• समाचार
  • राजनीति
  • स्थानिय सरकार
  • मनोरञ्जन
  • स्वास्थ्य
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • खेलकुद
  • अन्तर्वार्ता
  • भिडियो
  • Unicode
  • थप
    • युवा उद्दमि
    • समाज
    • साहित्य
    • फिचर
    • अन्तराष्ट्रिय
    • प्रविधि
    • ePaper
×
सोमबार, भदौ २२, २०८३
    • समाचार
    • राजनीति
    • स्थानिय सरकार
    • मनोरञ्जन
    • स्वास्थ्य
    • प्रदेश
      • कोशी
      • मधेश
      • वाग्मती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • खेलकुद
    • अन्तर्वार्ता
    • भिडियो
    • Unicode
    • थप
      • युवा उद्दमि
      • समाज
      • साहित्य
      • फिचर
      • अन्तराष्ट्रिय
      • प्रविधि
      • ePaper

भर्खरै

जलविद्युत आयोजनाको सुरुङमा १२१ जना मात्रै फसेको सेनाको दाबी

‘पार्वती’ को कमाइ डेढ करोडभन्दा बढी

सेनाले भन्यो: सुरुङ पुरै ‘ब्रेक थ्रु’ नभएसम्म खोजी गर्छौं

बिच भलिबलमा रजत जितेको टोली स्वदेश फर्कियो

कृष्णभीर पहिरोको प्रभाव: चुलिँदै ग्यास अभाव

भोटेकोसी बाढीमा मृत्यु हुनेको संख्या १३ सय ५५ पुग्यो

राष्ट्रपति पौडेल पुगे भोटेकोशी बाढी प्रभावित क्षेत्र अवलोकन गर्न

रविलाई के भने अमेरिकी विदेशमन्त्रीले ?

काठमाडौँमा १६१ शव आउँदा २३ मात्र पहिचान

लोकप्रिय समाचार

  • १. करदाता प्रोत्साहन उपहार कार्यक्रम तत्काललाई स्थगित

  • २. मुख्य प्रभावितक्षेत्र टिमुरेमा ६० शव फेला

  • ३. बाढी प्रभावित क्षेत्रमा १२ ड्रोन र पाँच तालिम प्राप्त कुकुर प्रयोग

  • ४. भोटेकोशी बाढी: मृत्यु हुनेको संख्या ९८७ पुग्यो, ३९ सय १६ जना सम्पर्कविहीन

  • ५. सांसद भरत खड्का संसद् बैठकमै ढले

  • ६. एसीसी प्रिमियर कपमा नेपालको लगातार दोस्रो जित

  • ७. बाढी प्रभावितका लागि सरकारले १ अर्ब रूपैयाँ राहत दिने

  • ८. मन भक्कानिँदा पनि विलौना गर्ने समय छैन: प्रधानमन्त्री

  • ९. रसुवा बाढीमा पर्यटन क्षेत्रमा मात्रै ५० अर्ब बढीको क्षति

  • १०. चीनले नेपाललाई हिमतालको जोखिमसँगै मौसमसम्बन्धी सूचना दिने

एमाले आन्दोलनमा ‘मलाई गोली ठोक्नुस्’ भन्दै चर्चामा आएका ओझा मिडियामा


  •   आइतबार, चैत १५, २०८२ मा प्रकाशित
  • काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको गिरफ्तारीको विरोधमा काठमाडौंमा शनिबार भएको प्रदर्शनका क्रममा डोटीको जोरायल गाउँपालिकाका अध्यक्ष दुर्गादत्त ओझाले देखाएको व्यवहार अहिले सामाजिक सञ्जालमा चर्चा र विवादको विषय बनेको छ ।

    Advertisement

    शनिबार काठमाडौंको सडकमा उत्रिएका ओझाले लुगा फुकालेर ‘मलाई गोली ठोक्नुस्’ भन्दै सरकार र प्रधानमन्त्री बालेन शाह९बालेन्द्र०विरुद्ध चर्को नाराबाजी गरेका थिए ।

