• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • स्वास्थ्य
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • भिडियो
  • साहित्य
  • Unicode
  • ePaper
×
शुक्रबार, बैशाख ०४, २०८३
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • स्वास्थ्य
    • प्रदेश
      • कोशी
      • मधेश
      • वाग्मती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • भिडियो
    • साहित्य
    • Unicode
    • ePaper

भर्खरै

बालेनको १२ वर्ष पुरानो गीत युट्युबबाट हटाउन माग गर्दै उजुरी

बृन्दाबन नगरपालिकाद्वारा अतिक्रमित संरचनामा डोजर : वर्षौँदेखि रोकिएको प्रशासनिक भवन निर्माणको बाटो खुल्यो

सभापति चयन भएपछि खड्का भन्छन् : आर्थिक सुशासन र वित्तिय अनुशासनलाई प्राथमिकता दिन्छु

शिक्षा समितिको सभापतिमा डा.ओजस्वी शेरचन चयन

अस्थायी संसद् भवनका कारण भएका प्राविधिक तथा व्यवस्थापकीय कठिनाइहरू क्रमशः समाधान गरिनेछन् : सभामुख अर्याल

प्रदर्शनको तयारीमा ‘लालीबजार’, वादीको भूमिकामा स्वस्तिमा

सम्पत्ति छानबिन गर्न उच्चस्तरीय आयोग गठन गर्ने निर्णय स्वागतयोग्य : नेपाल डेभलपमेन्ट वाच

प्रतिनिधि सभाअन्तर्गतको समिति सभापतिहरुले लिए पद तथा गोपनियताको सपथ

१२ वटा समिति सभापतिहरुले लिए पद तथा गोपनियताको सपथ

लोकप्रिय समाचार

  • १. नयाँवर्षको पूर्वसन्ध्यामा ज्ञानेन्द्र शाहको अपिल- सबैको माग समेटेर संवैधानिक समाधान खोजौं।

  • २. बाग्मतीका सांसदहरुसँग प्रधानमन्त्री बालेन्द्र शाह

  • ३. सुदुरपश्चिममा मनाइने बिषु पर्वको रौनक,प्रदेशबाट घरदेश फर्किनेहरुको ताँती

  • ४. कांग्रेस नेता खड्कालाई थुनामै राख्न सर्वोच्चको आदेश

  • ५. सभामुख अर्यालले गरे पूर्व सभामुख घिमिरे र अग्नि सापकोटासँग भेटवार्ता

  • ६. पूर्वमन्त्री गुप्तासहित ७ जना विरुद्धको भ्रष्टाचार मुद्दामा साक्षी बुझ्ने आदेश

  • ७. ओलीको शल्यक्रिया सफलतापूर्वक सम्पन्न,२२ एमएमको ढुंगा निकालियो

  • ८. शिक्षामन्त्री पोखरेल र बेलायती राजदूत फेनबीच भेटवार्ता

  • ९. संविधान कार्यान्वयनप्रति सरकार पूर्ण प्रतिबद्ध छ : मन्त्री डा.वाग्ले

  • १०. यस्तो छ, आजको तरकारी तथा फलफूलको मूल्य

छोरिलाई विद्यालयले निकाला गरेपछि उपेन्द्र सुब्बाले लेखे मार्मिक स्टाटस


  •   बुधबार, बैशाख ०६, २०८० मा प्रकाशित
  • अप्सरा धमला, काठमाडौँ । अहिले भव्य रुपमा चलिरहेको जारी चलचित्रका निर्देशक तथा कवि उपेन्द्र सुब्बाले सामाजिक सञ्जालमा मार्मिक स्टाटस लेख्नु भएको छ । उहाँले आफ्नि छोरीलाई विद्यालयले पढाउन ईन्कार गरेपछि यस्तो स्टाटस राख्नु भएको हो ।

    Advertisement

    जावलाखेलको सुशील केडिया विश्व भारती विद्यालयको कक्षा ९ मा अध्ययनरत छोरीलाई पढाउन नसक्ने भन्दै विद्यालयले निकाले पछि हिजो मंगलबार उहाँले मार्मिक स्टाटस लेख्नु भएको छ । साथै उहाँले छोरीलाई पढाउन स्कुल चाहिएको कुरा पनि बताउनु भएको छ ।

