेश्वर ३२
    ईमेल
    newsexpresstv078@gmail.com

    info.newsexpress09@gmail.com

    Marketing

    marketingnewsexpress@gmail.com

    Copyright ©2026 News Express Nepal | All rights Reserved.
     Website By :  nwTech.