    एमालेले आफ्ना पार्टी अध्यक्षको गिरफ्तारीविरुद्ध देशभर आन्दोलनको घोषणा गरेसँगै काठमाडौैमा भएको विरोध प्रदर्शनमा ओझा सहभागि थिए । प्रदर्शनका क्रममा एकाएक आवेशमा आएका उनले सार्वजनिक सडकमै ‘अभद्र’ देखिने गरी कपडा फुकालेर विरोध जनाएपछि सुरक्षाकर्मी र सर्वसाधारण समेत चकित परेका थिए ।

    प्रदर्शनका क्रममा आक्रोशित भावमा देखिएका अध्यक्ष ओझाले प्रधानमन्त्री बालेन शाह र गृहमन्त्री सुदन गुरुङको कडा आलोचना गरे । उनले ७० वर्ष नाघेका ज्येष्ठ नागरिक एवं पूर्वप्रधानमन्त्री केपी ओलीलाई रातारात गिरफ्तार गरिएकामा आपत्ति जनाए ।

    उनले भने, ‘म डोटीको जोरायल गाउँपालिकामा नौं वर्षदेखि अध्यक्ष पदमा कार्यरत छु । केपी ओलीलाई रातारात किन गिरफ्तार गरियो रु उहाँ ज्येष्ठ नागरिक हो, उहाँलाई सम्मान गर्न नचाहने बालेन सरकार गलत छ । ज्येष्ठ नागरिकलाई बिहान ४–५ बजे गिरफ्तार गर्न मिल्दैन, यो त अपराधिकरण भयो ।’

    उनले जोरायल गाउँपालिकामा स्वास्थ्यको क्षेत्रमा बालेनको भन्दा कम काम गरेको पाइए राजनीति नै त्याग्न तयार रहेको बताए ।
    ओझाले अगाडि थपे, ‘बालेन चार वर्ष मात्र मेयर भएका हुन् । स्वास्थ्यको क्षेत्रमा बालेनले भन्दा मैंले कम काम गरेको रहेछु भने म राजनीति नै त्याग्न तयार छु । पहाडी जिल्लाको जिरोबाट सुरु गरेको जोरायलमा मंैले धेरै काम गरेको छु, बालेनले अलिअलि झिलिमिली बालेकै भरमा मान्छेहरू बालेन–बालेन भन्दै हिँडेका छन्।’

    उनले गृहमन्त्री सुदन गुरुङलाई ‘बच्चा’ को संज्ञा दिँदै आफूले उनलाई नचिन्ने समेत बताए । ‘सुदन गुरुङ भन्ने बच्चा हुन, उनलाई म चिन्दिन । गृहमन्त्री होला आफ्नो ठाउँमा छ,’ उनले भने ।

    ओझाले सडकमै लुगा फुकालेर असामान्य व्यवहार गरेको भिडियो सामाजिक सञ्जालमा तीव्र गतिमा भाइरल भएको छ । एउटा स्थानीय सरकारको प्रमुख जस्तो जिम्मेवार पदमा बसेको व्यक्तिले सार्वजनिक स्थलमा यस्तो अशोभनीय र अश्लील देखिने व्यवहार प्रदर्शन गर्नु मर्यादा विपरीत भएको भन्दै व्यापक आलोचना भइरहेको छ ।

    सामाजिक सञ्जाल प्रयोगकर्ताहरूले जनप्रतिनिधिको आचरण र नैतिकतामाथि प्रश्न उठाएका छन्। कतिपयले यसलाई ‘राजनीतिक स्टन्ट’ को संज्ञा दिएका छन् भने कतिपयले राज्यको सेवा–सुविधा लिने पदमा बसेर सडकमा यस्तो हर्कत देखाउनु लज्जास्पद भएको टिप्पणी गरेका छन् ।