    उहाँले लेख्नु भएको छ, ‘ जारी फिल्म सुखद रुपमा चलिरहेको छ । हिजो छोरीको स्कुल जानु पर्ने थियो ब्यस्तताले जान पाईन । नानीको आमालाई छोरीसँग स्कुल पठाएँ । घर म राति पुगें । घरमा मलाई देख्नसाथ छोरीले आँसु झार्न थालिन्।

    मेरो माइली छोरी जाउलाखेलको (DAV) सुशील केडिया विश्व भारती स्कुलमा कक्षा ९ मा पढ्दै थिइन्। परीक्षा राम्रो गरिन् । पढ्नमा अरु विद्यार्थीभन्दा कमजोर भइन । लिइएको परीक्षामा फेल भइछन् । आमा र छोरी vice principal को कोठामा पस्ना साथ यसको बुवा खै ? किन नआएको भनी सोधियो रे । नानीको आमाले बिजि भएर आउन पाउनु भएन भनिछन्। भाइस प्रिन्सिपल सहित अरु दुईजनाले गिज्याएर हाँस्दै, होच्याएर, हेपेर ‘यो बच्चालाई हामी पढाउन सक्दैनौं । अन्त स्कुल लानु यहाँ यिनलाई सिकाउने कुनै औषधि छैन । यिनले पढ्नै सक्दैन, भनेछन्। पहिला पनि जोशी सरले ‘पढेर केही गरि खान सक्दैन बरु एउटा स्कुटी किन्दिनु पठाओ चलाएर खान्छ भने’ भन्दै आमा छोरी दुवै मसँग रोए ।

    यो कुरा मलाई सुनेर रातभरी निन्द्रा लागेन । मनमा अनेक कुरा खेल्यो । आफैसँग रीस पनि उठ्यो । तब देश सम्झें । सरकार सम्झें । देशको शैक्षिक अवस्था सम्झें, शैक्षिक संस्थाहरु सम्झें । गुहार्नलाई साथीभाई सम्झें । फेरि पनि छोरीको आँखाबाट बररर झरेको आँसु आफ्नो आँखाबाट हटेन । कक्षा २ बाट सोही स्कूलमा पढ्दै आएको मेरो छोरीलाई अपमान गर्दै ‘पढ्न जान्दैन । यहाँ हामी पढाउन सक्दैनौं अन्तै लैजा’ भन्नु स्कुलको गैर जिम्मेवारी हो भनेर सम्झें । विद्यार्थी कमजोर हुनुमा ८–९ वर्षदेखि पढाउने स्कुलको पनि दोष हुन् कि विद्यार्थीको मात्रै ? एउटा विद्यार्थी फेल हुँदा ऊभन्दा बढी शिक्षक र स्कुल फेल हुन्छ भनेर पढेको थिएँ। भोलि नै गएर मेरो छोरी होइन, तिमी फेल भएको हो, विद्यार्थीसँग कुरा गर्ने सोमत नभएको तिम्रो अहंकार फेल भएको हो भनेर छोरीको गालामा आँसु नसुक्दै त्यो भाइस प्रिन्सिपलको गाला रन्काइ दिउँ भन्ने म निम्छरो बाउको मनमा झोक नचलेको पनि होइन…

    बिहान उठेर शैलेन्द्र डि कार्की सरलाई गुहारें । स्कुल गयौं, भाइस प्रिन्सिपललाई भेट्यौं । के के नै भनौंला भनेर गाको, अनुहार देखेर केही भन्न सकिनँ। सामान्य गुनासो राख्दै छोरीको ट्रान्सक्रिप्ट मागेर आएँ । र यति भनें, ‘मेरो छोरीलाई जस्तो व्यवहार अरु विद्यार्थीलाई नगर्नु । हरेक बच्चाहरु क्षमतावान हुन्छन्। एकै किसिमको क्षमता नराखे पनि विशेष क्षमता राख्छन्। बच्चाहरुलाई हत्तोसाही नगर्नु । बच्चाको अघि उस्को अभिभावकसँग बोल्दा सम्मानले बोल्नु, आर्थिकरुपमा गरीब परिवारकै किन नहोस्, नहेप्नु ।’

    मेरो छोरी पेन्टिङ, गायन, नृत्य, अभिनयमा खुब चासो राख्छिन्। थोरबहुत जान्दछिन् पनि । यस अलावा फिक्सन पढ्न औँधि रुचि राख्छिन् । मलाई मेरो छोरीलाई ९–१० कक्षा पठाउने स्कुल चाहिएको छ । लाग्ने शुल्क म नियमित तिर्नेछु ।’

    बुधबार, बैशाख ०६, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    बालेनको १२ वर्ष पुरानो गीत युट्युबबाट हटाउन माग गर्दै उजुरी
    बृन्दाबन नगरपालिकाद्वारा अतिक्रमित संरचनामा डोजर : वर्षौँदेखि रोकिएको प्रशासनिक भवन निर्माणको बाटो खुल्यो
    सभापति चयन भएपछि खड्का भन्छन् : आर्थिक सुशासन र वित्तिय अनुशासनलाई प्राथमिकता दिन्छु
    शिक्षा समितिको सभापतिमा डा.ओजस्वी शेरचन चयन
    प्रदर्शनको तयारीमा ‘लालीबजार’, वादीको भूमिकामा स्वस्तिमा
    सम्पत्ति छानबिन गर्न उच्चस्तरीय आयोग गठन गर्ने निर्णय स्वागतयोग्य : नेपाल डेभलपमेन्ट वाच

    Facebook Page

    लोकप्रिय

    • १.
      नयाँवर्षको पूर्वसन्ध्यामा ज्ञानेन्द्र शाहको अपिल- सबैको माग समेटेर संवैधानिक समाधान खोजौं।

    • २.
      बाग्मतीका सांसदहरुसँग प्रधानमन्त्री बालेन्द्र शाह

    • ३.
      सुदुरपश्चिममा मनाइने बिषु पर्वको रौनक,प्रदेशबाट घरदेश फर्किनेहरुको ताँती

    • ४.
      कांग्रेस नेता खड्कालाई थुनामै राख्न सर्वोच्चको आदेश

    • ५.
      सभामुख अर्यालले गरे पूर्व सभामुख घिमिरे र अग्नि सापकोटासँग भेटवार्ता

    • ६.
      पूर्वमन्त्री गुप्तासहित ७ जना विरुद्धको भ्रष्टाचार मुद्दामा साक्षी बुझ्ने आदेश

    भर्खरै

    • १.
      बालेनको १२ वर्ष पुरानो गीत युट्युबबाट हटाउन माग गर्दै उजुरी

    • २.
      बृन्दाबन नगरपालिकाद्वारा अतिक्रमित संरचनामा डोजर : वर्षौँदेखि रोकिएको प्रशासनिक भवन निर्माणको बाटो खुल्यो

    • ३.
      सभापति चयन भएपछि खड्का भन्छन् : आर्थिक सुशासन र वित्तिय अनुशासनलाई प्राथमिकता दिन्छु

    • ४.
      शिक्षा समितिको सभापतिमा डा.ओजस्वी शेरचन चयन

    • ५.
      अस्थायी संसद् भवनका कारण भएका प्राविधिक तथा व्यवस्थापकीय कठिनाइहरू क्रमशः समाधान गरिनेछन् : सभामुख अर्याल

    • ६.
      प्रदर्शनको तयारीमा ‘लालीबजार’, वादीको भूमिकामा स्वस्तिमा

    • ७.
      सम्पत्ति छानबिन गर्न उच्चस्तरीय आयोग गठन गर्ने निर्णय स्वागतयोग्य : नेपाल डेभलपमेन्ट वाच

    • ८.
      प्रतिनिधि सभाअन्तर्गतको समिति सभापतिहरुले लिए पद तथा गोपनियताको सपथ

    हाम्रो बारेमा

    www.newsexpressnepal.com

    सूचना विभाग दर्ता नं.
    ३७७२-२०७९/८०

    • X

    हाम्रो टीम

    अध्यक्ष
    मिलन सिं परियार

    प्रबन्ध निर्देशक
    जिवन कुमार अधिकारी

    ब्यबस्थापक

    साजन बि. क

    सम्पादक
    सुजन पाख्रिन
    संवाददाता    
    पिंकला कार्की

    संवाददाता 

    दिया कार्की

    Team Details

    सम्पर्क

    सम्पर्क
    ९८६९६८९६९१ /९८२१२५१६०२
    ठेगाना
    कोटेश्वर ३२
    ईमेल
    newsexpresstv078@gmail.com

    info.newsexpress09@gmail.com

    Marketing

    marketingnewsexpress@gmail.com

    Copyright ©2026 News Express Nepal | All rights Reserved.
     Website By :  nwTech.