    कार्की आयोगको फैसला र ओली पक्राउ प्रकरणले गर्दा यतिबेला मुलुकको राजनीतिक वातावरण निकै गर्माएको छ । एमाले कार्यकर्ताहरूले सरकारले प्रतिशोध साँध्न खोजेको आरोप लगाउँदै सडक तताएका छन् । यही राजनीतिक तनावका बीच जोरायलका अध्यक्ष ओझाको यो घटनाले जनप्रतिनिधिको भूमिका र सार्वजनिक मर्यादाबारे नयाँ बहस सिर्जना गरिदिएको छ ।

    आइतबार, चैत १५, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    जलविद्युत आयोजनाको सुरुङमा १२१ जना मात्रै फसेको सेनाको दाबी
    सेनाले भन्यो: सुरुङ पुरै ‘ब्रेक थ्रु’ नभएसम्म खोजी गर्छौं
    कृष्णभीर पहिरोको प्रभाव: चुलिँदै ग्यास अभाव
    भोटेकोसी बाढीमा मृत्यु हुनेको संख्या १३ सय ५५ पुग्यो
    राष्ट्रपति पौडेल पुगे भोटेकोशी बाढी प्रभावित क्षेत्र अवलोकन गर्न
    रविलाई के भने अमेरिकी विदेशमन्त्रीले ?

    Facebook Page

    लोकप्रिय

    • १.
      करदाता प्रोत्साहन उपहार कार्यक्रम तत्काललाई स्थगित

    • २.
      मुख्य प्रभावितक्षेत्र टिमुरेमा ६० शव फेला

    • ३.
      बाढी प्रभावित क्षेत्रमा १२ ड्रोन र पाँच तालिम प्राप्त कुकुर प्रयोग

    • ४.
      भोटेकोशी बाढी: मृत्यु हुनेको संख्या ९८७ पुग्यो, ३९ सय १६ जना सम्पर्कविहीन

    • ५.
      सांसद भरत खड्का संसद् बैठकमै ढले

    • ६.
      एसीसी प्रिमियर कपमा नेपालको लगातार दोस्रो जित

    भर्खरै

    • १.
      जलविद्युत आयोजनाको सुरुङमा १२१ जना मात्रै फसेको सेनाको दाबी

    • २.
      ‘पार्वती’ को कमाइ डेढ करोडभन्दा बढी

    • ३.
      सेनाले भन्यो: सुरुङ पुरै ‘ब्रेक थ्रु’ नभएसम्म खोजी गर्छौं

    • ४.
      बिच भलिबलमा रजत जितेको टोली स्वदेश फर्कियो

    • ५.
      कृष्णभीर पहिरोको प्रभाव: चुलिँदै ग्यास अभाव

    • ६.
      भोटेकोसी बाढीमा मृत्यु हुनेको संख्या १३ सय ५५ पुग्यो

    • ७.
      राष्ट्रपति पौडेल पुगे भोटेकोशी बाढी प्रभावित क्षेत्र अवलोकन गर्न

    • ८.
      रविलाई के भने अमेरिकी विदेशमन्त्रीले ?

    हाम्रो बारेमा

    www.newsexpressnepal.com

    सूचना विभाग दर्ता नं.
    ३७७२-२०७९/८०

    • X

    हाम्रो टीम

    अध्यक्ष
    मिलन सिंह

    ब्यबस्थापक

    साजन बि. क

    सम्पादक
    सुजन पाख्रिन
    संवाददाता    
    पिंकला कार्की

    संवाददाता 

    दिया कार्की

    Team Details

    सम्पर्क

    सम्पर्क
    ९८६९६८९६९१ /९८२१२५१६०२
    ठेगाना
    कोटेश्वर ३२
    ईमेल
    newsexpresstv078@gmail.com

    info.newsexpress09@gmail.com

    Marketing

    marketingnewsexpress@gmail.com

    Copyright ©2026 News Express Nepal | All rights Reserved.
     Website By :  nwTech.